९ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

रक्सी पिएर श्रीमतीको हत्या गर्ने पक्राउ

भद्रपुर- विजया दशमीको भोलिपल्ट शनिबार घरमै श्रीमतीको हत्या गरी फरार रहेका कनकाई नगरपालिका–८ का आइतराज परियार पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार विजया दशमीको भोलिपल्ट मादकपदार्थ सेवन गरी ४० वर्षीया श्रीमती माया परियारलाई हत्या गरेर अभियुक्त आइतराज फरार रहेका थिए। 

लुकीछिपी इलामको दानाबारीमा बसेको अवस्थामा अभियुक्त आइतराजलाई प्रहरीको खोजतलास टोलीले आइतबार फेला पारेको प्रनाउ बस्नेतले जानकारी दिए। 

अभियुक्त आइतराजले हत्या आफैँले गरेको प्रहरीसमक्ष स्वीकार गरेको र उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ५ कार्तिक २०७५ ०४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App