ट्रक दुर्घटनामा परी १० को मृत्यु, १२ घाइते
भारतको महाराष्ट्र राज्यमा भएको एउटा ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन्। माल बहाक ट्रक सडकमा गलत ठाउँबाट गुडेकाले शनिबार दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
भारतको महाराष्ट्र राज्यमा भएको एउटा ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन्। माल बहाक ट्रक सडकमा गलत ठाउँबाट गुडेकाले शनिबार दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका परमाणुसम्बन्धी उच्च अधिकारीहरू दक्षिण कोरियाको सोलमा शुक्रबार भेटवार्ता गरेका छन्। यी दुई देशका सैनिकले गत सोमाबारदेखि राजधानी सोलमा जारी राखेको संयुक्त सैन्य अभ्यासकै क्रममा उनीहरूबीच भेटवार्ता भएको छ।
दक्षिणी भारतको तामिलनाडु राज्यमा अवस्थित यातायात कार्यालय भवनको छाना खस्दा शुक्रबार बिहान आठ जनाको ज्यान गएको छ । चेन्नईबाट करिब तीन सय १२ किलोमीटर टाढा रहेको नागापट्टिनाममा रहेको सो राज्यको राज्य सरकारको यातायात निगम कार्यालय भवनको छाना खसेको र यसमा परी आठ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।
सरकारी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा एक सय २ जनाको मृत्यु भएको छ । त्यस्तै ४४ जना गम्भिर घाइते भएका छन् । केही दिन यता बृहत् सुरक्षा कारबाही चलाएकोमा गत चौबिस घण्टाको अवधीमा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।
अदालतबाट बर्खास्तमा परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई दोषी ठहर गरेको छ । पानामा पेपर प्रकरणमा परेका सरिफलाई जेल सजाँय हुने एक उच्च सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् । ‘नवाज सरिफसहित उनकी छोरी र ज्वाँईलाई पनि अदालतले दोषी ठहर गरेको छ । छोरी र ज्वाँईलाई लण्डनको सम्पत्ति सम्वन्धी विवादमा दोषी ठहर गरिएको हो,’अदातल स्रोतले भने ।
उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सुरु गरेको संयुक्त सैन्य अभ्यासको विरोध गरेको छ। यी दुई देशले गएको सोमबारदेखि संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। उत्तर र दक्षिण कोरियाको समुद्रको सीमामा पर्नेगरी यी दुई देशले सो अभ्यास सुरु गरेका हुन्।
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा रहेको अफगानिस्तानको सैनिक पोष्टमा तालिबानले गरेको आक्रमणबाट ४३ जना सैनिक मारिएका छन् । दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अफगान सैनिकको पोष्टमा यहाँका तालिबान सशस्त्र हतियारधारीहरुले सो हमला गरेका थिए । हमलामा परी ती सैनिक मरिएका र अरु कैयौँ घाइते पनि भएका बताइएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको १९औं राष्ट्रिय महाधिवेशन (कंग्रेस) बुधबार बिहानदेखि राजधानी बेइजिङमा सुरु भएको छ ।
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले बुधबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १२ जना तालिवान लडाकू मारिएका छन्। प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले बुधबार सो जानकारी दिनुभएको छ । कान्दाहार प्रान्तको शहर ए सफा जिल्लामा बुधबार बिहान सबेरै सीमा प्रहरी बलले यो कारबाही गरेको थियो।
चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा सुरु भएको छ । बुधबार बिहान बेइजिङको ग्रेट हल अफ दि पिपुलमा विशेष समारोह र सुरक्षा व्यवस्थाका साथ सो महाधिवेशन सुरु भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।
युरोपेली मुलुक माल्टामा भएको भ्रष्टाचारसम्बन्धी पानामा पेपर्स अनुसन्धानको नेतृत्व गरेकी प्रसिद्ध पत्रकार एवं ब्लगर डाफ्ने कारुआना गालिजियाको कार बम विस्फोटनमा परी मृत्यु भएको माल्टा प्रहरीले जनाएको छ।
करिब ५० हजार मानिसहरूको मृत्युका लागि दोषी ठहर गरिएकी महिला जासुस ‘माता हारी’लाई फ्रान्सले मृत्युदण्ड दिइयो । उनी विश्व प्रख्यात सुन्दरी थिइन् । आफ्नो सुन्दरतालाई औजारका रूपमा लिई उनले फ्रान्स र जर्मनीका लागि जासुस गर्थिन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा मंगलबार बिहान आगलागी भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनले एक अर्काप्रति गरेको व्यवहार बच्चाको खेलजस्तो भएको रसियाको दाबी छ ।
सोमालियाको राजधानी नजिकैको एक होटलमा शनिबार भएको बम विष्फोटमा परी मृत्यु हुनेहरूको संख्या २७६ पुगेको छ। घटनामा ३०० भन्दा बढी घाइते भएका छन्।
अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरिया संकट समाधानमा कुटनीतिक प्रयास जारी रहने बताउँदै अमेरिकी चाहना युद्व नभएको दाबी गरेका छन्।
देशका प्रधानमन्त्री सरकारी कामको शिलशिलामा साइकल चढेर राजदरबार गएको सुन्दा कुनै कथा जस्तै लाग्न सक्छ।
अस्ट्रियामा भएको आम निर्वाचनमा पिपुल्स पार्टी विजयीको नजिक पुगेको छ। यो भन्दा महत्वपूर्ण उक्त पार्टीको नेतृत्व ३१ वर्षका युवा सेवस्टियन कुर्जले गरेका छन्।
प्राय तनाव भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा आइतबार फेरि अर्को झडपमा परी एकजनाको ज्यान गएको छ। भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ । त्यसमा परी अरु पाँच जना घाइते भएका छन्।
साउदी अरेबियाको राजधानी रियादमा रहेको एउटा फर्निचर उद्योगमा भएको आगलागीमा परी कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने अरु तीन जना घाइते भएका छन् । साउदीको नागरिक सुरक्षा सम्वन्धी निकायले रियादको बाद्र भन्ने ठाँउमा रहेको फर्निचर उद्योगमा आगलागि भएको जनाएको छ ।
भियतनामको उत्तरी र मध्य क्षेत्रमा यसै हप्ता भिषण वर्षापछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ। भियतनामको विपद् व्यवस्थापन तथा नियन्त्रण सम्वन्धी निकायले बाढी पहिरोमा परी अरु ३७ जना बेपत्ता भएको र ३१ जना घाइते भएको आइतबार जानकारी दिएको छ ।
मेक्सिको सिटी सहरका विभिन्न सडकहरुमा भूकम्पीय पूर्व सूचना प्रणाली ‘अर्थक्वेक अलर्ट सिस्टम’ जडान गरिने भएको छ । मेक्सिको सिटीमा पछिल्लो समयमा गत सेप्टेम्बरमा गएका दुई ठूला भूकम्पबाट ठूलो क्षति पुगेको छ।
ब्लु गेमका कारण सुसाइड बढेको भन्दै भारतको केन्द्रीय सरकारले इन्टरनेटमा ब्लु व्हेल गेम प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौता तोड्ने घोषणा गरे पछि उक्त सम्झौता नतोड्न रसियाले राष्ट्रपति ट्रम्पलाई आग्रह गरेको छ।