महाधिवेशनको संघारमा छ एमाले। अध्यक्षको आकांक्षी दुई जना छन्। लामो समय नेतृत्व गर्नुभएको माधवकुमार नेपाललाई प्रतिस्पर्धामा आउन आवश्यक किन पर्योा?
यो सिङ्गो पार्टीले अनुभव गरेको आवश्यकता हो। पहिला नेता भएर चलाउनुभएको अवधि त्यति धेरै लामो छैन। पाँचौ महाधिवेशनबाट मदन भण्डारी महासचिव र अध्यक्ष मनमोहन अधिकारी हुनुहुन्थ्यो। भण्डारीको देहवसानपछि नेपाल महासचिव हुनुभयो तर पहिलो नभई दोस्रो व्यक्तिका रूपमा। त्यस समयमा पार्टीको अध्यक्ष नेपाल होइन। अधिकारीको देहाबसानपछि पार्टीले अध्यक्षको पद खाली राख्यो। पछि मात्रै हामी महासचिवीय प्रणालीमा गएका हौं। सातौ महाधिवेशनपछि गठन भएको केन्द्रीय कमिटीले नेपाललाई महासचिव चुन्यो। सातौँदेखि आठौँबीचको जुन कार्यकाल हो, त्योचाहि नेपाल फस्टम्यान बन्नुभयो। आठौं महाधिवेशनअघि नै राजीनामा गर्नुभयो। नेपाल पाँचौदेखि छैटौँसम्म पनि सेकेन्डम्यान हो। छैटौँदेखि सातौँबीचमा उहाँ फस्टम्यान हो। सातौँदेखि आठौँको बीच गरी सात आठ वर्ष नेपालले फस्टम्यान भएर चलाउनुभएको हो। १५ वर्ष चलाएको भनेको तर्कसंगत देख्दिनँ। आठ वर्ष पार्टी चलाएको अनुभवका आधारमा र पार्टीले उच्चतम उपलब्धि पनि त्यही समयमा हासिल गरेको हो।
२०५१ सालमा निर्वाचनमा पार्टी ठूलो दल बन्यो र जनआन्दोलनको समयमा पनि नेपालले पार्टीलाई नेतृत्व गर्नुभयो। पहिलो संविधान सभाको निर्वाचनमा पार्टीले खाएको हार नेतृत्वको कारण थिएन। त्यस समयमा हाम्रो मात्रै हार भएको थिएन। कांग्रेसलगायत सबै पार्टीको हार र दुर्गति भएको थियो। माओवादी विशिष्ठ परिस्थितिमा एउटा हतियारबन्ध पार्टी चुनावमा आएको छ। यसले केही गरिहाल्छ कि भन्ने आशा र भोट नदिए भने फेरि जंगल जालान् भन्ने उनीहरुले जनतामा उत्पन्न गरेको त्रासको कारण माओवादीलाई त्यस समयमा भोट गएको थियो। एमाले कमजोर र अलोकप्रिय भएर गएको होइन। माओवादीका आश र त्रासको कारणले भोट गए पनि त्यसको पनि जिम्मेवारी लिएर नेपालले पद छाड्नुभयो। देशभरका धेरै नेता र कार्यकर्ताको आग्रहले पार्टीभित्र नेतृत्वका जुन प्रकारको संकट देखापरेको छ त्यसमा सबै पक्षलाई मिलाएर नयाँ पुस्तामा हस्तान्तरण गर्न ब्रिजको आवश्यकता पर्योद। त्यसलाई पूरा गर्न सक्ने मानिस माधव नेपाल नै भएकाले उहाँको आवश्यकता परेको हो।
माधव नेपालले १५ वर्ष नेतृत्व गर्दा अझै गर्न बाँकी के रह्यो? नेपालबाट नयाँ कुराको अपेक्षा के गर्ने?
पार्टीमा जब जब संकट र अप्ठेरा देखा परे, त्यसबेला पार्टीलाई निर्णायकरूपमा अघि बढाउने काम माधव नेपालले गर्नुभयो। छैटौँ महाधिवेशनदेखि केन्द्रीय कमिटीमा आएको हँु। साताँै, आठौँंमा नेपालको नजिकमा रहेर सचिवालय र केन्द्रीय सचिवालयमा रहेर काम गर्ने अवसर प्राप्त भयो। विभिन्न समयमा पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने भूमिका नेपालकै रह्यो। नेपाल महासचिव भएको समयमा पार्टी सबैभन्दा ठूलो दल भयो। राजाको माघ १९ को घटनापछि जब पार्टीमा संकट आयो। उहाँलाई गिरफ्तार गरेर लगिएको थियो। नेपालले त्यस समयमा आत्तिनुपर्दैन, आन्दोलनको सुनामी आउँछ भन्नुभएको थियो। नभन्दै २०६२–०६३ को आन्दोलनमा वास्तवमा सुनामी आयो। त्यसपछि पार्टीभित्र ठूलो वैचारिक बहस सुरु भयो। दलहरुले संवैधानिक राजतन्त्र मान्दामान्दै पनि पटकपटक राजा निरंकुश हुन खोजे। माघ १९ पछि अब संसदीय प्रजातन्त्रको नाराले जनता आन्दोलनमा आउँदैनन्, राजाको ताल खाएका जनता अब गणतन्त्रको पक्षमा छन्। त्यसको नेतृत्व एमालेले गर्नुपर्छ भनेर हामीले भनेका थियौं। हामीले यो कुरा गर्दा माओवादी राजालाई खुसी पारेर सरकारमा आउने कोसिसमा थिए। एमाले र कांग्रेसको विरुद्ध राजा माओवादीलाई प्रयोग गर्दै थिए।
यसरी माओवादी र राजाबीच अस्वस्थ गठबन्धन भएको बेलामा हामीले गणतन्त्रमा जानुपर्छ भन्यौँ। त्यो प्रस्तावको पक्षमा अहिले नेतृत्व दाबी गर्ने धेरै कमरेड हुनुहुन्थेन। त्यसबेला प्रमुखरूपमा त्यो प्रस्ताव अघि सार्ने म नै हुँ। केन्द्रीय कमिटीको बैठकअघि हामी केही केन्द्रीय सदस्यले माधव नेपाललाई भेटर जनताको भावानाअनुसार गणतन्त्रमा जानुपर्छ भन्यौं। यो नारा दिने हिम्मत एमालेले गर्नुपर्छ र त्यसमा बाध्य भएर नेपाली कांग्रेस पनि आउँछ भन्ने विश्लेषण राख्यौँ। यो कुराको समर्थन गर्छु भन्नुभयो।
पार्टीभित्र मतभिन्नता हुन्छ, अल्पमत/बहुमत हुन्छ। म सिपीजीको पक्षमा लाग्दा लामो समय पेलाइ परेको तर बहुमतमा पनि बसेर काम गरेँ। एमालेलाई त्यस्तो नेता चाहिन्छ जो फरक विचार, आफ्नै आलोचना, खण्डनलाई पनि धैर्यपूर्वक सुन्न सक्छ। आफ्ना विरोधीलाई पनि समेटर अघि बढ्न सक्छ। त्यस्तो नेता भएन भने पार्टी चल्न सक्दैन। आफ्नो आलोचना सुन्नै नसक्ने, विरोध गर्नेलाई पानीखेदो गर्ने, पातालमा पुर्या्उनेखालको नेतृत्व आयो भने त्यसले पार्टी अघि बढाउन सक्दैन।
पहिले नेतृत्व गरिसकेका व्यक्तिको पुनरागमनले नेतृत्व हस्तान्तरणलाई कसरी सार्थक पार्छ?
नेतृत्व पुनरागमन चाहेर भन्दा आवश्यक भएर हुने विषय हो। कसैको चाहनाले पुनरागमन हुँदैन, आवश्यकता हुन्छ। नेपालको विकल्पमा दावी गर्नेहरु केपी ओली, बामदेव गौतम, ईश्वर पोखरेल पनि पार्टीको शीर्ष नेतृत्वमा बसेर काम गरेका व्यक्ति हुन्। उहाँहरुको प्रफर्न्मेन्स पनि देखिएको हो। गौतम तीन पटक उपप्रधान मन्त्री बन्नुभयो। उहाँको उपप्रम हुँदाको प्रफर्न्मेन्स के? के आधारमा उहाँले नेतृत्व दाबी गर्दै हुनुहुन्छ भनेर प्रश्न गर्न पाउने कि नपाउने? ओली, गौतम र पोखरेल पनि शीर्ष नेताहरुकै टोलीमा बसेर काम गर्नुभएको हो। कि उहाँहरुले जे जति गर्योर माधव नेपालले गर्योौ भन्नुहुन्छ भने यसअघि प्राप्त सफलताको सबै क्रेडिट माधव नेपाललाई दिनुपर्योम। एमालेले जे जस्तो सफलता र असफलता प्राप्त गर्योस माधव नेपालको मात्रै सफलता र असफलता होइन, सामुहिक नेतृत्वकै हो, केपी ओली कमरेडले नेतृत्व गर्नै हँुदैन भन्ने पूर्वाग्रही धारणा राख्दिनँ। तर सबै कुरा स्पष्ट हुनुपर्यो ।
एकै प्रकारको इतिहास, योगदान र उमेर समूहका मानिसमा एक जनाले लामो समयसम्म प्रमुख जिम्मेवारी ओगट्ने र अर्कोले केही पनि नपाउने अन्यायपूर्ण अवस्था हुनसक्छ?
उहाँहरुले केही पनि नपाएको होइन। बामदेव कमरेड तीन पटक उपप्रधान मन्त्री बन्नुभयो। केपी कमरेड मात्रै होइन, ईश्वर पोखरेल पनि उपप्रधान मन्त्री बन्नुभयो। पार्टी बलियो हुँदा त्यस्ता अवसरलाई सबैभन्दा बढी उपभोग उहाँहरुले नै गर्नुभएको थियो। पटकपटक मन्त्री उहाँहरु नै हुनुभएको छ। पाएको कुरामा आपत्ति गर्ने कुरा पनि छैन। हाम्रो भन्दा बढी योगदान उहाँहरुको छ त्यसैले उहाँहरुले अवसर पाउने कुरा स्वाभाविक पनि छ।
आठौं महाधिवेशनको समयमा केपी–माधवलाई एक स्थानमा ल्याउन भूमिका खेल्नेमध्ये म पनि हुँ। आठौं महाधिवेशनको जस्तो अवस्थामा केपी कमरेड हुनुहुन्थ्यो भने उहाँ आफँैले पार्टी नेतृत्व गर्ने अवस्था हुन्थ्यो भने त्यो सोच्नै नसकिने विषय पनि हुँदैनथ्यो। कतिपय जस्तो केपी कमरेड बन्नै हुँदैन भन्ने मान्यतामा पुगेको मानिस पनि होइन। आठौँमा उहाँलाई बनाउन इमानदारितापूर्वक लागेको हुँ तर नवौं महाधिवेशनसम्म पुग्दा उहाँ जस्तो अवस्थामा पुग्नुभएको छ। अब उहाँले चलाउने होइन केपी कमरेडले चार वर्ष चलाउने हो एउटा अन्डरस्ट्यान्डिङ पुगौँ भनेर माधव कमरेडसँग कुरा गर्न सकिन्थ्यो। चलाउने केपी कमरेडले होइन। उहाँलाई कुनै कार्यक्रममा जाँदा पनि कीटनाशक औषधी छर्नुपर्छ भनेर सञ्चार माध्यमले छापिराखेका छन्। उहाँले जतिसुकै भने दिल्लीबाट फर्केर बामदेव कमरेडले मस्यौदा समितिमा अब केपी कमरेडले सक्रिय राजनीतिक जीवन बिताउनु हुन्न भनेर डक्टरले भनेका छ भनेर भन्नुभएको छ। यो जानकारी गराउने मानिस अरु कोही होइन स्वयं बामदेव कमरेड हो। शरीरले नसक्ने भएपछि सक्रिय जीवन बिताउन नसक्ने भएपछि मानिसले भएको पद पनि छाड्छ।
पार्टी सञ्चालन विचारको नेतृत्वमा हुने हो। स्वास्थ्यको विषय कसरी महाधिवेशनको मुद्दा हुनसक्छ?
पार्टीको नेतृत्व क्रियाशील व्यक्तिले गर्ने हो। जसलाई शरीरको अवस्थाले क्रियाशील हुँनै दिँदैन भने मानवीय दृष्टिकोणले पनि नगर्दा उचित हुन्छ। हामीले कुनै ईश्वरीय नेतृत्व चाहेको होइन भौतिक नेतृत्व चाहेको हो। त्यसले प्रत्यक्ष नेतत्व र जीवन्त नेतृत्व खोज्छ। दैनन्दिन व्यवहार, पार्टीले सामना गरिरहेको समस्याको नेतृत्व खोज्छ। पार्टीले अबलम्बन गर्ने कार्यमा, दिनदिनै पार्टी कार्यालयमा उपस्थिति भएर पार्टी चलाउनुपर्ने हुन्छ। यो सम्भव छ कि छैन? केपी कमरेडलाई नेता बनाउँदा यो सम्भव छ? आन्दोलन, शासन सञ्चालन, वार्ताको कुरा होस् केपी कमरेडले प्रत्यक्ष उपस्थिति भएर नेतृत्व दिन सक्नुहुन्छ? भने पनि नभने पनि सबैलाई थाहा छ – केपी कमरेडबाट यो कुरा गाह्रो छ स्वास्थ्यको कारणले। जो साथीहरु नेतृत्व लिनका लागि उहाँलाई घचेटिराख्नुभएको छ। मानवीय दृष्टिकोणले पनि उचित गरिहरनुभएको छैन।
महाधिवेशन आउन तीन साता मात्रै बाँकी छ। विस्तारै टिम बन्न थालेका छन्। सर्वसम्मत नेतृत्वको सम्भावना छ कि छैन?
त्यस्तो सम्भावना देख्दिनँ।
पूर्णरूपमा समाप्त भएकै हो?
राजनीति भनेका सम्भावनाको खेल हो। माधव नेपालको पक्षमा कुन प्रकारको स्ट्रेन्थ देखिँदै गयो, त्यो स्ट्रेन्थलाई हेर्दा माधव नेपालको पक्षमा सहमति भयो भने राम्रै भयो। त्यस्तो नहुँदा स्वस्थ्य र मर्यादित प्रतिस्पर्धाका लागि तयार हुनुपर्छ।
बुटवलमा पनि प्यानल बनाएर प्रतिस्पर्धा भएको थियो। त्यसले लामो समयसम्म पार्टीभित्र समस्या सिर्जना गर्यो्। त्यसैले असार २५ गतेको अवस्थामा बुटवलका महाधिवेशनपछिको अवस्था जस्तै हुन्छ कि फरक?
अहिले नै भन्न सकिँदैन। महाधिवेशनले कस्तो फैसला गर्छ र नेतृत्व दिन्छ त्यसमा भर पर्छ। नेताहरुको आ–आफ्नो दाबी होला, उमेदवारहरुको आ–आफ्नो दावी होला। तर ती सबै दाबीलाई न्याय दिने काम महाधिवेशन प्रतिनिधिको हो। खुला मन र दिमागले कुनै प्रकारको दबाबमा नपरिकन आफ्नो विवेक पुर्या उनुभयो भने त्यसले राम्रो परिणाम दिन्छ। माधव नेपालको पक्षमा लागेका छन्, तिनीहरुमात्रै चोखा र योग्य छन् भन्ने होइन। केपी कमरेडको पक्षमा लागेका पनि निकै राम्रा र योग्य साथी हुनुहुन्छ। हामी सबै एकै स्थानमा उभिन सकेनौं, दुर्भाग्यपूर्ण हो। पार्टीको र विगतको नेतृत्वको कमीकमजोरी हो यो। नेतृत्व निर्माण र हस्तान्तरणको विषयलाई कम्युनिष्ट आन्दोलनमा कहिले पनि केन्द्रमा राखेर अघि बढेको देखिएन। संसारको कम्युनिष्ट आन्दोलनको कमजोर पक्ष हो यो पनि। चिनियाँ कम्युनिष्ट पार्टीले केही व्यवस्थित गर्न खोजेको देखिन्छ। संसारका कम्युनिष्टले यो विषयमा ध्यान पुर्याुएको देखिँदैन। नेतृत्व विवादको कारणले संसारका धेरै कम्युनिष्ट पार्टी फुटेको देखेका छौं। नेपालमा त्यो धेरै पटक भएको छ र एमाले पनि भएको छ। विगतमा भएका त्यस्ता तीता घटना नदोहोरिऊन् भन्न महाधिवेशनका प्रतिनिधिहरुले विवेकसम्मत निर्णय गर्नुपर्छ।
जुनरूपमा गुटबन्दी र ध्रुवीकरण भएको छ। त्यसले एउटा पक्ष पुरै बडारिने सम्भावना देख्नुहुन्न?
त्यस्तो अवस्थामा पनि आउन सक्छ। त्यस्तो अवस्था आयो भने त्यसमा कस्तो समाधान खोज्ने भनेर प्रतिनिधि र नेताहरुले ध्यान पुर्याअउनुपर्छ। त्यस्तो विषयलाई ठीक ढंगले समाधान गर्न सकेनौं भने त्यसले जटिलता बढ्छ। छैटौँ महाधिवेशनबाट विभाजनमा हामी किन पुग्यौँ भने एउटा पक्षले निर्वाचन कार्यक्रममा भागै लिएन अर्को पक्षले निर्वाचनमा भाग लिएर आफूलाई विजयी घोषणा गर्योन। निर्वाचनमा भागै नलिने पक्षलाई समेट्ने काममा विवाद भए। अन्ततः त्यो पार्टी विभाजनमा पुग्यो। विगतका यी सबै घटनाबाट पाठ सिक्नुपर्छ।
प्रकाशित: २९ जेष्ठ २०७१ २२:१२ बिहीबार





