७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

बलात्कार अभियोगमा युवक पक्राउ

खोटाङ – किशोरीलाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक युवक पक्राउ परेका छन् । १७ वर्षीय युवतीलाई करणी गरेको अभियोगमा ऐंसेलुखर्क गाउँपालिका–१ राखाबाँदेलका २१ वर्षीय जीवन जोगी पक्राउ परेका हुन् ।

बुधबार साँझ किशोरीलाई करणी गरेको भन्दै पीडितका आफन्तले दिएको उजुरीका आधारमा जोगीलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले पक्राउ गरेको हो । बिहीबार पक्राउ परेका आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए ।

यस्तै, विष सेवनबाट साकेला गाउँपालिका–५ मात्तिम डाँडाटोलकी १७ वर्षीया कविता राईको मृत्यु भएको छ । उनले बुधबार राति विष सेवन गरेको प्रहरीले जनाएको छ । युवतीले विष सेवन गरेर आत्महत्या गर्नुको कारण खुल्न नसकेको प्रहरी निरीक्षक कटवालले बताए ।

प्रकाशित: २० वैशाख २०७६ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App