१५ असार २०८१ शनिबार
image/svg+xml
अन्य

घुम्नुको फाइदैफाइदा

बिबिशा सापकोटा, कक्षा: ९
अर्घाखाँची आवासिय माध्यमिक बिद्यालय,अर्घाखाँची 

संसारमा प्रकृतिभन्दा ठूलो केहि हुँदैन । जीवन भनेको मानिसको एउटा बाँच्ने घडी हो जहाँ घुमफिर आवश्यक छ । देशबिदेशमा घुम्न धेरै ठाउँ छन् । हाम्रो देश नेपालललाई सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिएको थियो । तर, कोरोनाका कारण भ्रमण वर्ष रद्ध भएको छ । 

हाम्रो देश प्रकृतिको सुनदरताले भरिएको छ । यसपाला हामी मिलेर पोखरा घुम्न गयौं  । पोखरा निकै राम्रो पर्यटकीय क्षेत्र हो । मैले त्यहाँ डुङ्गा चढें, गुफा हेर्न गएँ । बाटोमा हिँड्दा अरु विभिन्न देशबाट आएका मनिससँग कुराकानी गरें । साँच्चै ति मानिससँग गफ गर्दा खुसी भएँ । देशप्रति सम्मान जागेर अयो । 
हाम्रो देश स्वर्ग जस्तो नभएको भए मान्छे किन आउँथे होलान् ?  

म मनकामना गएर केबलकार पनि चढें । क्या आनन्द आयो । त्रिशुली बगेको त्यो मिठो आवाज त कानमै बजिरहेको छ । कति मनमोहक दृश्य । नेपाल पर्यटकीय देश भनेर चिनिन्छ । धार्मिक, सांस्कृतिक, एतिहासिक, सामाजिक सबै क्षेत्रमा भरिपुर्ण भएकाले पर्यटकीय महत्व बोकेको छ हाम्रो नेपालले । 

शान्तिका दूत गौतम बुद्ध पनि हाम्रो देशमै जन्मेका हुन् । अहा कति रमाइलो, अनि गर्वलाग्दो कुरा । त्यहाँ पुग्दा कति खुसी भएँ । हरेक चिजलाई ध्यानपूर्वक हेरें । लुम्बिनीमा विभिन्न देशले योगदान गरेका रहेछन् । अहो पर्यटकको त कुरै नगर्नुस् कति हुन् कति ।  

म त्यहाँ मात्र कहाँ हो र मन्दिरै मन्दिरको शहर काठमाडौं पनि गएकी छु । क्या रमाइलो भाको थियो । यतिबेला लेख्दा पनि घुमेको आभाष हुन्छ । म त्यहाँ गएर सर्बप्रथम त हाम्रो बिश्व सम्पदा सूचीमा परेका सम्पदा घुमें । १२ वैशाखको भुकम्पले धेरै भत्काएको रहेछ । भएका सबै सम्पदा मज्जाले घुमें । एकदमै आनन्द आयो । कुनैकुनै बन्ने प्रक्रियामा पनि थिए । 

मान्छेको धार्मिक आस्था देखेर एकै छिन त म हेरेको हेरै भएँ । अनि भावुक पनि बनें । त्यहाँ घुम्न गएको मानिस घर फर्केर नजाउँ जस्तो लाग्छ तर के गर्नु त्यो  ३ दिनको समय कता बित्यो कता । 

सबैभन्दा रमाइलो त मलाई चितवन राष्ट्रिय निकुञ्ज जाँदा पो भयो । त्यहाँ गरेको हात्ती सफारी त कहिल्यै भुल्न सक्दिनँ । मेरो मन खुशीले उफ्रि रहेको थियो जब मैले त्यहाँका वन्यजन्तुलाई देखें । एकछिन त तिनीहरूसँग गएर खेलुम् जस्तो लागेको थियो । तर के गर्नु जानू भएन । अन्तिममा अलिकति दुःख पनि लाग्यो । जसरी एउटा सिंह जंगलको राजा हुन्छ । तर, त्यहाँ राजा सिंह थिएन थिए त मान्छे थिए । वन्यजन्तु मान्छेको इसारामा नाच्थे ।  

मैले  त  आफ्नो कतव्र्य पुरा गरें । सबैलाई थाहा छ कि घुम्नु पर्छ । यसले गर्दा दुबै क्षेत्रमा फाइदा एउटा त नयाँ ठाँउ घुम्दा नयाँनयाँ कुरा सिक्न पाइने, अर्को देशको आर्थिक उन्नतीमा टेवा पनि हुने । अनि भएन त काइदा !

अँ साँच्चि अहिले त लकडाउन छ । कोरोनाको महामारी छ । महामारी सकिएपछि मात्र घुमन निस्कनु पर्छ है । अहिले त घरमै बसौं ।

प्रकाशित: १४ वैशाख २०७७ ०४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App