१७ जेष्ठ २०७७ शनिबार
विचार

सशक्त सामाजिक सञ्जाल

सन् १५६६ मा पहिलोपटक हस्तलिखित पत्रिकामार्फत खवर पढ्न पाउँदा भेनिसबासी हर्षले कति रमाएका थिए, त्यो भावनाको अभिलेख त्यतिबेलाको अक्षरले राख्न सकेन। त्यो युगान्तकारी घटना नै थियो तत्कालीन समाजमा। विचार र सन्देशको सञ्चारले मानव चेतनालाई फराकिलो पार्दै लग्यो। अन्यत्रको समाचार पढ्ने र अरुको विचार जान्ने तिर्खा झनै जाग्दै गयो र १६०९ मा आइपुग्दा जर्मनीमा पत्रिका छापिन थाल्यो। विचार र समाचारका पाठकहरू निरन्तर विस्तार भए। १९२० तिर रेडियो प्रसारण सुरु भयो। १९२५ मा जोन लेगी वर्डले स्टकी विलमार्फत श्रव्य र दृश्य एकैसाथ प्रसार गरे। श्रव्य दृश्य, ग्रामोफोन, चलचित्र, म्याग्नेटिक टेप, कार्टिज, सिडी, डिभिडी जस्ता सञ्चार माध्यमको यति छिटो विकास र विस्तार हुन थाल्यो कि मानव तिर्खा झनै बढ्दै गयो।

१९९० को दशकबाट वल्र्डवाइड वेबसाइट सुरु भएपछि सूचना उत्पादन, प्रसारण र ग्रहणका विधिमा क्रान्तिकारी छलाङ नै सिर्जना भयो। सञ्चार क्षेत्रलाई अझै ‘लाइभ जर्नल’ बनाउने यात्रा रोकिएन। कलेजका विद्यार्थीको सोसल नेटवर्किङको आवश्यकता पूरा गर्न २००४ मा मार्क जुकरबर्गले विकास गरेका फेसबुक, २००५ मा जावेद कारिम समूहले विकास गरेको युट्युब र माइक्रो ब्लगिङ साइटका रूपमा ज्याक डोर्सी समूहले २००६ मा प्रयोगमा ल्याएको ट्विटरसम्म आइपुग्दा सञ्चार क्षेत्रमा अकल्पनीय उथलपुथल आइसकेको छ।

एक्काइसांँ शताब्दीका प्रत्येक व्यक्ति आफ्नै सूचना साइटमार्फत आफ्नै सूचना, विचार र सन्देशको उत्पादन, प्रवाह र उपयोग गर्न सक्षम भइसकेका छन्। यसमाथिको विकासको प्रक्रिया यति तीव्रत्तर छ कि प्रत्येक बर्ष होइन, दिनजसो नयाँ आविष्कार सम्भव हुँदैछ। यो प्रक्रियाले यो डिजिटल विधि आफैँमा साँच्चै आमसञ्चार बनिसकेको छ। मिलेनियल जेनेरेसन कल्पनासम्म गर्न सक्दैन– सामाजिक सञ्जालविनाको पनि संसार थियो ?

सामाजिक सञ्जालको उपयोगी पक्षलाई संस्थागत गर्दै अनुपयोगी पक्षलाई तिरस्कार गर्नु अबको आवश्यकता हो। यसका लागि पनि स्वयं सामाजिक सञ्जाल माध्यम बन्न सक्छ।

१५६६ देखि आजसम्मको आमसञ्चार विकासक्रम हेर्दा मानव समाजले तीन प्रकारका सञ्चार माध्यमलाई स्पर्श ग¥यो। पहिलो छापा माध्यम, जसले समाचार र विचारलाई अक्षरमा आंशिकरूपमा सम्प्रेष ग-यो। अभिव्यक्ति सम्प्रेषणमा अक्षरका आफ्नै सीमितता थिए। दोस्रो विद्युतीय माध्यम, जसले प्रसारणमा तीव्रता र संवेगलाई पनि अभिव्यक्ति दिने सामथ्र्य बोक्यो। र, अहिले न्यु एज मेडियाको युग चलिरहेको छ, जसले आमसञ्चारका शास्त्रीय मान्यतालाई विस्थापन गरी सामाजिक सञ्जालका रूपमा आफ्नै माध्यम स्थापना गर्न सतत छ।

सेलफोन, कम्पुटर र इन्टरनेटले पर्सनल मास मेडिया सम्भव गराएको छ। यसले सञ्चार माध्यममा जीवन्तता ल्याएको छ, पात्र र प्रक्रिया चयनलाई बदलेको छ। आजको पुस्ता यसैलाई मास मेडिया भन्न रुचाइरहेको छ। किनकि आमसञ्चार बन्न चाहिने वास्तविक चरित्र यसैसँग छ। धाएर, किनेर, प्रायोजन गरेर, परिवेश बनाएर सूचना सन्देश लिने÷दिने प्रविधि आमसञ्चार कदापि होइन भन्ने ‘मिलेनियल्स’ को बुझाइ कत्ति पनि बेठीक होइन। हिजोसम्म सूचना उत्पादक, सूचना स्रोत सामान्यतः समाजका गन्यमान्यहरू हुन्थे, जानेबुझेकाहरू हुन्थे। जसले ठूलो वर्ग आमसञ्चारलाई आम वा आफ्नो बनाउनबाट छुटेको थियो। आमसर्वसाधारण भनिएको आमसञ्चारको उपभोक्तामात्र थियो। अझ कतिपय अवस्थामा उपभोक्ता बन्ने सामथ्र्य र पहुँचबाट पनि टाढा हुन्थ्यो। किनकि छापाहरू किन्न र श्रव्य दृश्य ग्रहण गर्न समय र सामथ्र्य चाहिन्छ। चाखअनुरूप छानिएको सन्देश/विचार लिनबाट पनि वञ्चित हुन्थ्यो। नेता, धनाढ्य, आहोदाधारी र केही नकारात्मक घटनाबाट विवरण बुझ्नु व्यक्तिको बाध्यता थियो।

सामाजिक सञ्जाल वास्तविक आमसञ्चार बनेर समाजलाई निरन्तर परिवर्तन गरिरहेको छ। यो जीवन प्रणालीको अभिन्न भाग नै बनिसकेकाले यसलाई विस्थापन होइन, संयमित भएर व्यवस्थापनमात्र गर्न सकिन्छ।

त्यसैले भनिए पनि त्यो आमसञ्चार थिएन। विचार/सन्देश छान्ने स्वतन्त्रता यसका उपभोक्तामा थिएन। आप्mना भावना, विचार, चाहना, आवश्यकता, आकांक्षा, आक्रोश, कुण्ठा, संवेदना र सन्देश प्रसारमा बहुसंख्यक छुट्दा आमसञ्चार आमसञ्चार बन्न सकेन। योभन्दा ठूलो कुरा खास वर्ग विचार उत्पादक र ठूलो वर्ग उपभोक्ता बन्दा वर्गीय विभाजन हुन गई शासक र शाषितको कित्ता फराकिलो बन्यो। सामाजिक सञ्जालका रूपमा विकास भएको न्यु एज मेडिया वास्तविक आमसञ्चार र जीवन्त आमसञ्चार बन्न पुग्यो। त्यसैले वर्तमान पुस्ता सामाजिक सञ्जालको औधी पारखी बनेको छ। युवाहरू भन्दैछन्– अहिलेसम्मकै बृहत् अर्थ–आयतन बोक्ने सामाजिक आविष्कार पनि हो। यसलाई अरु जीवन्त, सहज र व्यापक बनाउन आविष्कारकहरू निरन्तर लागिपरेका छन्।

सामाजिक सञ्जालका सामान्य गुण छन्। यसका दुई पक्ष छन् : सामाजिक र सञ्जाल (मेडिया)। सामाजिक चरित्रबाट यो सूचना–संवेग लिने/दिने विषयवस्तु हो भने मेडियाका सन्दर्भमा यो एक सशक्त माध्यम हो जुन सेलफोन, इन्टरनेट र कम्प्युटरले खुला गरेको छ। परम्परागत माध्यमका स्थानमा अन्तरक्रियाको सहज र सशक्त माध्यम भएकाले नै यो ‘सामाजिक सञ्जाल’ बनेको हो जहाँ थुप्रै विकल्प र विधि उपलव्ध छन्। प्रत्येक व्यक्ति आफ्नै पहिचानको पर्सनल एकाउन्ट खोल्न सक्छ, प्रोफायल पेज बनाउँछ, साथी र समर्थकहरूसँग अन्तरक्रिया गर्न, न्युज फिड गर्न, वैयक्तिकीकरण गर्न र प्रतिक्रिया दिन सक्छ। भावना पोख्न, मत दिन, प्रतिक्रिया जनाउन, संवेग दिनका लागि टेलिभिजन, रेडियो र छापाजस्तो परको माध्यमको शरणमा पुग्नुपर्दैन।

व्यक्तिका संवेग र सन्देशहरू उसकै अर्थमा अरुसम्म तत्काल पु-याउन व्यक्ति आफँै सक्षम बनेको छ। त्यतिमात्र होइन, यो ज्ञान विनिमय, अवसर उपयोग र मनोरञ्जनको भरपर्दो साथी पनि बनेको छ। त्यसैले लोकतन्त्र र वैयक्तिक स्वतन्त्रताको विस्तृतीकरण गर्न आफ्नै प्रविधिका रूपमा पनि आजको पुस्ताले यसलाई उपयोग गर्दै आएको छ। शक्ति आर्जन, सार्वजनिक सवालको उजागर र सामाजिक मूल्य संस्कृति परिमार्जन गर्ने जीवन्त माध्यमका रूपमा सामाजिक सञ्जाल व्यवस्थित भइसक्यो। यो लोकतन्त्रलाई सामाजिकीकरण गर्न जनजीवनका सवै पहलुमा एकसाथ ढाक्ने अन्तरसम्बन्धित विषयका रूपमा उदीयमान छ।

सामाजिक सञ्जाल मूलतः सामाजिक सम्बन्धको माध्यम र प्रविधि हो। अब व्यक्ति निर्धक्कसँग आफ्ना कुरा आफ्नै पेजमा राख्न सक्छ। सिर्जना सुनाउन सक्छ, संगतको दायरा फराकिलो बनाउन सक्छ। यो अभिव्यक्तिको मञ्च र माध्यम दुवै बन्यो। वैयक्तिक पहिचान, सेवा वस्तुको ब्रान्डिङको सहज माध्यम बन्यो। विज्ञापन, बजार र विनिमयको मञ्च बन्यो। उत्पादन, संगठन र प्रक्रियाको सजिलो साथी बन्यो। उपभोक्ताको स्वाद र सन्तुष्टि परिगेल्न, उत्पादनको लागत संरचना घटाउन, प्रक्रियाका अवरोधहरू भत्काउन पनि सहायक बन्यो। सामाजिक संकेतहरू तत्काल शासकीय प्रणालीमा पु¥याउने सेतु पनि बन्यो। नीति निर्मातालाई वस्तुगत र व्यावहारिक बनाइ नीतिग्राहीको मन जित्ने डिजिटल मञ्च पनि बन्यो। शासन प्रणालीको स्वच्छता र सदाचार बढाउन पनि यसले थुप्रै गर्दै आएको छ। राष्ट्रिय अखण्डता र स्वाभिमानको रक्षाको सफ्ट सेतु हो। लुकेका प्रतिभालाई प्रकाशमा ल्याउने काम पनि यसले गर्दै आएको छ।

सामाजिक सञ्जालकै सहयोगले मोफसलका कति धेरै हिडेन ट्यालेन्टले स्थापित हुने मौका पाए। हिजो मोफसलको व्यक्तित्व स्थापित हुन कति संघर्ष गर्नुपथ्र्यो ? सबै वय र दूरीका मानिस आआफ्नै स्वाद र सन्तुष्टिमा रमाउने सामथ्र्यको ग्राउन्ड यसैले सिर्जना ग-यो। परस्पर प्रतिस्पर्धी विचार र संस्कृतिलाई डिफ्युज गराउने माध्यम पनि यही बन्यो। त्यसैले कतिपयले सोचेजस्तो यो संस्तो विषयवस्तु नभई सर्जकलाई सिर्जना गर्न, दुःखीलाई दुःख पोख्न, उत्पादकलाई उत्पादन गर्न, नीति निर्मातालाई नेतृत्व दिन, आविष्कारकलाई आविष्कार गर्न, मजदूरलाई काम खोज्न, विद्यार्थीलाई विद्या आर्जन गर्न र अरुहरू धेरैलाई उनीहरूको चाहना र च्वाइसको काम गर्न उपयोगी सामाजिक मञ्च (र, माध्यम) हो। जसले समाजलाई निरन्तर रिसेपिङ गरिरहेको छ।   

तर सामाजिक सञ्जालका सवै चरित्रलाई होलसेल अंगीकार गर्न भने सकिँदैन न होलसेल रिजेक्सन गर्न नै सकिने अवस्था छ। यसले समाजमा राम्रोमात्र गरिरहेको छ, गर्छ भन्ने होइन। स्वतन्त्रताको अर्थ उन्मुक्तता होइन। स्वतन्त्रता संयमित र सुसंस्कृत हुनुपर्छ। वैयक्तिक स्वतन्त्रता उपयोगको सीमा त्यही हो जतिबेलासम्म यसले अरुको स्वतन्त्रतालाई चुनौती दिँदैन। स्वतन्त्रताको अर्थ आफैंप्रति पनि विवेकी बन्नु हो, आफू च्युत हुने सिर्जनाको अभ्यास कसैले गर्न हुँदैन। यसले समाजलाई निर्वैयक्तिकीकरणतर्फ धकेलिरहेको छ। डवल आइडेन्टिटीबाट व्यक्तिलाई अपभ्रंश गर्ने खतराबाट कसरी बचाउने भन्ने चुनौती पनि छ। क्षणभरमै सूचनाको अत्यधिक बाढी, अझ भनौँ, -युमोरले समाजलाई दिग्भ्रमित, आक्रोशित र आन्दोलित बनाइ अनपेक्षित परिणाममा पु-याउने खतरा पनि छ।

साइबर बुलिङ, सेल्फ इमेज म्यानिपुलेसन र संवेदनशील विषयको असुरक्षा डरलाग्दो देखिएको छ। सामाजिक सौहाद्र्रता र सहभावको सहयोगी यसलाई कसरी बनाउने ? मानिसलाई एडिडिक्टभ हुनबाट कसरी बचाउने ? झन ठूलो चुनौती साँच्चै राम्रा प्रतिभा र स्थापित विषय–व्यक्तित्वलाई निमेषमा डाइलुटमात्र होइन, क्षत विक्षत नै पार्न सक्छ।

त्यसैले भुल्नुहुन्न, सामाजिक सञ्जाल वास्तविक आमसञ्चार बनेर समाजलाई निरन्तर परिवर्तन गरिरहेको छ। यो जीवन प्रणालीको अभिन्न भाग नै बनिसकेकाले यसलाई विस्थापन होइन, संयमित भएर व्यवस्थापनमात्र गर्न सकिन्छ। यसका उपयोगी पक्षलाई संस्थागत गर्दै अनुपयोगी पक्षलाई तिरस्कार गर्नु अबको आवश्यकता हो, यसका लागि पनि स्वयं सामाजिक सञ्जाल माध्यम बन्न सक्छ।

प्रकाशित: २ माघ २०७६ १०:२४ बिहीबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल