९ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

बालिका बलात्कार अराेपमा २ वृद्ध पक्राउ

भक्तपुर - १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले मंगलबार दुई वृद्धलाई पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसर भक्तपुरले बलात्कार अभियाेगमा चाँगुनारायण नगरपालिका– ४ सङ्गमटोल बस्ने ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई पक्राउ गरेको हाे।

पीडित बालिकालार्ई यही कात्तिक ३ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ११ गते उजूरी दिएपछि प्रहरीले उनीहरुलार्इ पक्राउ गरी कारवाही अगाडि बढाएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए। पीडित बालिकाको स्वास्थ परीक्षण गरिएको बताइएको छ। रासस

प्रकाशित: १३ कार्तिक २०७५ १४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App