१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

आफन्तको घर जादै गरेकी किशाेरी बलात्कृत

जाजरकोट - जाजरकोटमा एक किशाेरी बलात्कृत भएकी छन्। भेरी नगरपालिका ५ का २६ बर्षीय गोपाल कामीले  सोहि गाउँकी १५ वर्षीया किशाेरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। बाटोमा हिड्दै गरेकी किशाेरीलाई रातको समयमा  मौका छोपेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय जाजकोटका प्रहरी निरीक्षक लोकवहादुर विष्टले जानकारी दिए। घर नजिकैको वाटो भएर राती १० बजे आफन्तको घर जादै गरेकी बालिकालाई कामीले जवरजस्ती करणी गरेको प्रहरी निरीक्षक विष्टले बताए। बलात्कृत बालिकाको जाजरकोट अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको निरीक्षक विष्टले बताए। बलात्कार आरोपी कामीलाई नियन्त्रणमा लिएर उनी विरुद्ध जवरजस्ती करणीको मुद्धा दर्ता भएको र घटनाबारे आवश्यक अनुसन्धान भैरहको निरीक्षक विष्टले बताए।

यसैगरी नलगाड नगरपालिका ३ कैनाबजार नजिकै एक ४९ बर्षीय असक्त महिला माथि यौन दुर्व्यवहार भएको छ। सोही ठाउँका २१ बर्षीय दीपक विकले उनीमाथि यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ। राम्रोसंग बोल्न नसक्ने र बोल्दा लरबराउने तथा कमजाेर अवस्थाकी महिलालाइ जवरजस्ती गर्न खोज्ने विक घटना पछि फरार रहेका छन्।

 

प्रकाशित: २८ भाद्र २०७५ १३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App