१५ असार २०८१ शनिबार
image/svg+xml
विचार

पर्यटकमैत्री नेपाल

आर्थिक विकास, रोजगारी र समृद्धिका लागि राष्ट्रिय स्वदेशी तथा विदेशी पर्यटक अत्यन्त महत्त्वपूर्ण छन्। काठमाडौँ, चितवन, नवलपरासी, बुटवल, कपिलवस्तु, दाङ, कोहलपुर, नेपालगन्ज, सुर्खेत, दैलेख, अछाम, कालीकोट, जुम्ला त्यसपछि मुगु, सल्लेरी, रारा ताल सबै नै राम्रा घुमफिरस्थल हुन्।

नेपाल प्रकृति र भूगोलले कति धनी छ, सबैलाई थाहा छ। यस देशमा धेरै तलाउ छन्। ती प्रत्येकको आफ्नै विशिष्टता छ। यो पश्चिम नेपालको मुगु जिल्लाको दुर्गम क्षेत्रमा छ। यो ताल कुल १०.८ वर्ग किलोमिटरको समुन्द्री सतहबाट २,९९० मिटरको उचाइमा अवस्थित छ।

रारा नेपालको सुन्दर ठूलोमध्येको एक ताल हो। रारा राष्ट्रिय निकुञ्ज तलाउ वरिपरि छ। तसर्थ, यो विभिन्न प्रकारका अद्वितीय पुतली, चरा, फूल, बोटबिरुवा, माछा र जलीय जीवनको थलो पनि हो। यसले एक शान्त वातावरण र सुखदायक प्रकृति प्रदान गर्दछ। यहाँ हामी हाम्रा पुस्तक पत्रिका पढ्न, डायरी दैनिकी लेख्न र धेरै तस्बिर लिन सक्छौं तर विगतमा त्यहाँ पुग्न सजिलो थिएन। हाल, सडकको अवस्था गाडी चल्नयोग्य छ तर हिउँदको मौसममा ती चिप्लो र जोखिमपूर्ण हुन्छन्। यस्तो बेला ताल्चा विमानस्थलबाट हुने हवाई उडान यातायात अर्को विकल्प हो। तर यो धेरै महँगो छ र उडान पनि नेपालगन्जबाट मात्र हुन्छ। त्यसैले त्यहाँ जानुअघि खाना, यातायात, गेस्ट हाउस र अन्य आवश्यकता पहिले नै पहिचान गरेर जानु उपयुक्त हुन्छ। जुम्ला अर्गानिक स्वस्थ स्याउका लागि प्रसिद्ध छ। र, कर्णालीमा धेरै दुर्लभ, फरक र स्वस्थ जडीबुटी वनस्पति, मार्सी चामल, च्याङ्ग्राको मासु र अर्गानिक खाद्यान्न आदि पाइन्छ।

सुन्दर परिदृश्य र कर्णाली एकअर्काका पर्याय हुन्। स्थानीय बासिन्दाको भाषा, संस्कृति, परम्परागत खानदान र गाउँ, जनजीवन र अनुभव वर्णन गर्न लायक छन्। दुर्लभ जनावर, चराचुरुङ्गी, बोटबिरुवा, फूल, पुतली, माछा र जलीय जीवहरू प्रत्यक्ष हेर्न फोटोग्राफी लिन चित्र कोर्ने सही अवसर हो यस्तो भ्रमण। जुम्ला, कणालीका धेरै भाग र सुदूरपश्चिम ब्राह्मण जातिका पुर्खाको बसोबास मात्र हैन, उत्पत्तिस्थलसमेत हो। त्यसैले आफ्ना पुर्खाबारे बुझ्न पनि यहाँ आन्तरिक पर्यटक पुग्ने गर्छन्।

सिँजा उपत्यका हुँदै नाग्मतर्फ आरामदायी सवारीको साथ यात्रा गर्न सकिन्छ। यो उपत्यका पार गरेपछि अफरोड सुरु हुन्छ। असाधारण इतिहास बोकेको कर्णाली जिल्लाको प्रख्यात र सुन्दर पर्यटकीय गन्तव्य सिँजा उपत्यका सुन्दर छ। जहाँ नेपाली भाषा, देवनागरी लिपिको उत्पत्ति भएको थियो। पश्चिमी पहाडबाट अलग्गै, सिँजा उपत्यका युनेस्कोको विश्व सम्पदा क्षेत्र हो। खस राज्यको पुरानो राजधानी, यस क्षेत्रमा पाइने देवल, ढुङ्गाका खम्बा र दरबारका भग्नावशेषहरूले धेरै महŒवपूर्ण प्राचीन संरचनाहरूको अस्तित्वलाई संकेत गर्दछन्।

सिँजा उपत्यकामा हिमा नदी बग्छ। त्यहाँ चट्टान र गुफा छन्। प्राचीन बौद्ध तीर्थहरू र चैत्य बस्तीहरू छन्। यस क्षेत्रमा बुद्ध धर्मको उच्च प्रभाव छ। अझै पनि धामीझाक्री विभिन्न मन्दिरमा पुरातन अनुष्ठान र परम्पराहरू अभ्यास गर्छन्।

सिँजा उपत्यकालाई नेपाली भाषाको जन्मस्थल मानिन्छ। देवनागरी लिपिसहितका ढुङ्गाहरू नेपाली भाषाका शिलालेखहरू दुल्लु र वरपर फेला परेका छन् जुन नेपालमा अहिलेसम्म फेला परेका सबैभन्दा पुरानो देवनागरी लिपि हो भनिन्छ। यो क्षेत्रका देउती बजै मन्दिर, काक्रे बिहार, बुलबुले ताल जस्ता प्राकृतिक, धार्मिक र ऐतिहासिक ठाउँहरू पनि पर्यटक लोभ्याउन काफी छन्।

कर्णाली पनि पहिले जस्तो छैन। अहिले त धेरै ठाउँमा इन्टरनेट उपलब्ध छ। प्रायः पुरुष कामको सिलसिलामा भारतका विभिन्न भागमा पुगेका हुन्छन् भने घरमा महिला, बालबालिका र ज्येष्ठ नागरिक मात्र देखिन्छन्। तर पनि यिनीहरूमा पाहुनाप्रति देखिने विशाल हृदयले जोकसैको मन पलाग्न सक्छ। चराहरूको गीत, छालहरूको संगीत र घाँसे महिलाको सुरिलो आवाजले दिने मनोरञ्जन शायदै अन्त पाइएला।

उकालो, ओरालो, भिरालो, चिप्लो, हिउँ, प्यास, भोक आदि त यात्राको छुट्टै रमाइलो। यस्तो रमाइलो विकसित भनिने देशमा कहाँ पाइएला र ? तर पनि पहाडी बाटोमा हिँड्न नसक्नेलाई घोडाको व्यवस्था छ। घोडा पनि नपाइए मानिस बोक्न तयार छन्। जे होस्, इच्छा हुनुप¥यो, जसरी पनि सहभागी हुन सकिन्छ पर्यटनमा।

रातो पाण्डा, जंगली घोडा, नाउर, चितुवा जस्ता दुर्लभ प्रजाति देख्न सक्छौं यात्राका क्रममा। खासमा नेपाली पृथक परिवेशका बसोबास, रहनसहन, रीतिथिति आफैँमा हेर्न अध्ययन गर्नलायक पक्ष हुन्। त्यसैले नेपाल समग्रमा पर्यटकमैत्री मुलुक हो भन्दा फरक पर्दैन। त्यसैले यहाँ विदेशी मात्र हैन, स्वदेशीलाई पनि आकर्षित गर्ने थुप्रै जादुमय चिजबिज छन् भन्न हिच्किचाउनु पर्दैन।

प्रकाशित: ११ जेष्ठ २०८१ ०७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App