१ वैशाख २०७८ बुधबार
अन्तर्वार्ता

गीतमार्फत समाजलाई प्रश्न गर्ने हो

नेपाली सांगीतिक क्षेत्रमा चिरपरिचित नाम हो– इन्दिरा जोशी। फरक पहिचान बनाउन सफल उनले देश–विदेशका कैयौं स्थानमा आफ्ना सिर्जना र कला प्रस्तुत गरिसकेकी छिन्। झण्डै डेढ दशकदेखि गीत–संगीतमा क्रियाशील गायिका जोशीको ‘चौबन्दी चोली अनि रातो घाँगरा’, ‘उध्रेको चोली’, ‘मोटरसाइकलमा’ ठूली’ लगायत दर्जनौं हिट गीत गाइसकेकी छिन।  

चर्चित रियालिटी सो 'नेपाल आइडल ' की निर्णायक समेत रहेकी जोशीले भर्खरै ‘बेग हानी गको बोलको गीत सार्वजनिक गरेकी छिन्। गीतको भिडियोमा इन्दिरा र कर्माको अभिनय छ। अन्र्तजातीय प्रेम कथामा आधारित भिडियोमा गाउँले परिवेशलाई देखाइएको छ। गीतले माला र कुमारको प्रेम कथा भन्छ । उनै गायिका जोशीसँग नेपाली गीत–संगीतको विगत, वर्तमान र भविष्यका विषयमा केन्द्रित रहेर नागरिककर्मी पवन बराइलीले गरेको कुराकानी :

भर्खरै सार्वजनिक ‘बेग हानी गको' गीतको कस्तो प्रतिक्रिया आइरहेको छ ?  

मलै आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक रिलिज गरेको छु । गीत सार्वजनिक हुनुभन्दा अघि निकै डर लागिरहेको थियो। अहिलेको प्रतिस्पर्धात्मक बजारमा दर्शकले मन पराउनुहुन्छ कि हुँदैन भन्ने डर थियो। श्रीकृष्ण बम मल्लको शब्द र संगीतमा एउटा सामाजिक विषयमाथि बनेको गीत हो। भिडियोमा कर्माजी र मेरो अभिनय छ । गीतले सामाजिक तथा कलात्मक कुरालाई प्रस्तुत गरेको छ। सोचेभन्दा धेरै माया पाइरहेको छु। 

गीतले  दिन खोजेको सन्देश चाहि के हो ?

हाम्रो समाजमा सानो जात भनिएकोसँग प्रेम गर्यो भने विवाह गर्न दिँइदैन। प्रेम गरेकै कारण जर्बजस्त केटाकेटीलाई अलग पारिन्छ र अर्कैसँग विवाह गरिन्छ। अझ सानो भनिएको केटालाई कुटपिट समेत गरिन्छ। समाजले अझै आफ्नोभन्दा फर जातसँग विवाह गर्न हुँदैन भन्छ। समाजले जिन्दगीभर छुट्याउँछ  विवाह हुन दिदैन। भागेर विवाह गरेको छ भने पनि कुटपिट गरेर छुट्याइन्छ। त्यस्तै गीतमा पनि माला र कुमारको प्रेमकथा हो। आफ्ना प्रेमी कुमार फर्किएर आउला कि नआउला भन्ने गीतको भावले बोल्छ। कुमारले मालालाई भेट्न आउँछु भनेको हुन्छ। आमासँगै चौतारी आउनु भनेको हुन्छ। कुमार मालालाई भेट्न आउन सक्दैन। तर आउनु अघि भुइँमा लडि सकेको हुन्छ। कुरा जातीय विभेद नै हो। हाम्रो समाजले अझै पनि बुझेको छैन्। गीतले समाजलाई झकझक्याउने काम गरेको छ।

पहिले कम्पनीसँग जसको पहुँच पुग्थ्यो उसलाई फाइदा हुन्थ्यो। कम्पनीसँक नजिककाहरुको बजार बढि थियो। उसैलाई फाइदा हुन्थ्यो।आफूसँग प्रतिभा भए पनि गुमनाम हुनु पर्ने बाध्यता थियो। अहिले प्रविधिले साथ दिएको छ। आफ्नो ‘प्लेटफर्म’ क्रेट गर्न सकिने अवस्था आएको छ।  

तपाईको अधिकाशं  रोमान्टिक गीतहरू मात्रै छन्। ‘चौबन्दी चोली अनि रातो घागरा’, ‘उध्रेको चोली’ जस्ता गीत गाउनु भएको छ। अहिले ‘इस्यु’  केन्द्रित गीत  गाउनु संयोग मात्रै हो ?  

अभै पनि हाम्रो समाजमा जातीय छुवाछुत, दाइजो प्रथा विषयहरु व्यप्त छन्। गीतलाई लोक लयको गीत पनि भन्न मिल्छ। मैले गाएको अन्य गीतभन्दा फरक छ। मलाई कसैले यस्तो गीत गाउन बोलाउनु हुन्न थियो। यस्तो किसिमको गीत गर्न मन लागेरै गरेको हो। एकदमै राम्रो प्रतिक्रयाहरु आइरहेका छन्। यो मेरो ड्रिम प्रजेक्टभन्दा पनि फरक पर्दैन। यो ‘इस्यु’मा रहेर गीत गाएको हो। म आफै पनि तराई भेगको भएकोले यस्ता प्रथाहरू धेरै देखेकी छु गीत भनेको शृंगारको प्रयोग पनि हो। गीत भनेको बारम्बार सुनिरहन मन लाग्छ। यस्ता गीतहरु मैले गाएकी थिइन। यस्तो गीत गर्न मन नलागेको भने होइन। कुनै समय यस्तो गीत गर्छु भन्ने नै थियो। यो गीतलाई पनि ‘वियोगान्त’ मात्रै होइन ‘संयोगान्त’ नै बनाउनु पर्छ भन्ने लाग्यो। यसर्थ पनि ‘संयोगान्त’ बनाएको हो।  

तपाईको व्यक्तिगत जीवनमा पनि यस्ता घटना घटेका छन् ?  

म सानैदेखि यस्तो विषयहरूमा ‘फाइट’ गर्थेँ। मलाई चित्त नबुझेको कुरालाई सिधै प्रतिकार गर्थेँ। मलाई मन पर्ने केटासँग विवाह गर्न नदिने हिम्मत कस्को होला र… (हाहाहा)

तर मैले नभोगे पनि धेरैले अन्तरजातीय प्रेम गरेकै कारण मृत्यु वरण गर्नु परेको छ। प्रेम गरेको गर्दा अपराध गरे जस्तो भएको छ।  त्यहि भएर पनि मैले यो प्रश्न उठाएको हो।  

तपाईको विचारमा प्रेम के हो त ?  

आफूले मन पराएको मान्छेसँग प्रेम गर्न पाउनुपर्छ। त्यो उसको अधिकार हो। कसैले बन्देज गर्न पाउँदैन। प्रेम गर्नको लागि कुनै जात, रंग, धर्म जस्ता कुरा जोडिनु हुँदैन। प्रेममा स्वतन्त्रता हुनुपर्छ। मन परेको मान्छेसँग बोल्न हिँड्न विवाह गर्न पाउनुपर्छ। आफूले मन पराएको मान्छेसँग विवाह गर्न पाउने उसको आधिकार हुनु पर्छ। अझै हाम्रो समाज अन्धकारमा छ। त्यसकारण गीत मार्फत समाजलाई प्रश्न गर्ने कोशिस गरिएको हो।  

अहिले एउटा गीत बजारमा ल्याउन कतिको चुनौती छ ?  

कलाकारलाई आफ्नो गीत बाहिर ल्याउँदा चुनौती त हुन्छ नै। मुख्य कुरा त आर्थिक पाटो पनि जोडिएको हुन्छ। कलाकारको सबैको आम्दानीको स्रोत पनि यहि हो। एउटा गीत तयार गर्न मेरो मात्रै मिहेनत हुँदैन सम्पूर्ण टिम लागि परेको हुन्छ।  सबैलाई आफ्नो कामबाट लगानी उठिदिए हुन्थ्यो भन्ने लोभ हुन्छ। आर्थिक रुपमा पनि सफल भयो भने अर्को काम गर्न उत्साह जोस् आउँछ। त्यसैले आर्थिक रुपमा सफल हुन्छ कि हुँदैन भन्ने डर चाँहि हुन्छ।  

 सामाजिक विषयवस्तुलाई कमै मात्रमा गीत बनेका छन् ।  यस्तो विषयलाई अन्त्य गर्नको लागि कलाकारको कस्तो भूमिका हुनुपर्छ ?

मैले जातपातकै अधारमा विवाह गर्न नदिएको घटनाहरू देखेकी छु। अझै पनि प्रेम गरेकहरूलाई पनि विवाह गर्न दिँदैन हाम्रो समाजले। सानो जात भनिएकोसँग प्रेम गरेको परिवारले थाहा पायो भने अर्कैसँग विवाह गरिदिन्छ। आज हामी २१ औं शताब्दीमा जातपातको कुरा गरिहेका छौं।  

यस्तो प्रकारको गीत मलाई गर्न मन लागेरै गरेको हो। यथार्थ फरक गीत गर्नु सपना पनि थियो। मलाई उठाउन मन लागेको ‘इस्यु’ पनि हो। मलाई यस्तो खालको गीत गाउन कसैले बोलाउनु पनि हुँदैन। मेरो आफ्नै खालको शैली छ।  यो गीत रिलिज गरेपछि निकै राम्रो सकारात्मक प्रतिक्रियाहरु आइरहेको छ। हामीले ठूलै क्रान्ति गर्नु पर्छ भन्दिन । तर हामी कलाकारले पनि यस्ता गीतमार्फत समाजलाई प्रश्न गर्नु आवश्यक छ। त्यसकरण यस्तो गीत गरिएको हो । अहिले गीतको प्रतिक्रियाले आनन्द आइरहेको छ।  

म सानैदेखि यस्तो विषयहरूमा ‘फाइट’ गर्थेँ। मलाई चित्त नबुझेको कुरालाई सिधै प्रतिकार गर्थेँ। मलाई मन पर्ने केटासँग विवाह गर्न नदिने हिम्मत कस्को होला र… 

 

अहिले नेपाली गीत संगीतमा प्रविधिको विकासँगै विकृति पनि भित्रियो भनिन्छ नि?  

पहिले कम्पनीसँग जसको पहुँच पुग्थ्यो उसलाई फाइदा हुन्थ्यो। कम्पनीसँक नजिककाहरुको बजार बढि थियो। उसैलाई फाइदा हुन्थ्यो।आफूसँग प्रतिभा भए पनि गुमनाम हुनु पर्ने बाध्यता थियो। अहिले प्रविधिले साथ दिएको छ। आफ्नो ‘प्लेटफर्म’ क्रेट गर्न सकिने अवस्था आएको छ।  

केहि हदसम्म बेफाइदा त गरेको होला तर फाइदा पनि छ। प्रविधिले सजिलो बनाइदिएको छ। त्यसैले मनलाग्दी ‘कन्टेन्ट’ पनि आउने भयो। तर यसको मिहेनत पनि चाहिन्छ।  

भने पछि गीत राम्रो हुन ‘कन्टेन्ट’ पनि महत्वपूर्ण छ ?  

‘कन्टेन्ट’ राम्रो छ, भने ढिलो/छिटो गीत मन पर्छ। अबको भविष्य भनेको ‘कन्टेन्ट’ नै हो।  

अहिले युट्युबमा ट्रेन्डिङमामा पर्ने, अझ टिकटक बनायो भने गीत चल्यो भनिन्छ। साँच्चै गीत चले नचलेको मापन युट्युबको ट्रेन्डिङले गर्ने हो?  

यसलाई दुईवटा पाटोबाट हेरिनु पर्छ जस्तो लाग्छ। ‘बेग हानी गाको’ गीतको सकरात्मक प्रतिक्रियाहरू आइरहेका छन्। गीतलाई धेरैले माया गरिदिनुभएको छ। गीतको शब्दले छुनु नै सफल भएको होला जस्तो लाग्छ मलाई। आर्थिक रूपमा पनि सफल हुन आवश्यक छ। आर्थिक रुपमा नि सफल हुनु पर्यो। त्यो गीतले सफल हुनु पर्यो। छुनु पर्यो। जीवन पनि चलाउनु पर्यो। त्यसैले मन पनि पराउनु पर्यो र आर्थिक रूपमा पनि सफल हुनुपर्यो ।

कुनै समय थियो, क्यासेट गीत निकालेर पनि आम्दानी गरिन्थ्यो। तर अहिले समय फेरिएको छ। क्यासेट, सिडीको युग अन्त्य भएको छ। पहिले र अहिलेको तुलना कसरी गर्नुहुन्छ?  

परिवर्तन धेरै भएको छ । अहिले डिजिटल युगमा प्रवेश भयो।  सबै कलाकारहरु स्वतन्त्र भएका छन्। आफ्नो गीत आफैले आफ्नो प्लेटमर्फममा हाल्न सक्छन्। समाजिक सञ्जालबाट आफ्नो प्रचार गर्न सक्ने सुविधि पनि छ। आफ्नो गीत आफै राख्ने सुविधा पनि छ। जोसँग ‘डिजिटल्ली’ विज्ञापन गर्न सक्ने क्षमता छ, उसले धेरै ‘स्पेस कभर’ गर्न सक्ने भयो। तर प्रतिस्प्रर्धा उस्तै छ। तपाईले आफ्नो काममा ‘वेस्ट’ दिने हो। अहिले कलाकारहरू ‘इन्डिपेन्ट’ भएका छन्। 

गीत गाएर बाच्न सकिने रहेछ है ?  

गीत गाएर बाँच्न मज्जाले सकिन्छ। नेपालको ‘कन्टेक्स’ मा कुरा गर्दा एउटा ‘कन्सर्ट’ गरेपछि ६ महिना घुमेर खान  सम्भव छैन्। हामीले फुट्करमा काम गर्नुपर्छ। सबै काम गर्नुपर्छ। अहिले युट्युबबाट पनि राम्रो कमाई हुन्छ। राम्रो ‘कन्टेन्ट’ छ भने आम्दानी राम्रै हुन्छ । अझ ‘सिस्टम’ राम्रो भैदिएको भए राम्रो हुन्छ। गीतसंगीबारे  राज्यलाईथाहा नै छैन् सांगीतिक उद्योग भन्ने कुरा। गीतसंगीत भनेको तपाई दैनिक प्रयोग गर्ने चीज जस्तै हो । सबैलाई मनोरञ्जन चाहिन्छ। गीत सुन्न मन पराउँछन्।  विस्तारै राम्रो हुँदै जाला।आशा गरौं । 

प्रकाशित: १ माघ २०७७ १२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?