७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

गाडी भित्रै किशाेरी बलात्कार गर्ने तीन आरोपी पक्राउ

रसुवा - रसुवाकी १६ वर्षीय किशाेरी बलात्कार गरेकाे आरोपमा तीन जनालाइ प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–६ का १९ वर्षीय दीपक खतिवडा, विदुर नगरपालिका–४ का संजीव कुमार गुप्ता र विदुरकेै २२ वर्षीय राज कुमार श्रेष्ठ रहेका प्रहरीले जानकारी दिएकाे छ। उनीहरुलाइ प्रहरीले आइतबार पक्राउ गरेकाे हाे।

रसुवाको सदरमुकाम धुन्चेबाट टिमुरे जाँदै गरेको बा ४ ख ४३२ नम्बरको गाडीमा लिफ्ट मागेर गएकी किशाेरीलाई याङयाङ खोलामा पुगेपछि गाडीभित्रै बलत्कार गरिएकाे थियाे। गाडी रोकेर गाडी पछाडि सामान राखिएको ठाउँमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूलाई टिमुरेबाट पक्राउ गरेर ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रञ्जन अवाले बताए। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म बलात्कार तथा बलात्कारको प्रयासका तीनवटा घटना भएको प्रहरी तथ्याङ्क छ। 

 

प्रकाशित: ८ पुस २०७५ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App