८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

साँढे १५ हजार स्वास्थ्य जनशक्ति उत्पादन गरेका छौँ

प्रा.डा. राजेन्द्र कोजू काठमाडौँ विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजका डिन हुन्। उनीसँग यो विश्वविद्यालय तथा उनी डिन रहेका निकायले मुलुकको स्वास्थ्य क्षेत्रमा पु-याएको योगदानबारे नागरिककर्मी मधुसुधन गुरागाईँले गरेका संक्षिप्त कुराकानी:

काठमाडौंँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज कति वर्षको भयो ?
यो सन् १९९४ मा स्थापना भएको हो। अहिले यो स्कुल २५ औंँ वर्षमा छ र स्वास्थ्य विज्ञानका विभिन्न विधामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ।

यो स्कुलले कुन–कुन विषयमा स्वास्थ्य जनशक्ति उत्पादन गर्दै आएको छ?
मुलुकलाई आवश्यक पर्ने स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौंँ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेजको स्थापना भएको हो। यस स्कुलअन्तर्गत हाम्रो आफ्नै र सम्बन्धन प्रदत्त मेडिकल कलेजहरूले मेडिकल चिकित्सक, दन्त चिकित्सक, विशेषज्ञ चिकित्सक, नर्सिङ र फिजियोथेरापी विधामा मुलुकलाई आवश्यक पर्ने स्वास्थ्य जनशक्तिहरू उत्पादन गरिरहेको छ।
 
यो स्कुलले स्वास्थ्य क्षेत्रमा के योगदान गरेको छ ?
हालसम्म विशेषज्ञ चिकित्सिक १ हजार ९७१, मेडिकल चिकित्सक ११ हजार १४९ जना उत्पादन गरेका छौं। यस्तै दन्त चिकित्सक ६५६, नर्सिङ १ हजार ५२९, ब्याचलर अफ फिजियोथेरापी ९० गरी १५ हजार ३९५ जना स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गरेका छौंँ। यिनै जनशक्तिले मुलुकको विभिन्न क्षेत्रमा रहेर स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेका छन्।

काविको आफ्नै मेडिकल कलेज (धुलिखेल अस्पताल) ले चाहिँ के गरिरहेको छ नि ?
धुलिखेल अस्पतालले मुलुकका दुर्गम भेगका विभिन्न २३ वटा ‘आउटरिच सेन्टर’ बाट स्वास्थ्य सेवा, सामुदायिक कार्यक्रमहरूदेखि चौबीसै घण्टा आकस्मिक सेवा प्रदान गर्दै आइरहेको छ। धुलिखेल अस्पतालले भने विशेषज्ञ अस्पतालका रूपमा सेवा प्रदान गरिरहेको छ। यहाँ उपलब्ध सेवामध्ये इआरसिपी, स्पाइनल सर्जरी, ल्यापरास्कोपिक सर्जरी, धुलिखेल इमर्जेन्सी मेडिकल सर्भिसेज (डेम्स), विपद् पूर्वतयारी र उपचार सेवाका साथै स्वास्थ्य क्षेत्रका विशेषज्ञ सेवाहरू मुलुकमै कहलिएको छ।

स्वास्थ्य सेवाका विभिन्न विधालाई आवश्यक पर्ने तालिम, अनुसन्धान र कार्यशालाहरूबाट यहाँ कार्यरत र मुलुकका अन्य अस्पतालमा कार्यरत जनशक्तिको क्षमता अभिवृिद्ध गर्दै आएका छौँ। सरकारले अघि सारेको स्वास्थ्य बिमा कार्यक्रमअनुसार उपचार सेवा दिइरहेका छौँं। समग्रमा हामीले हरेक वर्गको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच हुनेगरी सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका छौँं।

काविबाट सम्बन्धन प्रदत्त मेडिकल कलेजहरूको योगदानचाहिँ के छ त ?
हामीले सम्बन्धन दिएका ९ वटा र बिस्तारित कार्यक्रमका २ गरी ११ वटा मेडिकल कलेजले पश्चिमको कोहलपुरदेखि पूर्वको विराटनगरसम्मका लाखौँं जनसंख्यालाई बर्सेनि स्वास्थ्य सेवा पु-याइरहेको छ। जस्तै– कोहलपुरमा पश्चिम पहाडी र तराईका जिल्लाबाट आउने बिरामीका जटिल प्रकारका स्वास्थ्य समस्यालाई त्यहीँको नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालका विशेषज्ञहरूबाट सेवा दिइरहेको अवस्था छ।

लुम्बिनी मेडिकल कलेजले पश्चिमी पहाडी क्षेत्रमा रहेका दुर्गम भेगका बिरामीलाई स्वास्थ्य सेवा दिइरहेको छ। पूर्वमा नोबेल मेडिकल कलेजले मुटु रोग, न्युरो सर्जरीलगायत जटिल रोगहरूको उपचारमा विशेष सेवा पु¥याइरहेको छ। यी त केही उदाहरण भए। हामीले सम्बन्धन दिएका सबै मेडिकल कलेजले क्षमताअनुसार दिँदै आएका हरेक स्वास्थ्य सेवा उत्कृष्ट रहँदै आएका छन्।

अन्त्यमा, मुलुकका लागि कावि स्कुल अफ मेडिकल साइन्सेजको खास योगदानचाहिँ के हो त ?
मुलुकलाई आवश्यक पर्ने स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादनमा हाम्रो योगदान छँदैछ। यसबाट मुलुकभरमा रहेका अस्पताल तथा स्वास्थ्य सेवा प्रदायक संस्थाहरूका लागि दक्ष जनशक्ति सहजै उपलब्ध हुन सकेको र स्वदेशमै रोजगारी दिन सकिएको छ।

प्रकाशित: ६ मंसिर २०७६ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App