१७ कार्तिक २०८१ शनिबार
image/svg+xml
विचार

नेपालसँगका ५० वर्ष र थ्रिपी अवधारणा

५० वर्षअघि सन् १९७४ मे १५ तारिखमा गणतन्त्र कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना हुँदै गर्दा कोरियाले आर्थिक विकासका खातिर पसिना बगाइरहेको अवस्था थियो। त्यतिबेला हामीले भोगेका अनेकौँ पीडादायी क्षणहरूभन्दा नेपालको अवस्था हाम्रोभन्दा सहज थियो भन्ने लाग्छ। कूटनीतिक सम्बन्ध स्थापित भएका हामी दुरीका हिसाबले चार हजार किलोमिटर टाढा रहेका छौं। आज हामी दुई देशबीचको मित्रता, जनस्तरको सम्बन्ध, सांस्कृतिक समन्वय, विकास साझेदारी कार्यक्रम, रोजगारी समन्वय आदिले नयाँ उचाइ चुमेको छ। कूटनीतिक सम्बन्ध स्थापना भएका अन्य विभिन्न मुलुकभन्दा नित्तान्त फरक किसिमको आत्मीयता, सम्मान, विकास साझेदारी कार्यक्रमले यत्तिको फड्को मार्ने सम्बन्ध भन्ने लाग्छ।

कोरिया र नेपाल हवाई उडानका माध्यमबाट करिब सात घण्टाको दुरीमा छन्, तथापि एसियाली मुलुक गणतन्त्र कोरिया र नेपालबीच सामाजिक मूल्य/मान्यता, सांस्कृतिक, धार्मिक मूल्य/मान्यता, भोजन आदि धेरै पक्षमा समानता पाइन्छ। नेपालको लुम्बिनीमा जन्मनुभएका गौतम बुद्धबाट सुरुवात भएको बौद्ध संस्कृति, परिवारलाई महत्त्व दिने संस्कार तथा ठूलालाई सम्मान गर्ने संस्कार आदि हामी दुई देशबीचमा समानता रहेका छन्। त्यसैगरी खानामा चामलको प्रयोग, मःम, गुन्द्रुकलगायतका परिकार पनि समानता रहेका छन्। नेपालमा मैले भेट्ने नेपाली र मेरो अनुहार पनि मिल्दोजुल्दो पाउँछु। हामी दुई देशबीच परापूर्वदेखि नै समान रहेका संस्कार, संस्कृति, आचरण, भोजन, अनुहार आदि निकै सुन्दर पक्ष हुन् भन्ने लाग्छ।

कोरियाली युद्धको समयमा हामीले भोगेको अनुभव, जस्तै–आधुनिक इतिहासमा नेपालले भोगेको समान अनुभव तथा शान्ति प्रक्रियाको व्यवस्थापनसम्बन्धी महत्त्व राम्रोसँग बुझ्ने देशहरूमध्ये नेपाल एक हो भन्ने मेरो बुझाइ छ।

हामी दुई देशबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको आज ठीक ५० वर्ष पुगेको छ। हाम्रो विगत ५० वर्षको मित्रतालाई मूल्याङ्कन गर्दै आगामी ५० वर्षका लागि विकास साझेदारी कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्नेबारेमा दिशा निर्धारण गर्ने गोरेटो तय गर्ने चरणमा आइपुगेका छौं। हामी दुई देशको सम्बन्धलाई ‘थ्रीपी’ का रूपमा वर्गीकरण गरेर हेर्न सकिन्छ। जसमा पिस (शान्ति), पिपुल (जनता) र प्रोस्पेरिटी (समृद्धि) सम्बन्धमा उल्लेख गर्न चाहन्छु।

शान्ति (पिस)  

कोरिया र नेपालले क्षेत्रीय मामिलामा पनि दुई देशबीचको सहकार्यले निरन्तरता पाएको छ। हामीले आफ्नो स्वार्थमा मात्र ध्यान केन्द्रित नगरी बहुपक्षीय हितका लागि साझा मञ्चको उपयोग गर्दै आएका छौं। हामी दुवै मुलुकले मैत्रीपूर्ण तथा शान्तिप्रिय सम्बन्ध स्थापित गरेका छौं। संयुक्त राष्ट्रसंघ जस्ता बहुपक्षीय क्षेत्रहरूमा सहभागिता जनाउँदा हामी विश्वभर शान्ति र स्थायित्व प्रवर्धन गर्न एउटै स्थानमा रहेर आफ्नो समान धारणा सार्वजनिक गरिरहेका छौँ।

कूटनीतिक सम्बन्धमा जनस्तरको सम्बन्ध तथा सहकार्य निकै महत्त्वपूर्ण सम्पत्तिको रूपमा लिइन्छ। कोरिया र नेपालबीच सक्रियरूपमा विकसित जनस्तरको सम्बन्धले दुई देशबीचको मैत्रीपूर्ण समन्वयले महत्त्वपूर्ण स्थान लिएको छ।

कोरियाली युद्धको समयमा हामीले भोगेको अनुभव, जस्तै–आधुनिक इतिहासमा नेपालले भोगेको समान अनुभव तथा शान्ति प्रक्रियाको व्यवस्थापनसम्बन्धी महत्त्व राम्रोसँग बुझ्ने देशहरूमध्ये नेपाल एक हो भन्ने मेरो बुझाइ छ।

हामी दुई देशबीचको कूटनीतिक सम्बन्धमा कुनै पनि राजनीतिक मुद्दा उठेका छैनन्। हामीले एकअर्कालाई बुझेका छौं र राम्रो सहयोगी सम्बन्ध राखेका छौं र भविष्यमा पनि यसले निरन्तरता पाउनेछ।

जनता (पिपुल)

कूटनीतिक सम्बन्धमा जनस्तरको सम्बन्ध तथा सहकार्य निकै महत्त्वपूर्ण सम्पत्तिको रूपमा लिइन्छ। कोरिया र नेपालबीच सक्रियरूपमा विकसित जनस्तरको सम्बन्धले दुई देशबीचको मैत्रीपूर्ण समन्वयले महत्त्वपूर्ण स्थान लिएको छ।

 सन् २००८ पश्चात हालसम्म एक लाखभन्दा बढी नेपाली युवालाई कोरियामा रोजगारीको अवसर प्रदान गरिएको छ र हाल ४४ हजारभन्दा बढी व्यक्ति कोरियामा कार्यरत छन्।

सन् २००८ देखि नेपाली युवा पुस्ताले रोजगारीका लागि सबैभन्दा बढी रुचाइएको देशमा कोरियाले स्थान लिएको छ। कोरियाको विगत इतिहास फर्किएर हेर्दा देश विकास र उत्पादन वृद्धि प्रक्रियामा वैदेशिक रोजगारीले उल्लेख्य भूमिका निभाएको थियो। विगतमा हाम्रो देशबाट जर्मनी र मध्यपूर्वी देशहरूमा धेरै कामदारले पसिना बगाएका इतिहास ताजै छ। नेपालको हालको अवस्थासँग मिल्दोजुल्दो छ। हाल नेपालबाट इपिएस प्रणालीमार्फत सरकारी पक्षबाट श्रम सहकार्य गरी नेपाली कामदारलाई न्युन शुल्कमा सरल तथा निष्पक्ष रूपमा रोजगारीको अवसर प्रदान गरेका छौं। सन् २००८ पश्चात हालसम्म एक लाखभन्दा बढी नेपाली युवालाई कोरियामा रोजगारीको अवसर प्रदान गरिएको छ र हाल ४४ हजारभन्दा बढी व्यक्ति कोरियामा कार्यरत छन्।

नेपालीहरू इमान्दार, मेहनति तथा अनुशासित छन् भन्नेबारेमा कोरियाली रोजगारदाता र समाजमा स्थापित भएको छ। हाम्रो दूतावासले इपिएस प्रणालीमार्फत निरन्तर नेपालीलाई कामको अवसर उपलब्ध गराउन नेपाल सरकारसँग सहकार्य गर्दै आएको छ।

रोजगार अनुमति प्रणालीमार्फत कोरियामा कार्यरत नेपालीलाई स्वदेशी कामदारसरह समान न्यूनतम पारिश्रमिक, स्वास्थ्य बिमा, औद्योगिक दुर्घटना बिमा तथा कोरियालीसरह श्रम अधिकारको संरक्षण प्रदान गरिएको छ। नेपालको श्रमशक्तिले कोरियाली अर्थतन्त्रमा गरेको योगदानका लागि हामी सदा आभारी छौं। रोजगार अनुमति प्रणाली कार्यान्वयनमा दुई देशका सरकारी पक्ष संलग्न भएकाले कामदारको अन्तिम छनोट प्रक्रियामा रोजगारदाताको मुख्य भूमिका हुन्छ। कोरियाली रोजगारदाताले १६ इपिएस साझेदार देशका कामदारमध्ये नेपालीलाई सबैभन्दा बढी रुचाउँछन्। त्यसको फलस्वरूप गत वर्ष कोरियामा करिब २० हजार नेपाली कामदारले काम गर्ने अवसर पाएका थिए, उक्त संख्या भनेको कामदार भित्र्याउने १६ देशमध्ये सबैभन्दा बढी हो। नेपालीहरू इमान्दार, मेहनति तथा अनुशासित छन् भन्नेबारेमा कोरियाली रोजगारदाता र समाजमा स्थापित भएको छ। हाम्रो दूतावासले इपिएस प्रणालीमार्फत निरन्तर नेपालीलाई कामको अवसर उपलब्ध गराउन नेपाल सरकारसँग सहकार्य गर्दै आएको छ।

कोरियाबाट धेरै पर्यटक नेपाल आउने गरेका छन्। कोरियाली पर्यटकले नेपालको सुन्दर हिमाल तथा शानदार सांस्कृतिक सम्पदाको आनन्द लिने गरेका छन्। कोरियामा पनि नेपालमा जस्तै धेरै पहाड छन्, कोरियाको ६३ प्रतिशत भाग वन क्षेत्रले ओगटेको छ। कोरियालीहरू पहाड मन पराउँछन्, र पैदल यात्रा सबैभन्दा लोकप्रिय मनोरञ्जन गतिविधि हो। कोरियाली पर्वतारोहीहरूका लागि आफ्नो जीवनमा एकपटक भने पनि हिमालय आरोहरण गर्ने सपना रहेको छ। गत वर्ष २४ हजार हाराहारी कोरियालीले नेपालमा यो सपना पूरा गरेका थिए। कोरियामा एक करोड ८० लाख पर्वतारोही छन् जसले हिमालय आरोहणलाई ‘बकेटलिस्ट’ वस्तु मान्छन्।

अर्को शब्दमा भन्नुपर्दा, कोरिया र नेपालले सक्रिय द्विपक्षीय जनस्तरको आदान–प्रदानबाट पारस्परिक सकारात्मक चेतनाको विकास गरेका छन्। निजी स्तरमा पनि सहयोग विस्तार गर्दै आएका छन्।

मेरो विचारमा हामी निकट भविष्यमा कोरोना महामारी हुनुभन्दा अगाडि झण्डै ४० हजार कोरियाली पर्यटकले नेपाल भ्रमण गरेको संख्या हाराहारीमा उक्त संख्या पुग्नेछ भन्ने लाग्दछ। नेपालमा प्राकृतिक सौन्दर्यको आनन्द लिने कोरियालीहरू नेपाल र नेपाली संस्कृतिप्रति माया र सद्भाव राख्ने शक्ति बनेका छन्। नेपालमा प्रख्यात कोरियाली पर्वतारोही क्याप्टेन अमहोङगिलले नेपालमा सहयोग गर्नका लागि संस्था स्थापना गरी कमजोर शैक्षिक अवस्था भएका दुर्गम क्षेत्रमा १९ वटा विद्यालय निर्माण सम्पन्न गरिसकेका छन्। अर्को शब्दमा भन्नुपर्दा, कोरिया र नेपालले सक्रिय द्विपक्षीय जनस्तरको आदान–प्रदानबाट पारस्परिक सकारात्मक चेतनाको विकास गरेका छन्। निजी स्तरमा पनि सहयोग विस्तार गर्दै आएका छन्।

नेपालका काठमाडौँ, ललितपुर, पोखरालगायतका महानगरपालिकाले कोरियाका विभिन्न सहरसँग भगिनी सम्बन्ध स्थापना गरेका छन्। दुई देशका स्थानीय सरकार, महानगरपालिका तथा नगरपालिकाबीचको समन्वयले सहरी पूर्वाधार, निर्माण, कृषि, पर्यटनको विकासमा सहयोग पुग्नेछ भन्ने लागेको छ। कोरिया नेपालको असल मित्रराष्ट्र मात्र नभएर विकास साझेदार देश पनि भएकाले त्यहाँबाट सिक्ने ज्ञान तथा सिप अन्ततः नेपालको समग्र विकासका लागि सुनौला उपहार हुनेछन्। आगामी दिनमा दुवै देशमा उच्चस्तरको राजनीतिक भ्रमण, सरकारी नेतृत्वबीच निरन्तर सम्पर्क तथा संवाद हुन त्यत्तिकै आवश्यक देखिन्छ।

कोरिया सरकारले नेपालको आवश्यकताअनुसार स्वास्थ्य क्षेत्रमा कुल सहयोग रकममध्ये ३२ प्रतिशत, कृषि क्षेत्रमा १९ प्रतिशत, सञ्चार (आइटी) क्षेत्रमा १७ प्रतिशत, सार्वजनिक प्रशासन सुधार क्षेत्रमा १३ प्रतिशत तथा शिक्षा क्षेत्रमा १० प्रतिशत रकम विनियोजन गरेर साझेदारी कार्यक्रम अगाडि बढाएको छ।

समृद्धि (प्रोस्पेरिटी)

कोरिया र नेपालबीचको आर्थिक समृद्धि र विकाससम्बन्धी सहकार्य पनि निरन्तर विस्तार हुँदै गएको छ। कोरिया सरकारले नेपाललाई विगत १५ वर्षदेखि प्रमुख विकास साझेदार देशका रूपमा निर्धारण गरेर स्वास्थ्य, शिक्षा, कृषि जस्ता क्षेत्रमा विकास सहयोग परियोजनालाई प्रवर्धन गर्दै आएको छ। कोरिया सरकारले कोइकामार्फत सन् १९९१ देखि सन् २०२३ को अन्त्यसम्म नेपालका विभिन्न परियोजनाका लागि कुल २० करोड अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराइसकेको छ। कोरिया सरकारले नेपालको आवश्यकताअनुसार स्वास्थ्य क्षेत्रमा कुल सहयोग रकममध्ये ३२ प्रतिशत, कृषि क्षेत्रमा १९ प्रतिशत, सञ्चार (आइटी) क्षेत्रमा १७ प्रतिशत, सार्वजनिक प्रशासन सुधार क्षेत्रमा १३ प्रतिशत तथा शिक्षा क्षेत्रमा १० प्रतिशत रकम विनियोजन गरेर साझेदारी कार्यक्रम अगाडि बढाएको छ।

त्यसैगरी सन् १९९१ बाट सन् २०२३ सम्म नेपाल सरकारका विभिन्न तहका २,२११ जना कर्मचारीलाई क्षणिक तथा विश्वविद्यालयमा अध्ययन गर्ने अवसर प्रदान गरेका छौं। क्षणिक भ्रमणका क्रममा कर्मचारीको व्यवस्थापकीय कुशलताका लागि ध्यान केन्द्रित गरेका छौं। सोही अवधिमा कोरियाबाट स्वयंसेवकका रूपमा जम्मा ३,२३६ जना स्वयंसेवकले नेपालको आवश्यकताअनुसार विभिन्न क्षेत्रमा सहयोगी भूमिका खेलिसकेका छन्। कोरियाले छोटो समयमा गरेको द्रुत विकासको अनुभव साट्नका लागि तथा विकासका क्रममा हामीले भोगेका कठिनाइहरू नेपालले भोग्न नपरोस् भन्ने सोचाइका साथ नेपाल सरकारसँग हातेमालो गरिरहेका छौं। हाल कोरिया सरकारमार्फत नेपालमा ४८ वटा विभिन्न परियोजना सञ्चालनमा रहेका छन्। त्यसैगरी पाँच वर्षको अवधिभित्र केही सम्पन्न भएका र केही सञ्चालनमा रहेका परियोजनाको संख्या ११४ वटा रहेको छ।

हुन्डाई मोटर कम्पनीले पनि नेपालको स्थानीय कम्पनीसँगको साझेदारीमा यही मे १० तारिखबाट नवलपरासीमा अटोमोबाइल एसेम्बली प्लान्ट स्थापना गरी व्यावसायिकरूपमा गाडी उत्पादन सुरु गरेको छ।

हाम्रो उद्देश्य नेपालको समृद्धिका लागि आवश्यक आधार तय होस् भन्ने रहेको छ। हामी निकट भविष्यमा समृद्ध नेपाल हेर्न आतुर छौं र त्यो सम्भव छ भन्ने हाम्रो बुझाइ रहेको छ। कोरियामा काम गरेर नेपाल फर्केका व्यक्तिले नेपालको समृद्धिमा योगदान गर्न सक्ने वातावरण निर्माणका खातिर प्रयत्नरत छौं। यसैअन्तर्गत कोरिया फिर्ती अनुभवी व्यक्तिहरूलाई उद्यमशील तालिम प्रदान गरेर नेपालमा नै व्यवसाय सञ्चालन गर्न पुनः एकीकरण कार्यक्रम सञ्चालनमा ल्याएका छौं।

त्यसैगरी दुई देशबीच आर्थिक गतिविधि पनि सक्रियरूपमा अगाडि बढेको छ। कोरियाली कम्पनीले नेपालको विभिन्न क्षेत्रमा लगानीको सम्भावनालाई नियालिरहेका छन्। नेपाल सरकारको योजनामा रहेको नेपालको उत्पादनलाई महŒव दिँदै (मेड इन नेपाल) लेखिएका सामान उत्पादनले स्थान पाएको छ। विभिन्न कोरियाली कम्पनीले नेपालमा नै उत्पादन सुरुवात गरिसकेका छन्। नेपालमा रोजगार सिर्जना गर्न तथा वैदेशिक लगानीका उत्कृष्ट उदाहरणका रूपमा उदाएका छन् जसले अन्य मुलुकका लगानीकर्ताको पनि नेपालमा ध्यान केन्द्रित गर्छ भन्ने लागेको छ। 

जलविद्युत् क्षेत्रमा कोरियाली कम्पनीको लगानी रहेको यो तेस्रो आयोजना हुनेछ। कोरियाली कम्पनीको नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने देशमध्ये शीर्ष पाँच स्थानमा रहेको अवस्था छ। 

कोरियाको विश्वप्रसिद्ध कम्पनीले नेपालमा लगानी थालनी गरिसकेको छ। गत वर्ष अप्रिलबाट कोरियाली ग्लोबल कम्पनी सामसङ इलेक्ट्रोनिक्सले नेपाली कम्पनीसँगको संयुक्त लगानीमा नवलपरासी जिल्लामा अत्याधुनिक टिभी एसेम्बली प्लान्टमार्फत आधुनिक टिभीको व्यावसायिक उत्पादन गरिरहेको छ। हुन्डाई मोटर कम्पनीले पनि नेपालको स्थानीय कम्पनीसँगको साझेदारीमा यही मे १० तारिखबाट नवलपरासीमा अटोमोबाइल एसेम्बली प्लान्ट स्थापना गरी व्यावसायिकरूपमा गाडी उत्पादन सुरु गरेको छ।

नेपालमा जलविद्युत् उत्पादनको क्षेत्रमा कोरियाको साउथ–इस्ट पावर कम्पनीले विश्वव्यापी वित्तीय संस्थालगायतको संयुक्त लगानीमार्फत ६५० मिलियन अमेरिकी डलरको स्रोत जुटाएर रसुवामा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ, सन् २०२७ मा आयोजना सम्पन्न भएर विद्युत् उत्पादन सुरु हुने लक्ष्य रहेको छ। 

अलौकिक शक्ति भेट्टाउनु हो। गणतन्त्र कोरियाले असल साथीका रूपमा नेपाललाई लिएको छ। साथी स्वर्गीय हुन्छ, प्रत्येक साथी अलौकिक हुन्छ।

जलविद्युत् क्षेत्रमा कोरियाली कम्पनीको लगानी रहेको यो तेस्रो आयोजना हुनेछ। कोरियाली कम्पनीको नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने देशमध्ये शीर्ष पाँच स्थानमा रहेको अवस्था छ। यही वर्ष अप्रिल २८–२९ मा भएको तेस्रो लगानी सम्मेलनमार्फत कोरियाली लगानीकर्तालाई नेपालको लगानी सम्भावना, लगानीयोग्य परियोजनाका बारेमा प्रभावकारीरूपमा प्रस्तुत गरिएको थियो र नेपालमा थप कोरियाली लगानीले स्थान पाउनेछ भन्ने मेरो बुझाइ छ।

‘एभरेस्टिङ फ्रेन्डसिप’

साथी बनाइँदैन, आफसेआफ बन्छ। साथी भनेको स्वार्थको सीमाभन्दा धेरै पर रहेको हुन्छ। असल साथीमा बार–बन्देज, स्तर र ओहोदा हुँदैन, केवल मित्रवत् मन हुन्छ, दुःख, सुख आपसमा साट्न सक्ने हार्दिकता हुन्छ। हार्दिकताले साथीत्वको मुहान (जरुवा) फुटाउँछ। त्यसैले साथी पाउनु, साथी बन्नु अनुपम आनन्द पाउनु हो। अलौकिक शक्ति भेट्टाउनु हो। गणतन्त्र कोरियाले असल साथीका रूपमा नेपाललाई लिएको छ। साथी स्वर्गीय हुन्छ, प्रत्येक साथी अलौकिक हुन्छ।

नेपालको विकास र समृद्धिको प्रक्रियामा कोरिया सधैं भरपर्दो र विश्वसनीय सहयोगी हुनेछ। ५०औं वार्षिक उत्सवको स्वर्ण जयन्तीमा नाराका रूपमा ‘एभरेस्टिङ फ्रेन्डसिप’ राखिएको छ। 

मलाई एउटा कोरियाली उखान सम्झना आयो–यदि तपाईंसँग असल साथी छन् भने लामो बाटोको यात्रा पनि नजिक हुनेछ।

५० वर्षदेखिको हामी दुई देशबीचको मित्रता आगामी ५० वर्षका लागि पनि साझेदारीको महत्त्वपूर्ण आधार हो भन्ने लाग्छ। माथि उल्लेख गरिएको थ्रीपीको अवधारणा तथा समन्वय आगामी वर्षमा थप विस्तार हुने कुरामा म विश्वस्त रहेको छु।

नेपालको असल मित्र कोरियासँग रहेको आर्थिक समृद्धिको अनुभव नेपालसँग साट्न हामी तत्पर रहेका छौं। कोरिया र नेपाल मिलेर सँगै गर्नुपर्ने लामो यात्रा बाँकी छ। नेपालको विकास र समृद्धिको प्रक्रियामा कोरिया सधैं भरपर्दो र विश्वसनीय सहयोगी हुनेछ। ५०औं वार्षिक उत्सवको स्वर्ण जयन्तीमा नाराका रूपमा ‘एभरेस्टिङ फ्रेन्डसिप’ राखिएको छ। हाम्रो सम्बन्ध सगरमाथा जत्तिकै उच्च रहोस् भन्ने कामना गर्दछु। हामी साथै अघि बढौं।  

 

– थेयङ नेपालका लागि गणतन्त्र दक्षिण कोरियाली राजदूत हुन्।

प्रकाशित: २ जेष्ठ २०८१ ०७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App