१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
मुख्य समाचार

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।काठमाडौंको मखनटोलमा १९७९ सालमा जन्मिएका लुनकरण दासका तीन छोरा विनोद, वसन्त र अरुण चौधरी तथा एक छोरी कुसुम अग्रवाल छिन्। धार्मिक प्रवृत्तिका लुनकरण दास मारवाडी समुदायका सबैभन्दा पुराना घरानामध्येका एक इमानदार व्यवसायी रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका बताउँंछन्।

१९९० सालमा लुनकरण दासका पिताले घुमुवा व्यापार छाडेर इन्›चोकमा पसल स्थापना गरेका थिए। तर यसलाई नयाँ उचाइमा पुर्या उने र औद्योगिक घराना बनाउने काम उनले गरे। आफ्ना बाबु भूरामलको पालादेखि नै चल्दै आएको कपडा व्यापारलाई निरन्तरता दिँदै औद्योगिक क्षेत्रमा पाइला टेकेका लुनकरण दासले विराटनगरमा जुट उद्योग स्थापना गरे। जुट निर्यातमार्फत अन्तर्राष्ट्रिय व्यापार सुरु गरेका उनी सँगसँगै कोरिया र जापानबाट कपडा आयात गर्थे।

नेपालमा औद्योगिकीकरणको सुरुआतका एक हस्ती उनले २०२२ सालमा स्थापना गरेको मोर्डन होजियारी उद्योगले मोजा उत्पादन गर्थ्याे। त्यसपछि उनले नेपाल स्पिनिङ बेभिङ एन्ड निटिङ उद्योग स्थापना गरे। यस उद्योगले सेन्थेटिक कपडा उत्पादन गर्र्थ्यो। उनको तेस्रो उद्योग रत्न स्टेनलेस स्टिल हो जसले भाँडा उत्पादन गर्थ्यो।

काठमाडौंबाहिर आफ्नो व्यापार फैलाउने क्रममा विराटनगरमा भूरामल लुनकरण दास चौधरी नामको कम्पनी खोलेका थिए।

यस्तै, जुट उद्योगबाट औद्योगिक क्षेत्रमा पाइला टेकेका लुनकरण दासले उनले निर्माण कम्पनी पनि चलाएका थिए। २०१४ सालमा उनले काठमाडौं त्रिशुली सडकमा सब कन्ट्याक्टरको काम गरे। 'त्रिशुली सडकको कामले चौधरी समूहलाई परम्परागत व्यापारबाट विविधीकरणतर्फ मोडेको हो। लुनकरणदासले युनाइटेड बिल्डर्स नामको निर्माण कम्पनी स्थापना गरे। तत्कालीन समयमा निर्माण कम्पनी स्थापना गर्नुले उनी एक भिजनरी व्यवसायी रहेको पुष्टि गर्छ। यस्तै, उनले नेपालमा पहिलो हुने धेरै काम गरेका छन्। २०२० सालमा फ्लोरिङ एन्ड फर्निसिङको आउटलेट खोलेर उनले होटल तथा दूतावासको सजावटको काम गर्थे भने नेपालमै पहिलोपटक डिपार्टमेन्ट स्टोर पनि उनले सञ्चालनमा ल्याएका हुन्। २०२५ सालमा उनले न्युरोडमा डिपार्टमेन्ट स्टोर खोलेका थिए।

नेपाल चेम्बर अफ कमर्सका वर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार उनी कसैलाई नबिझाउने स्वभावका थिए। सरल तथा सिधा व्यापार गर्नुपर्छ भन्ने मान्यता राख्ने लुनकरण दासले नेपालमा निजी क्षेत्रले औद्योगिकीकरण गर्न सक्छ भन्ने प्रमाणित गरे। हाल चौधरी समूहअन्तर्गत विभिन्न क्षेत्रमा ४० वटाभन्दा बढी औद्योगिक–व्यापारिक संस्था छन्। ७ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका यी संस्थाहरुको परिकल्पनाकार लुनकरणदास नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघका संस्थापक सदस्य पनि हुन्। यसबाहेक उनी मारवाडी सेवा समितिलगायत दर्जनौं संघसंस्थाका संस्थापक पनि हुन्।

उनी निजी क्षेत्रले उद्योग चलाउन सक्छ भन्ने चिन्तन बोकेका एक अथक उद्योगी भएको मुरारका बताउँछन्।

प्रकाशित: २१ माघ २०७२ २०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App