१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

बेलाबेलामा पड्किन्छन् बम, बल्झिरहन्छ द्वन्दको घाउ

गत बैसाख १८ गते रोल्पा त्रिबेणी गाउँपालिकामा बम बिष्फोट हुदा मृत्यु भएका गौरब नेपालीकि आमा तिलकुमारी।

रोल्पा - तत्कालिन माओवादीले गरेको शसस्त्र द्वन्द सकिएको करिब १५ वर्ष पुगिसक्यो तर आज पनि द्वन्दका बाछिटाहरुले निरन्तर चोट दिइरहेका छन्। युद्धका समयमा हतियार र बिस्फोटक सामाग्रीको उचित ब्यबस्थापन नहुँदा समय समयमा निर्दोष सर्वसाधारणले ज्यान गुमाउनु परिरहेको छ। उतिबेलाका हतियार बोक्नेहरु सम्वेदनशिल नहुँदा समस्या कायम छ। द्वन्दको पुरानो घाउले रोल्पामा बेलाबेलामा बल्झिरहन्छ। नयाँ नयाँ चोट थपिरहन्छ। रोल्पालीहरुले २४ वर्षअगाडि सुरु भएको द्वन्दको घाउँ कहिलेसम्म बोक्नु पर्ने हो केहीटुंगो  छैन।

बैसाख १८ गते रोल्पा त्रिबेणी गाउँपालिकामा बम बिष्फोट हुँदा स्थानिीय १४ वर्षिय नोखिराम डागी, ११ वर्षिया बिमला खत्री, ५ बर्षिय बिजय खत्री र १३ बर्षिय गौरव नेपालीको मृत्यु भयो। शान्ति प्रकृया यता तत्कालिन माओवादीले हतियार बुझाएको भए पनि बिभिन्न समयमा बेबारिसे बम बिष्फोटमा ७ जना बालालिकाको मृत्यु भएको छ भने ३ बालबालिका घाइते भएका छन्। सशस्त्र द्वन्द सकिएपछि जन्मिएका बालबालिकाले समेतयुद्धको परिणाम भोगिरहेका  छन्। 

मानव अधिकारवादी घनस्याम आचार्यका अनुसार द्वन्दका समयमा पनि बेबारिसे बमबाट बालबालिकासंगै धेरै सर्वसाधारणले ज्यान गुमाएका थिए। ‘बाल सैैनिकका रुपमा गएका अनि सुरक्षाकर्मीले पक्राउ गरेर र भिडन्तमा पनि मरेका निदाष रोल्पाली मारिएका हुन्।’ उनका अनुसार युद्धरत पक्षबाट सो समयमा सामान्य युद्धको नियम समेत पालना भएको देखिदैन। ‘राज्य फेरि एकपटक गम्भिर बन्नु पर्छ।’ 

गत असोज दोस्रो साता उत्तरी रोल्पाको परिवर्तन गाउँपालिका–१ कुरेली भित्रिवन पुवाखोरेकोे एक गोठमा भण्डारण गरिएको अस्थामा ठूलो परिमाणमा ‘युद्ध सामग्री’ भेटियो। उक्त ‘युद्ध सामग्री’, हातहतियार र विस्फोटक पदार्थ नेपाली सेनाले नियन्त्रणमा लिएर राखेको छ। शान्ति संझौतापछि माओवादीले कन्टेनरमा राख्न ल्याएका हतियार अपुग भएपछि प्रचण्डले कतिपय हतियार खोलामा बगेको जिकिर गरेका थिए।  
उक्त हतियार भेटिएको कुरा स्थानीय प्रहरीले सूचना पाउनुभन्दा पहिले सुरक्षाको माथिल्लो निकायले जानकारी पाएको थियो। जिल्ला सुरक्षा समितिले पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्न खोजेको भए पनि सुरक्षाको माथिल्लो निकायले रोकेको एक अधिकारीले बताए। युद्धकालीन हतियार अनमिनमार्फत बुझाएको भनिरहदा ठूलो परिमाणमा युद्ध सामाग्री भेटिएपछि तत्कालीन माओवादी तथा हालको सरकारी पक्षलाई असजिलो हुने भएपछि घटना लुकाउन खोजिएको थियो। 

गोठबाट उच्च विस्फोटक (हाइ एक्सप्लोसिभ) बम, ह्याण्ड ग्रिनेड, एलएमजी व्यारेल ६ थान, म्यागनम व्यारेल १ थान, इम्प्रोभाइज बन्दुक १ थान र इम्प्रोभाइजर मोर्टार गण १ थान फेला परेका थिए। एम १६ को ‘लाइभ राउण्ड’ (गोली) ४ हजार १ सय ९१ वटा र एटीवानको खाली गोली एक सय ३९ थान बरामद गरिएको हो। एटीवान लाइभ बम ११ थान, फोर्टी एमएचई बम ३ थान, हाते ‘ग्रिनेड–३६’ को ३ थान, ‘डैटोनेटर–७५’ थान ५, ‘डैटोनेटर–२७’ थान २, फिप्टी वान एचइ बम १३ थान र इस्मोकमिङ कम्प्लिट बम १९ थान छन्।

यस्तै टुइन्च मोर्टारको सेल २२ वटा, १२ केजी बारुद, २ केजी गण पाउडर र ४ मिटर सेफ्टी फ्यूज छन्। विभिन्न हतियारका खाली म्यागजिन पनि गोठमा फेला परेका थिए। एसएलआरको १३ वटा, थी्र नट थ्रीको ११ वटा, एलएमजीको ३७ वटा, एसएमजीको दुई, एके ४७ को एक, गलिलको एक र पेस्तोलको तीनवटा खाली म्यागजिन छन्। बिग्रिएको अवस्थाका दुईवटा साना जेनेरेटर पनि फेला परेको थियो।

त्यस्तै २०७६ फाल्गुन २१ गते थवाङ गाउँपालिका ३ मिरुल स्थीत कुवारी जंगलमा दुईबोरा बम भेटिएको थियो। नेपाली सेनाले उक्त बम डिस्पोज गरेको थियो। शान्ति संझौतापछि रोल्पाका बिभिन्न स्थानमा बम भेटिने र सेनाले डिपोज गर्ने गरिरहेको छ। शान्ति प्रकृया यता कति ठाउँमा बम भेटियो भन्ने आधिकारी तथ्याङ्क कोहि कसैसंग नभए पनि दर्जन बढी स्थानमा सेनाले बम डिस्पोज गरिसकेको छ।

प्रकाशित: २७ वैशाख २०७७ ०७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App