७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते

ताप्लेजुङ– जिल्लाको मैवाखोला गाउँपालिका–५ फाकुम्बामा श्रीमानले श्रीमतीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन्। फाकुम्बा निवासी अन्दाजी ४५ बर्षिय फुर्वा शेर्पाले अन्दाजी ४१ बर्षिया श्रीमती जाङ्मुलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन्।

घाइतेको अवस्था गम्भीर रहेको र उपचारका लागि जिल्ला अस्पतालतर्फ लगेको स्थानीयलाई उधृत गर्दै मैवाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले जानकारी दिए।

हतियार प्रहार गर्ने फुर्वालाई स्थानीयले समातेर प्रहरीलाई बुझाउने तयारी गरिरहेको जानकारी समेत आफुले पाएको अधिकारीले बताए । स्थानीयको भनाई अनुसार फुर्वामा केहि समय अघिदेखि मानसिक समस्याका संकेतहरु देखिदै आएको थियो।

प्रकाशित: २८ जेष्ठ २०७६ १३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App