२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
विचार

कसका लागि लोकतन्त्र?

यो संसारमा जति पनि कार्य भइरहेका छन् सबै नै मानव मात्र नभएर चराचर जगत्कै खुसी र सुखीका लागि भइरहेका छन्। सबैको सोचाइ त्यही हो र त्यसैका लागि काम गरिरहेका छौँ। सबैले त्यसै भन्छन्। सानाले सानो काम गरेका होलान्, ठूलाले ठूलै काम गरेका होलान्। कसैले घर सफा राख्ने काम गरेका छन्। घर सफा सुग्घर गर्‍यो कि त उसलाई आनन्द आउँछ। कसैले हलो जोतेका होलान उसले सोचेको हुन्छ कि आज यति जोत्न पाए यहाँ यो खेती लगाउँछु। त्यो खेती यहाँ अवश्य राम्रो हुन्छ सोचेर मन उसको प्रसन्न हुन्छ।  

ठूलो कुरामा कसैले अन्तरिक्ष यान बनायो। यो यानबाट ब्रह्माण्ड घुमेर केही पत्ता लगाउने छ भनेर प्रसन्न होला। यसरी जति पनि यो संसारमा जसले जे काम गर्नुभएको छ। सबैले मानव खुसी र सुखी हुनका लागि गरिराख्नु भएको छ। सामाजिक, आर्थिक, सांस्कृतिक जति पनि काम गरिन्छ सबै त्यसैका लागि गरिन्छ।

अब आयो राजनीतिको कुरो। राजनीति पनि त्यसैका लागि गर्ने हो। राजनीति गर्नेहरूको विभिन्न तौरतरिका छन्। सबैले आआफ्नै तरिकाले समाज, देश विकास गछौँ भनेका हुन्छन्। त्यसैअनुरूप हाम्रो देशमा गणतन्त्र आए मात्र देश विकास गर्न सकिन्छ भनेर लड्दा लड्दा गणतन्त्र पनि आयो। सबै जनताले जे भन्यो त्यही विश्वास गरेर आखिरीमा गणतन्त्रसम्म आइपुग्यो। २००७ साल आयो। ०१५ साल आयो। ०३६ साल आयो। ०४६ साल आयो। त्यो कुनैले पनि हुँदैन भनेर गणतन्त्र आयो। पाँच विकास क्षेत्रको नेपाल सात प्रान्तमा विभाजन भयो।

१२८ जना सांसद भएको ठाउँमा ८८५ पुर्‍याइयो। प्रत्येक गाविस, नगरपालिकाको मेयर/उपमेयर, सदस्य सबैले पहिला स्वयंसेवक काम गर्थे। अहिले आएर तलवी बनाइयो। देशको आय बजेट सबै तलब बाँड्दैमा सकिन्छ। देशको उद्योगधन्दा बन्दव्यापार केही छैन। ०४६ सालमा ६ रुपियाँ किलोमा किनेको चामल अहिले १५० रुपियाँ पुगिसक्यो। आठ रुपियाँ किलोको दाल अहिले आएर ३०० रुपियाँ पुगिसक्यो।

विदेशी अनुदान ल्याएर तलब बाँडिन्थ्यो। संकुचन भइसक्यो। यो सारा जनताको थाप्लोमा छ। कसरी सहन्छ सर्वसाधारण जनताले जे आए पनि? केवल टाठाबाठा नेतालाई मात्र आयो। जनता झन्झन् गिर्दै गइराखेका छन्। खाडी मुलुकमा गएर टन्टलापुर घामपानी सहेर बल्लबल्ल पठाएको पसिनाको कमाइले अब कति भार बोक्न सक्छन्? नेपाली जनताले, हाम्रा नेता/कार्यकर्ताले यो बुझ्नुपर्छ कि पर्दैन? भन्ने बेलामा सबै नेता भन्ने गर्नुहुन्छ– जनता कि जनता। बल्टो जनता पल्टो जनता भन्ने जताततै आइरहेको हुन्छ। खाने बेलामा तिनै जनतालाई सोसेर खाएका देखिन्छ। हैन यो कस्तो नीति हो?

वास्तमा हामी सबै नेतालाई मात्र दोष लगाउँछौँ। साँचो भन्नुपर्दा नेतालाई मात्र दोष लगाउन मिल्दैन। त्यो दोषको सहभागी हामी पनि छौँ। यस्ता कुरा सुन्न चाहँदैनौँ। धैर्य गरेर यस्ता कुरा हामीले पनि सुन्नुपर्छ। किन कसरी हामी सहभागी छौँ त? त्यो हो कि हैन त हामीले पनि जान्नुपर्‍यो, सुन्नुपर्‍यो, थाहा पाउनुपर्‍यो नि। कसरी भने नेताले गल्ती गरे त तिनै नेतालाई बारम्बार भोट खसालेर जिताएर पठाउने त हामी नै हौँ नि। तिनले धेरै पटक गल्ती गरेपछि हामीले तिनैलाई भोट दिएर पठाउन हुँदैनथ्यो। दियौँ। एकपटक, दुईपटक, तीनपटकसम्म माफी हुन सक्छ। बारम्बार त माफ हुन सक्दैन नि। नेताले गल्ती गरेको ठाउँमा यहाँनेर गल्ती भयो भनेर सच्याउन लगाउन पनि सक्छौँ त्यसो गर्नुको सट्टा झन प्रश्रय दिइरहेका हुन्छौँ। उल्टो हामी त्यो गर्नु एकदम ठीक छ भनेर वकालत गरिराखेका हुन्छौँ। त्यति मात्र नभएर आफ्नो फाइदाका लागि गर्न नहुने काम गर्नुपर्‍यो भनेर गर्न लगाउँछौँ।

यस्ता कार्यले नै देश अधोपतन भएर गइराखेको छ। यस्ता गैरक्रियाकलापले गर्दा एउटा दुईटा मानिसका फाइदाका कारणले आमजनता सर्वसाधारण सबैले दुःख पाउने निश्चित छ। भन्ने बेलामा देश खत्तम भयो, देश अधोपतन भयो भनेर सबका सब अरूलाई दोष लगाउँछौँ। तर आपूmले के गरिरहेछु, मेरो कर्तव्य के हो? कसैले सोचेका हुँदैनौँ। सारा बिग्रनुको कारण नै यही नै हो। लौ त सबैले यो कुरा सोचौँ त, भोलि नै हाम्रो देश उभो गतितर्फ लाग्छ। यो कुरा ग्यारेन्टीका साथ भन्न सकिन्छ। हामी त ऋषिमुनीका देशका मान्छे हौँ। यो कुरा मैले स्वतन्त्र निश्पक्षतापूर्वक भनिरहेको छु। देशमा वास्तविक भइरहेको कुरा भनिरहेको छु।

हाम्रो देशमा ठूला दल जतिवटा छन्, त्यतिवटा प्रत्येक संस्थामा युनियन छन्। तिनले त्यो संस्थामा काम गर्दैनन्। शक्ति देखाएर, तर्साएर, हप्काएर खाएका हुन्छन्। के त्यो संस्थाप्रतिको हाम्रो जिम्मेवारी त्यही हो त? त्यसरी न देश उभो लाग्छ न त संस्था नै लाग्छ। ठीक छ, कर्मचारी युनियन हुनुपर्छ। तर तिनीहरूको संस्था र देशप्रति पनि जिम्मेवारी हुनुपर्छ। विद्यार्थीको पनि त्यही हालत छ। त्यही विद्यार्थी सङ्गठनले गर्दा प्रजातन्त्र गणतन्त्रसम्म आयो आउन त तर पनि हामीले सबै जिम्मेवारी भुल्न कदापि हुँदैन। शिक्षकहरूको काम कर्तव्य त्यस्तै छन्। सबै देश, काल, परिस्थिति हेरेर काम गर्नुपर्छ।  

प्रकाशित: ७ जेष्ठ २०८२ ०७:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App