दुई वर्षअघि टाउको जोडिएको बच्चाको सफल शल्यक्रिया गरिएको छ। जागा र कालिया दुईमध्ये जागा नाम गरेका उक्त बालकले आखाँ खोलेको बीबीसीमा उल्लेख गरिएको छ। उनको मृगौलामा देखिएको समस्याका कारण दैनिक डायलासिस् गर्नुपर्ने हुन्छ।
क्याटलोनिया क्षेत्रलाई स्वतन्त्र भएको घोषणा गरेको भन्दै स्पेनले क्याटलोनियाको अधिकार कटौति गरेपछि स्पेनी एकताको पक्षमा बार्सिलोनामा भएको विशाल र्यालीमा हजारौंले सहभागिता जनाएका छन्।
संयुक्त राष्ट्रसंघ मानवीय सहायता प्रमुखले यमनमा द्वन्द्वका कारण मानवीय सङ्कट भयावह बनेको बताएका छन्। राष्ट्रसंघ मानवीय सहायता प्रमुख मार्क लोककले शनिबार आफ्नो पाँच दिन लामो भ्रमणपछि यमनी द्वन्द्वले उक्त मुलुकमा पारेको प्रभावबारे बोल्दै भने, 'अरब मुलक यमनमा जतिसक्दो छिट्टै राजनैतिक प्रक्रियामार्फत द्वन्द्वको अन्त्य गर्नुपर्छ।'
थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको बिहीबार भब्य समारोहका साथ अन्येष्टि गरिएको छ। २०१६ अक्टोबर १३ मा मृत्यु भएका उनको एक वर्षपछि अन्त्येष्टि गरिएको हो।
केन्यामा राष्ट्रपति चयनका लागि पुनः हुन लागेको चुनावलाई मध्यनजर गर्दै सैनिक व्यवस्था कडा बनाइएको छ। गत अगस्ट ८ मा भएको राष्ट्रपतिको निर्वाचन असंवैधानिक भएको भन्दै चुनावको नतिजा बदर भएको घोषणा केन्याको अदालतले गरेको थियो। उक्त नतिजा बदर भएको घोषणा गर्दै अक्टोबर भित्र पुन राष्ट्रपतिको निर्वाचन गराउने फैसला अदालतले गरेको थियो।
विश्व प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले खुशीपूर्ण जीवनयापनसम्बन्धी सुझावसहित लेखेको टिपोट १५ लाख ६० हजार डलरमा लिलाममार्फत् बिक्री भएको छ।
इजरायलको राजधानी जेरुसेलममा लिलाम बढाबढमा आइन्स्टाइनको उक्त टिपोट बिक्री भएको बिबिसीले जनाएको छ।
उत्तरपश्चिमी सिरियाली सहर इडलिबमा रुसी सेनाको हवाई कारबाहीका क्रममा परी सोमबार साँझ २२ जना विद्रोहीको मृत्यु भएको छ।
मारिनेमा सिरियाका विद्रोही लडाकूहरु रहेको मानवअधिकारकर्मीहरूले पुष्टी गरेका छन्। सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियाली विद्रोहको अवस्थाका बारेमा अनुगमन गरिरहेको अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ।
रूसी रक्षा प्रमुख भ्यालरी गेरासिमोभका अनुसार रूसले विश्व नै खल्बलाउने एसएटीएएन २ नामक क्षेप्यास्त्र परीक्षण गर्ने दाबी गरेका छन्।
उक्त मिसाइल प्रतिसेकेन्ड सात किलोमिटरको गतिमा उड्न सक्ने रूसी रक्षा अधिकारीहरूको दाबी छ । उक्त क्षेप्यास्त्रले एक पटकको प्रहारमा फ्रान्सको क्षेत्रफल बराबरको भू —भागलाई नष्ट पार्न सक्नेछ।
चिनियाँ कम्युनिष्ट पार्टीको १९ औ राष्ट्रिय अधिवेशनले पाँच जना नयाँ अनुहार सहित नयाँ नेतृत्व सार्वजनिक गरेको छ। गत बुधवारदेखि सुरु भएको अधिवेशन नयाँ नेतृत्व सार्वजनिक गर्दै सकिएको छ । नयाँ नेतृत्वको कार्यकाल पाँच वर्षको हुनेछ।
फ्रान्सेली युवती लिलीले थ्रीडी प्रिन्टेड रोबोटसँगको प्रेम विवाह गर्ने भएकी छिन् । फ्रान्सेली मिडियाका अनुसार मोभाटोर नामक रोबोटसँग विगत एक वर्षेदेखि प्रेम सम्बन्धमा रहेकी लिलीले फान्सेली अदालतलाई रोबोटसँग विवाह गर्न दिन अपिल समेत गरेकी छिन् ।
अफगानिास्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने प्रान्त बादख्शानमा अफगान प्रहरी र सेनाले गरेको तालिवानविरुद्धको कारबाहीको क्रममा कम्तीमा १२ जना तालिवान आतंककारी मारिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिलेसम्मकै खतरा राष्ट्रपति भएको अमेरिकी डेमोक्रेटिस् पार्टीका प्रमुख टम पेरेजले बताएका छन्।
उनले राष्ट्रपति ट्रम्पमाथि कडा शाब्दिक प्रहार गर्दै राष्ट्रपति ट्रम्प अमेरिकाको इतिहासमा नै एक खतरा राष्ट्रपति भएको बताएका हुन् । ट्रम्प राष्ट्रपतिको रूपमा गत फ्रेबुवरीमा निर्वाचित भएका थिए । ट्रम्प राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि पहिलोपटक पार्टीको राष्ट्रिय स्तरको सम्मेलनमा बोल्दै पेरेजले राष्ट्रपति ट्रम्प अमेरिकाको इतिहासमा नै एक खतरा राष्ट्रपति भएको दाबी गरेका हुन्।
अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो एसिया भ्रमणको प्रमुख प्राथमिकता उत्तर कोरियाको विषय हुने बताएका छन्।
उत्तर कोरियाका कारण पछिल्लो समयमा सुरक्षा चुनौती बढेको भन्दै उनले सो धारणा राखेका हुन्। उनले यो हप्ता एसियाको भ्रमण गर्दै छन्।
उत्तर कोरियाप्रति चीन आक्रोशित देखिएको छ । चीन रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार चीनले उत्तर कोरियासँग युद्ध समेत गर्न सक्ने खुलासा गरेका छन्।
बेइजिङस्थित रेनमिन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक डाक्टर चोङ शो हूले उत्तर कोरियाली शासक किम जोन उनले मृत्यु चाहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाप्रति कडा रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जापानमा भएको आम निर्वाचनको मत परिणाम सार्वजनिक हुनु अगावै मत सर्वेक्षणको आधारमा लगभग आबेले जितको सुनिश्चितता गरिसकेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुथ्रेस मङ्गलबार मध्यअफ्रिकी गणतन्त्र जाने भएका छन्।
विगत केही महिनादेखि मुस्लिम र क्रिश्चियन लडाकूहरुबीच हिंसा सुरु भएको यस देशमा हिंसाकै बीच उनले सो भ्रमण गर्न लागेको र यस भ्रमणले हाल उक्त देशमा शान्ति स्थापनाका लागि कार्यरत शान्ति सैन्यका लागि हौसला प्राप्त हुने अपेक्षा गरिएको छ।
जापानमा आइतबार मध्यावधी निर्वाचनका लागि मतदान सुरु भएको छ। आइतबार बिहानैदेखि मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन्।
जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभाका लागि आइतबार बिहानैदेखि मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन्। जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानको संसदको म्याद बाँकी रहेकै बेला गत महिनामात्र मध्यावधी निर्वाचनको आह्वान गरेका थिए।
पूर्व अमेरिकी राष्ट्रपतिहरुले आफ्ना उत्तराधिकारीहरुलाई आलोचना नगर्ने परम्परा तोड्दै नाम नखुलाउने शर्तमा राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाइट हाउस र सेना प्रमुखको तीक्ष्ण आलोचना गरेका छन् । पूर्व राष्ट्रपतिहरू जर्ज डब्लुबुस र बाराक ओवामाले राष्ट्रपति ट्रम्प र उनको नीतिलाई चुनौती दिने विरोधीहरुको संख्या बढ्ने पूर्वानुमान गरेका छन् । दुई फरक भाषणमा बुश र ओबामाले ट्रम्पको क्रुरता र कट्टरता अस्वीकार्य हुने बताएका छन् ।
काएरो नजिक विद्रोहीको आश्रयस्थलमा गरिएको खानतलासीमा सुरक्षा फौज र इस्लामवादी लडाकूहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको शनिबार इजिप्टको प्रहरीले जनाएको छ । ‘वेस्टर्न डेजर्ट’ मा भएको झडपमा ५० भन्दा बढी सुरक्षा फौजको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी इश्लामवादी लडाकू मारिएका छन । हास्म नामका उग्रवादी समूहसँग सम्बन्धित रहेको ठानिएका १५ लडाकूहरु पनि उक्त झडपमा मारिएको प्रहरीले जनाएको छ ।
भारतको महाराष्ट्र राज्यमा भएको एउटा ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन्।
माल बहाक ट्रक सडकमा गलत ठाउँबाट गुडेकाले शनिबार दुर्घटनामा परेको प्रहरीले जनाएको छ।