७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

मेलामा विवाद हुँदा वडाध्यक्षमाथी कुटपिट, प्रहरीद्वारा एक राउन्ड हवाई फायर

रुकुम- रुकुम (पश्चिम)को आठविसकोट नगपालिकाका एक वडाध्यक्ष घाइते भएका छन्। नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक घाइते भएको प्रहरीले जानकारी दिएको छ।

तिहारको अवसरमा गाउँमा सञ्चालन भएको स्थानीय मेलामा विवाद हुँदा युवाहरुको आक्रमणबाट वडाध्यक्ष विक घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले जानकारी दिएको छ। स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले एक राउन्ड हवाईफायर गरेको छ।

कुटपिट बढ्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिनको लागि हवाईफायर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। पुरानो रिसिइबीका कारण वडाध्यक्षमाथी हातपात भएको हुनसक्ने प्रहरीको अनुमान छ। घाइते वडाध्यक्ष विकको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ।  

 

प्रकाशित: २४ कार्तिक २०७५ ११:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App