२४ श्रावण २०७७ शनिबार
विचार

स्वेच्छिक मृत्यु : कुनै दिन पाउनेछ कानुनी मान्यता

कथाबाट सुरु गरौं– एकजना बूढो मान्छे जंगलमा दाउरा खोज्न गएछ । दाउराको भारी बोकेर फर्किंदा उसलाई निकै थकाइ लागेछ । भोक र थकाइले ग्रस्त बूढाले दाउराको भारी डिलमा बिसाएर खुइ्यय गर्दै भनेछ, ‘मलाई काल पनि आएन ।’ यति भन्न नपाउँदै उसका अगाडि काल आएर ‘लौ लिन आएँ’ भन्यो । अनि बूढाले हात जोड्दै भनेछ, ‘साह्रै थकाइलाग्दो मुखबाट फुस्किएछ, अब चाँडै नातिको बिहे हुँदै छ । बिहे सकिएपछि लिन आउनु है !’

पक्कै पनि मृत्यु सबैको दुश्मन हो, कोही पनि मृत्यु चाहँदैन, तर असाध्य अवस्थामा पीडित व्यक्तिका लागि स्वेच्छिक मृत्यु नै सहयोगी बन्छ कि ? त्यसो त नेपालको संविधानमा यस्तो मृत्युबारे उल्लेख छैन, हुन्छ वा हुन्न ? २ वष{जति अघि अदालतले स्वेच्छिक मृत्यु मानव अधिकार होइन भनेर विपक्षमा निण{य दिएको छ । तर समयसँगै निण{य प्रक्रिया पनि परिवत{न हुन्छ ।

बाँच्न पाउनु मानव अधिकार हो भने जीवनबाट केही उपलब्धि हुन नसक्ने मात्र होइन, अका{को भार बनेर बाँच्नुपने{ अवस्था आएपछि, निको नहुने रोगले गाँजेपछि यदि कसैले मलाई ‘स्वेच्छा मृत्यु’ दिइयोस् भन्छ भने त्यसो भन्नु अधिकार हो कि होइन ? त्यसो त अधिकतर मुलुकका कानुनले यसलाई अपराध नै मानेको  छ । तर कानुन पनि समयसापेक्ष परिवत{न हुँदै जानुपछ{ भन्ने कुरा आत्मसात् गने{ हो भने स्वेच्छिक मृत्युलाई अधिकारका रूपमा परिभाषित गने{ कानुन नबन्ला भन्न सकिँदैन । कुनै बेला गभ{पतनलाई अपराधका रूपमा लिइन्थ्यो र गभ{पतन गराउनेलाई दण्डित गरिन्थ्यो, त्यो गभ{ बलात्कार वा बाध्यतावश रहेको किन नहोस् । तर अहिले विभिन्न परिस्थितिमा रहेका गभ{ पतन गराउन सकिने कानुनी प्रावधान छ ।

पक्कै पनि मृत्यु सबैको दुश्मन हो, कोही पनि मृत्यु चाहँदैन, तर असाध्य अवस्थामा पीडित व्यक्तिका लागि स्वेच्छिक मृत्यु नै सहयोगी बन्छ कि ?

त्यसो त प्रत्येक नयाँ अवधारणसँगै खराबी पनि जोडिएरै आउँछन् । अहिले औषधि विज्ञानमा आएको प्रगतिले गभ{मा छोरो छ वा छोरी भन्ने कुरा पत्ता लगाउन सकिन्छ । चीनमा एक सन्तान नीति कडाइसाथ लागू गरेका बेला भिडियो एक्सरे गदा{ छोरी देखिएमा गभ{पतन गराउनेको संख्या उल्लेखनीय थियो । परिणाम स्वरूप छोरी कम जन्मे । अहिले बिहे गन{े उमेरका केटी केटाभन्दा २ करोड कम छन् । त्यसैले नेपाललगायत विभिन्न मुलुकबाट बिहेको बहानामा बेहुली तस्करी गछ{न् । नेपालमा अहिले पनि लिंग पहिचान गरी लुकीछिपी गभ{पतन गराइन्छ । तर गभ{पतनको धारणा अथा{त् भ्रूण हत्या भनिएको कुरालाई समयसापेक्ष परिवत{न गरिएको छ ।

यहाँ उठाउन खोजिएको विषय हो– स्वेच्छिक मृत्यु । धेरै वष{अघिको कुरा हो, अस्ट्रेलियामा एकजना डाक्टरले निको नहुने रोगले पीडित बिरामीले मन{ चाहन्छ भने उसलाई मन{ दिनुपछ{ भनेर त्यसका लागि मेसिनसमेत बनाएका थिए । तर त्यसको व्यापक विरोध भयो, उनलाई ‘डाक्टर किलर’ को उपनाम दिइयो भने मेसिन पनि ध्वस्त पारियो । तर अहिले समय फेरिएको छ । २ वष{अघि अमेरिकी महिला ब्रिट्नी मेनाड{ले स्वेच्छिक मृत्युवरण गरिन् । यसले विश्वव्यापी रूपमा चचा{ पायो, उनी क्यान्सरपीडित थिइन् र डाक्टरहरूले उनी रोगमुक्त हुन सक्ने बताएका थिए ।

उनी क्यालिफोनि{याकी थिइन्, त्यहाँ स्वेच्छिक मृत्युको कानुनी मान्यता थिएन । तर अमेरिकाकै अको{ राज्य ओरिगनमा उपचारले काम नगने{ रोगबाट पीडितले चिकित्सकको सहयोगमा आफ्नो जीवन समाप्त गने{ अधिकार पाउँछन् । ब्रिट्नीले डाक्टरको सहयोगमा चिर निद्रामा जाने चाहनासहित आफ्नो भनाइ लिखित रूपमा दिँदै त्यसलाई आत्महत्या मान्न नहुने उल्लेख गरेकी थिइन् । आफ्नो मृत्यु शान्तिपूण{ रूपमा होस्, निको नहुने रोग बोकेर आफन्तलाई बिरामी स्याहाने{ बाध्यता र आफूलाई निरन्तर पीडा बोध नहोस् भनेर उनले स्वेच्छिक मृत्यु अँगालेकी थिइन् ।

त्यसो त के तक{ पनि गरिन्छ भने जीवनलाई अप्राकृतिक रूपमा समाप्त गनु{ आत्महत्या हो । त्यसैले पनि आत्महत्यालाई अपराध मानिँदै आएको छ । स्वेच्छिक भनिए पनि त्यो अप्राकृतिक मृत्यु हो । स्वेच्छिक मृत्यु चाहने बिरामीले वास्तवमै मृत्युवरण गन{ चाहेको हो कि उसलाई कसैले दबाब दिएको हो खुट्याउनचाहिँ सजिलो छैन । सम्पत्ति चाँडो आफ्नो हात पान{ र स्याहाने{ झन्झटले बिरामीलाई स्वेच्छिक मृत्युतफ{ उक्साइरहेको पनि हुन सक्छ । केही समयअघि छापिएको एउटा समाचारअनुसार एउटा अधबैंसे पुरुषले महिलाले गरेको बीमा रकम हात पान{ बिहेको नाटक गदै{ हत्या गरे । यसरी चार जनाको बिमा रकम आफ्नो बनाइसकेका उनी पाँचौ हत्यामा कानुनको घेरामा परे । त्यसैले स्वेच्छिक मृत्यु पनि स्वतःस्फूत{ नभई कसैको उक्साहटमा गरिएको हो कि ? प्रश्न खडा हुन्छ ।

दुनियाँमा त्यस्तो मुलुक पनि छ, जहाँ चिकित्सकको सहयोगमा आत्महत्या गन{ पाइने प्रावधान छ । स्विजरल्यान्डमा यसबारे स्पष्ट कानुन भएकाले चिकित्सकको सहयोगमा गरिने आत्महत्याका लागि त्यहाँ पय{टक जाने गछ{न् । यसलाई पनि स्वेच्छिक मृत्युकै रूपमा लिन सकिन्छ । एउटा पुरानो समाचारअनुसार सन् २००८ देखि ४ वष{को अन्तरालमा ६ सय ११ जना पय{टक ‘एसिस्टेड सुसाइड’ का लागि जुरिज पुगेका थिए । त्यसरी चिकित्सकको सहयोगमा गरिने स्वेच्छिक मृत्युका लागि ३१ देशबाट मृत्युका प्रत्यासी गएका थिए भने जम{नी र संयुक्त अधिराज्यबाट जानेको संख्या बढी थियो । त्यसमा महिला बढी रहेको जनाइएको छ । स्विजरल्यान्डका अतिरिक्त अमेरिकाको ओरिगन, वासिङ्टन, मोन्टाना र भमे{न्टमा स्वेच्छिक मृत्युलाई मान्यता दिइएको छ ।

मान्छेको शरीर पनि एक प्रकारले मेसिनजस्तै हो, जुन विभिन्न पाट{पुजा{ मिलेर बनेको छ । जति–जति समय बित्दै जान्छ, त्यति–त्यति त्यो मेसिनका पाट{पुजा{ खिइँदै जान्छन् र अन्त्यमा उपादेयता सकिएर कुनै कुनामा थान्को लाग्छ । मेसिनमा ह्रासकट्टीको प्रावधानले चलाएको १० वष{पछि उसको मूल्य शून्यमा झछ{ । मानव शरीर पनि बिस्तारै शिथिल भएर काम गन{ नसक्ने अवस्थामा पुगी पराधीन हुन्छ ।

कतिपय वृद्धवृद्धालाई सन्तानले अपहेलना गरी वृद्धाश्रममा पु¥याइएका घटना निरन्तर सुन्नमा आउँछन् । सम्पन्न मुलुकमा वृद्ध आवास गृह र स्याहारसुसार व्यवस्था सरकारले गरेको हुन्छ, तर शरीरमा उब्जिएका रोगले असह्य पीडा भोग्नुपने{ बाध्यता भने उनीहरूमै रहन्छ । हाम्रोजस्तो मुलुकमा शारीरिक पीडा मात्र होइन, मानसिक पीडा पनि उत्तिकै छ । यस्तो परिवेशमा निको नहुने असह्य रोग लागेका मान्छे सुस्केरा हाल्दै भन्छन्– ‘मन{ पाए पनि हुन्थ्यो’ विषय चचा{मा छ । गभ{पतनले झैं कुनै दिन स्वेच्छिक मृत्युले पनि कानुनी मान्यता नपाउला भन्न सकिन्न ।

प्रकाशित: १५ आश्विन २०७६ ०९:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App