भूकम्पपछि अस्पतालले कसरी काम गर्योा?
भूकम्पको असर आउनुअगावै मिडियामा ग्रान्डी अस्पताल ध्वस्त भयो भनेर हल्ला आयो। नेपालका ठूला भनिएका मिडियाले समेत त्यस्तै सामग्री देखाए। नबुझीकन दिएको खबरले पूरै परिस्थिति नकारात्मक भयो। भित्र गएर काम गर्ने मानसिक शक्ति चाहिने अवस्था थियो। त्यो नकारात्मकताको प्रभाव अहिले पनि छ। मान्छेले एक दिन असत्य बोल्ला, अर्को दिन बोल्ला, तर कुनै दिन सत्य नै माथि पर्छ। हस्पिटलको सबैभन्दा ठूलो कुरा भनेको सेवा हो। हामीले सेवा रोकेनौं। सुरुमा च्यारिटीको काम गर्यौं । हाम्रा स्टाफ र पब्लिकको विश्वास र सहमति लियौं। हामी लिडरहरू सधैं खट्यौं। खतरामुक्त बनाएर बिरामीलाई सेवा दिँदै जाँदा अहिले ७० अन्तरंग र ४ सय बहिरंग पुर्यामइसकेका छांै। भूकम्प जानुअघिसम्म अन्तरंग १ सय १० देखि १ सय २० र बहिरंग ५ सय थियो।
पहिलेकै अवस्थामा पुग्न अब कति लाग्ला?
केही मर्मतको काम बाँकी छ। काम भइरहेको छ। हामीले तुरुन्तै मर्मत गर्न नसकेको भवनको बिमाका कारणले हो। भारत सरकार अन्तर्गतको बिमाबाट हामी बिमित छौं। उनीहरूले हेरेपछि क्षतिको दाबीअनुरूप पहिलो किस्ता दिएका छन्। हामीले टालटुल पारेर चलाउन मिल्दैन, यो प्रक्रियागत रूपमा जान्छ। मेरो लागि बिरामीको सुरक्षा सबैभन्दा महŒवपूर्ण कुरा हो। म बिरामीको सुरक्षाबाहेक सबै कुरा त्याग्न सक्छु। बिरामीलाई विश्वास भएन भने अस्पतालको अर्थ हुँदैन। हामी सबै सरोकारवालालाई विश्वास लिएर र बिरामीको सुरक्षालाई केन्द्रमा राखेर बिरामीको हेरचाह गर्छौं। बिरामीलाई असर नपर्ने सुरक्षाका उपाय अपनाएर मर्मत गरिन्छ।
भौतिक रूपमा यो भवन सुरक्षित छ भनेर बिरामी र अन्य पक्षलाई कसरी बुझाइरहनुभएको छ?
भूकम्प आएकै तेस्रो दिन भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) को टिमले लबी र सर्भिस ब्लकलाई ग्रिन स्टिकर दियो। त्यसपछि मुख्य ब्लकले एल्लो स्टिकर पायो। यसको मतलब ननस्टक्चरल ड्यामेज हो। प्लास्टर मर्मत गरे पुग्छ। त्यो बीचमा हामीले युएसएड, क्यानेडियाली इन्जिनियरले मूल्यांकन गरे, जापानीले पनि हेरे। उनीहरूले भवन सुरक्षित छ भने। भारतको डिडिएफ टिमले समेत ननस्टक्चरलबाहेक केही गर्नुपर्दैन भन्यो। त्यसमा मात्रै सीमित नभएर अहिले ननइन्भेजिभ इभालुएसन गर्दैछांै। अहिले सुरक्षित छ भनेर स्टाफ सबैलाई विश्वास दिन सकेका छौं।
अन्तर्राष्ट्रिय स्तरको बनाउने भनेर अस्पताल खोलेकै समयमा राष्ट्रपतिको स्वास्थ्य परीक्षण यहाँ भयो र विदेश जानुपर्यो । त्यसमा पनि तपार्इंहरूको सुझावअनुसार जानुपरेको भनेर विवाद भयो नि?
राष्ट्रपतिलाई ग्रान्डीमा ल्याउने निर्णय उहाँका छोरा चन्द्रमोहनले गर्नुभएको हो। उहाँलाई यहाँ पनि हामीले सिटी स्क्यानको मेसिन मात्रै उपलब्ध गराएका हांै। डाक्टरहरूको टिम शिक्षण अस्पतालबाट ल्याउनुभयो। फिजिसियन पनि बाहिरबाट ल्याइएको हो। अरू ठाउँमा यस्तो मेसिन नभएकाले ग्रान्डीमा परीक्षण गर्न वातावरण बनाइदिएको हौं। हाम्रो डाक्टर त सहभागी भएकै छैनन्। हाम्रो ब्याकअप मात्रै हो। नबुझीकनै विवादमा तानियो। हामीले गल्ती गरेको भए आलोचना सुन्न तयार छौं।
उपचारका लागि बाहिर जाने क्रम अहिले पनि जारी छ नि?
ग्रान्डी एउटा प्रक्रिया हो। हाम्रो उद्देश्य आउँदो १५/२० वर्षमा नेपालको स्वास्थ्य पद्धति नेता बनाउने हो। कसैले यो काम सुरु गर्नुपर्योर। ग्रान्डीले यो प्रक्रिया भंग गर्न सकेन भने धनी मानिस बाहिर जान्छन्। यो प्रक्रिया रोक्न वषर्ौं लाग्न सक्छ। यो त लाइफटाइम प्रतिबद्धता हो। बाहिर जान रोक्न मान्छेको विश्वास जित्न सक्नुपर्छ। ठूलो लगानी र गुणस्तरीय सेवा दिने अस्पतालका विषयमा ग्रान्डीले अवधारणा परिवर्तन गरिसक्यो। यहाँ राजदूत, राजनीतिज्ञलेसेवा लिएका छन्। अहिले अमेरिका, क्यानडा र अस्ट्रेलियाबाट समेत उपचारका लागि आइरहेका छन्। धनी पनि छन् गरिब पनि छन्। सबै वर्गका मान्छेले पाउने सेवा समान किसिमको हुनुपर्छ। यति गर्दा पनि कोही बाहिर जान्छ भने के गर्नु? तर, हामीले गुणस्तरीय सेवा दिइराख्नुपर्छ, १० वर्षपछि हेर्नुस् धेरै परिवर्तन हुन्छ। निरन्तर प्रयासले देशको स्वास्थ्य प्रणालीमा परिवर्तन ल्याउँछ।
धनीका लागि मात्रै होइन भन्नुभयो, गरिबलाई कसरी सेवा दिनुहुन्छ?
मान्छे गरिब छ भन्दैमा उपचारको गुण स्तर बेवास्ता गर्नु हुन्न। उपचार गर्दा डाक्टरले उसको आर्थिक अवस्था हैन रोग हेर्नुपर्छ। ग्रान्डीले गरिबका लागि ३० बेडको सिद्धार्थ वार्ड स्थापना गरेको छ। यसलाई विस्तार गरेर ४० बेडको बनाउँदैछौ। यसमा भ्याटसमेत जोडेर बेड शुल्क प्रतिदिन ५ सय छ। त्यहाँ उपचार हुने बिरामीको डाक्टर सेवा शुल्कमा पनि ५० प्रतिशत छुट हुन्छ। सेवा फरक हुँदैन। हामीले अस्पतालमा गरेको लगानीका आधारमा यो शुल्क न्यूनतम छ। ५ सय रुपैयाँमा कसल्टेसन, सोही हाराहारीमा बेड शुल्क। सिटी एमआरआईको शुल्क बाहिरभन्दा १०–१५ प्रतिशत कमै छ। रक्त परीक्षण औसत हस्पिटलभन्दा कम छ। शल्यकक्ष लेमिनर एयर फ्लो भएको ओटीमा हुन्छ। यो खालको कक्ष र एउटा घरमा बनाएको हस्पिटलको शल्यकक्षामा गर्नु तुलना हुन सक्दैन।
यो गुणस्तर दिएर आर्थिक रूपमा धानिन अहिले हाम्रो शुल्क दोब्बरतेब्बर हुनुपर्छ। बिरामी संख्या र टर्नओभर बढाए हामी टिक्छांै। यो चुनौतीपूर्ण काम हो। यो देशका लागि नै चुनौती हो। म फिजिसियनको नेतृत्वमा यो अवधारणाको जन्म भयो। १ सय २१ सेयरहोल्डरले अवधारणा स्वीकार गर्नुभयो। यसमा कुनै कालो धन छैन।
सेवामूलक व्यवसायमा यति धेरै लगानीकर्ताको चाहना मिलाएर लान गाह्रो छैन?
मैले उहाँहरूलाई लगानी गर्नुस् पैसा डुब्दैन भनेँ। उहाँहरूले स्वीकार गर्नुभयो। पैसाले पेसाको घाँटी न्याक्न मिल्दैन। मैले जहिले पनि पेसाको आचारलाई लिएर व्यवस्थापनसँग जुध्नुपर्छ। गरिबलाई सेवा दिने समयमा पनि त्यही प्रश्न आउँछ। धनीहरू त आज लगानी गर्योप तत्कालै प्रतिफल आइहालोस् भन्ने चाहन्छन् जुन स्वाभाविक हो। स्वास्थ्योपचारमा पनि सेवाले मन जित्नुपर्छ।
गरिबलाई छुट्ट्याइएका सेवा लिने प्रक्रिया कति सरल छ? गरिबको कसरी भेरिफिकेसन हुन्छ?
धनी मान्छे ५ सय रूपैयाँको बेडमा जाँदैनन्। धनीलाई सिंगापुर गएर ४० डलर तिर्न अप्ठेरो छैन। धनी मान्छेले प्राइभेट शौचालय चाहन्छन्। बेड खाली हुनासाथ चाहनेलाई हामी टर्नओभर गराइदिन्छौं। नियतको कुरा हो, अरबपति छ, उसका लागि जनरल वार्ड स्वीकार्य छ भने ठिकै छ।
स्वास्थ्य क्षेत्र नाफामुखी भयो भनिन्छ नि?
यस्ता विषयमा हामी पूर्वाग्रही छौं। तपाईंले कुनै कुरा भन्नुभयो भने हामी विश्लेषण गर्दैनांै। समस्याको स्रोतसम्म जादैनांै। नाफामूलक भए के महŒवपूर्ण हो त? तिनीहरूले पैसा कमाइरहेका छन्, तर कर तिरिरहेका छन् कि छैनन्? स्टाफलाई पैसा दिइरहेका छन कि छैनन्? लगानीकर्ता र बोर्ड प्रमुखले मात्रै फाइदा लिइरहेका छन् कि? बिरामी एउटा समस्या लिएर आएको छ उसलाई समस्या थाहा पाउन निश्चित प्रक्रिया पूरा गर्नुको सट्टा सबै जाँच गराइदिन्छन् कि?
ग्रान्डीमा त्यो नहुने कसरी सुनिश्चित गराउनुहुन्छ?
यहाँ हजारौं डाक्टर छन्। यहाँ केही चेकलिस्ट छन्। बिरामीको पाटोबाट गुनासा सुन्न हामीले व्यवस्थापनको टिम बनाएका छौं। प्रतिक्रिया लिएपछि हामी डाक्टरलाई सोध्छांै। हामी पूर्ण रूपमा यस्तो कुराबाट सुरक्षित छांै म भन्दिनँ, तर हामी त्यो कुरामा पुग्छांै। यहाँ एउटा कर तिर्ने, अर्को कर लुकाउने फाइल छैन। बिरामीलाई जे मन लाग्यो त्यही जाँच गराउँदैनांै। अस्पताल चलाउने नाममा जे मन लाग्यो त्यही मूल्य राख्ने काम ग्रान्डीमा हुन्न। हो, यो दिगो हुनुपर्छ यहाँका स्टाफलाई तलब दिनुपर्छ, बिरामीलाई सेवा र ओभरहेड खर्च हुन्छ। बैंकमा लगानी गरेर बोनस खान हुने हस्पिटलमा लगानी गरेर नहुने भन्ने कुरा सुहाउँदैन।
तपाईं आफैं डाक्टर हुनुहुन्छ, संस्थाको व्यवस्थापन पनि हेर्नुभएको छ, व्यवस्थापक र डाक्टरका रूपमा तपार्इं हेल्थ केयरमा आइरहेका समस्यालाई कसरी विश्लेषण गर्नुहुन्छ?
अहिले सबैभन्दा ठूलो समस्या भनेको तपार्इं पैसाले प्रत्येक मान्छेलाई किन्न सक्नुहुन्छ। प्यासेन्ट रिफर गर्दा, ल्याउँदा, एम्बुलेन्स दायाँ वा बायाँ जान्छ पैसा नै तिर्नुपर्छ। मेडिकल केयरमा पैसा खर्च गर्नुपर्छ। सरकारी नियमन सत्य–तथ्यमा आधारित हुनुपर्छ। तर, सौतेनी व्यवहार भइरहेको छ। अस्पतालमा प्रयोग भएको पानी शुद्धीकरण गरेर मात्रै खोलामा फाल्छांै। हाम्रोमा फोहर बिसर्जन प्रणाली छ। भूकम्पमा निःशुल्क उपचार गर्यांरै। मसँग सर्जन र म्यानेजरका रूपमा पटक्कै समय छैन। म किसानको छोरा, मैले केही गुमाइनँ। म फेरि पुरानै अवस्थामा फर्कन परे पनि आफ्नो खाना पकाउन र भाँडा माझ्न सक्छु। म देशका लागि केही गरौं भनेर लागेको मान्छे हुँ। म दोहोरो कुरा गर्दिनँ। यहाँ भारतका अस्पतालबाट मान्छे आउँछन् र बिरामी रेफर गरे पैसा दिन्छु भन्छन्।
ग्रान्डीलाई कस्तो सौतेनी व्यवहार भएको छ?
हामीले अस्पताल सुरु गर्नुभन्दा पहिला सबै कुरा पूरा गरेर लाइसेन्स लिन प्रक्रिया थालेको थियौं। तर, सञ्चालन अनुमति पाउन लामो समय लाग्यो। ससाना अस्पतालले पनि सजिलै लाइसेन्स पाइरहेका छन्। हामीले भूकम्पको केही दिनअघि मात्रै सञ्चालन अनुमति पायौं। नपाएको भए हाम्रो अस्पताल बन्द हुन्थ्यो। यो मात्रै यस्तो अस्पताल हो जसले डेडिकेटेट इलेक्टिक लाइन पाएको छैन। अरू अस्पतालले करोडांै अनुदान पाउँछन्, तर ग्रान्डीले पाएको छैन। म सरकारलाई कर तिर्छु। अहिले पनि कैयांै अस्पताल टेन्टमा छन्, तर समाचार आउँदैनन्। ग्रान्डी अहिलेसम्म टेन्टमा हुन्थ्यो भने तपार्इंहरूले बन्द नै गराइदिन सक्नुहन्थ्यो। हाम्रो भवन भासियो भनेर अतिरञ्जित स्टोरी बनाए। मलाई माया गर्ने मान्छेले विश्वभरबाट रोएर फोन गरे। ग्रान्डी भत्कनु खुसीको कुरा हो त? यो त पब्लिक मनी हो नि।
लगानी ल्याउन सबै स्वीकृति दिएपछि पनि तपाईंहरूलाई यसरी हेर्नु पछाडिको कारण?
मैले बुझेको छैन। यो त अरू लगानीकर्ताका लागि पनि चुनातीपूर्ण भयो कि! ग्रान्डीले रिटेल व्यवसायलाई त बन्द गराउँछ भन्ने लाग्यो होला नि? कसैले ठान्यो होला यो ठूलो प्रतिस्पर्धी आयो। रिटेलरहरूले तिनीहरूको लबी प्रयोग गरे। हामीले त भारत, बैंककका कर्पोरेट अस्पतालसँग प्रतिस्पर्धा गर्ने हो। हाम्रो उद्देश्य यहाँको रिटेलर अस्पतालसँग प्रतिस्पर्धा गर्नु हैन। हामी मूल्यमान्यतामा गरिब छैनांै भनेर स्थापित गर्न चाहन्छौं। पैसाले मात्रै धनी हुने हैन। मूल्यमान्यता धेरै ठूलो हुरा हो। म त्यो मूल्यमान्यताको पक्षमा छु। मैले ग्रान्डीका लागि सपना देखेको हो। ग्रान्डीको अगाडि २२ रोपनी जग्गा त्यसै छाडिएको हैन। सरकारी अधिकारीहरूले पनि देशकै लागि सोचिरहनुभएको छ होला।
पहिले तपाईं उपचार गर्दागर्दै कुनै बिरामीको मृत्यु भए पैसा लिँदैनौं भन्नुहुन्थ्यो, अहिले पनि त्यही गर्नुहुन्छ?
त्यो मेरो फी हो। एउटा डाक्टरले त्याग गर्न सक्छ अस्पतालले गर्न सक्दैन। मेरो मान्यता भनेको लोभ र पैसाबीचको लडाइँ हो। मनको एउटा कुनाबाट म पनि कहिलेकाहीँ पैसा कमाउन चाहन्छु। तर, अर्को पक्ष मैले योगदान पनि गर्नुपर्छ। त्यसका लागि हाम्रो च्यारेटी फाउन्डेसन छ। अर्थोपेडिक्ससँग सम्बन्धित बिरामीलाई केही सहयोग गछर्ौं। अहिले पनि त्यहाँ १५ लाख छ। डाक्टरले त्यो पैसा खर्च गरायो भने आफ्नो फी लिन पाउँदैनन्।
गाउँमा हुर्केको केटो अहिले यो अवस्थामा छ। तपार्इंको आफ्नै मूल्यमान्यता छ। तर, सबै डाक्टर त्यो मूल्यमान्यता बोक्छन्जस्तो लाग्दैन। तपाईंलाई केले प्रेरित गर्छ?
मेरो संघर्ष फरक बाटोबाट भयो। मेरा बाबुआमा शिक्षित हुनुहुन्नथ्यो। सामूहिक र ठूलो परिवार थियो। काठमाडौंमा पढेँ। प्रत्येक चरणमा मैले संघर्ष गरँे। पढाएर खर्च जुटाउँदै पढेँ। मेरो बाबुआमाको उपचार नपाएर मृत्यु भयो। टर्कीमा १२ वर्ष पढ्दा पनि निकै संघर्ष गर्नुपर्योा। मलाई थाम्ने र तलबाट माथि धकल्ने मान्छे थिएनन्। म जहाँ भए पनि काम नगर्दा खाल्डोमै पुग्ने डर हुन्छ। म खाल्डोबाटै आएको हुँ। पेसाकर्मीमा दक्षता हुनैपर्छ। आफ्नो पेसामा अरूभन्दा पनि अब्बल भइयो भने बल्ल तपार्इंको आवाज सुनिन्छ। अनि बल्ल बाँच्न सकिन्छ। अविश्वसनीय कुरा गर्दै हिँडे माफियाले जेलेको विश्वमा बाँच्न सकिन्न। म बाँचेको मेरो प्यासेन्सले हो। बिरामीलाई दिएको गुण स्तरले हो। मलाई एकदमै नराम्रो व्यवहार गर्ने मान्छेलाई पनि म नराम्रो रूपमा लिन्नँ र उपचारमा फरक गर्दिनँ। तर, हाम्रोमा यो प्रवृत्ति अलि फरक छ। मेरो संस्था सिध्याउन लाग्ने कसैकसैसँग झगडा गरेको छु। तर, पनि व्यक्तिगत रूपमा म तिनीहरूको पक्ष लिन सक्छु। तर, १ सय २१ जना लगानीकर्ताको भविष्यसँग गाँसिएको यो संस्था बचाउन म बोल्नैपर्छ। नमीठो भए पनि म सत्य भन्छु। प्रत्येक दिन मैले पनि मर्नुपर्छ भन्ने ठान्छु। सामान्य मान्छेभन्दा कोही पनि महŒवपूर्ण हुन सक्दैन। अर्कोतिर मेरो अर्को एउटा मान्यता छ, म जुन संस्थामा लाग्छु पूर्ण रूपमा त्यही हुन्छु। यो मेरो प्रतिबद्धता हो। मेहनत गरेर अगाडि बढ्न र जोखिम मोल्न मन पराउँछु। तर, मूल्यमान्यता बिर्सन्नँ।
ग्रान्डी एउटा मात्रै राम्रो संस्थाबाट नेपालको स्वास्थ्य पद्धति परिवर्तन होला र?
अस्पतालमा लगानी गरेर मात्रै हुन्न। विश्वास जित्न समय लाग्छ। अहिले मेरा कतिपय डाक्टर साथीहरू नेपालमा राम्रो पद्दति छैन भन्छन्। उनीहरूलाई आफैंप्रति विश्वास नभएको हो। हामी गर्न सक्छौं भन्ने भिजन देखेर त्यसलाई व्यवहारमा उतार्न लाग्नुपर्छ। हामी खालि विदेश–विदेश भन्छौं। सबै बिरामी रिफर गरेर विदेशमै पठाइदिऊँ। विदेशमा भएको उपचार रामै्र छ भन्ने तथ्यांक छ त? ग्रान्डी मात्र राम्रो भएर नेपालको हेल्थकेयर राम्रो हुन सक्दैन। तर, राम्रो बनाउने वातावरण बन्न सक्छ। यो सुरुआत हो। यसले सरकार र अन्य अस्पतालको पद्धतिलाई सहयोग गर्न सक्छ।
प्रकाशित: १३ श्रावण २०७२ ००:३१ बुधबार





