अमेरिकालाई इरानसँगको आणविक सम्झौता नतोड्न रसियाको आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौता तोड्ने घोषणा गरे पछि उक्त सम्झौता नतोड्न रसियाले राष्ट्रपति ट्रम्पलाई आग्रह गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौता तोड्ने घोषणा गरे पछि उक्त सम्झौता नतोड्न रसियाले राष्ट्रपति ट्रम्पलाई आग्रह गरेको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको कार चोरी भएको छ। वगन आर कार सचिवालयमा पाकिङ गरेको ठाँउबाट चोरी भएको हो।
भारतको गोरखपुर बीआरडी मेडिकल कलेजमा पछिल्लो ३ महिनामा १ हजार बालबालिकाको मृत्यु भएको एक तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकाकाले संयुक्त राष्ट्रसंघ निकट संस्था युनेस्कोबाट बाहिरिने घोषणा गरेको केही समय पश्चात् इजरायल पनि युनेस्कोबाट बाहिरिने घोषणा गरेका छ।
अमेरिकाको क्यालिफोर्नियामा गत आइतबार देखि लागेको आगोमा मर्नेहरूको संख्या २३ पुगेको छ। क्यालिफोर्नियाको हजारौ हेक्टर क्षेत्रफलमा आगलागी हुँदा सयौ मानिसहरू बेपत्ता भएका छन् भने हजारौ विस्थापित छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्वका लागि आगो बालिरहेको आरोप उत्तर कोरियाली सञ्चार माध्यमले लगाएका छन्। मिसाईल परीक्षणको विषयलाई उत्तर कोरिया र अमेरिकाबीचको तनावबारे धारणा राख्दै रसियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो गतिविधिले विश्वमा तेस्रो विश्व युद्वलाई निमन्त्रणा गरेको रूसी प्रधानमन्त्री भ्यादिमिर पुटिनले बताए।
दुई दिनदेखि भियतनामको उत्तरी र मध्य क्षेत्रमा जारी रहेको वर्षा र त्यसपछि आएको बाढी पहिरोका कारण कम्तीमा पनि ३७ जनाको जनाको मृत्यु भएको समाचार छ । सो बाढीका कारण करिब ४० जना स्थानीय नागरिक हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त पछिल्लो समाचार अनुसार बिहीबार पनि बाढीको प्रकोप घटेको छैन ।
परमाणु हतियारसम्बन्धी अमेरिकासँगै दिनहुँ विवाद बढ्दै जाँदा उत्तर कोरियाली नेता किम जोन उनले आफ्नो मजदूर पार्टीमा नयाँ व्यक्तिहरूलाई महत्वपूर्ण जिम्मेवारीको घोषणा गरेका छन्।
अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि मृत्यु हुनेको संख्या २३ पुगेको छ । जंगलमा लागेको डढेलो पछि सहर बस्तीमा छिरेपछि ठूलो क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।
ल्याटिन अमेरिकी देश भेनेजुयलामा पानीभन्दा पेट्रोलियम पदार्थ भारी अन्तरले सस्तो छ।
अमेरिकाको क्यालिफोर्नियामा गत आइतबार देखि भएको आगलागीमा मर्नेहरूको संख्या १७ पुगेको छ । क्यालिफोनिर्याको हजारौं हेक्टर क्षेत्रफलमा आगलागी हुँदा सयौँ मानिसहरू बेपत्ता भएका छन् भने हजारौं विस्थापित छन्।
उत्तर कोरियाली नेता किम जोन उनको हत्याको अमेरिकी प्रयास असफल भएको उत्तर कोरियाले दाबी गरेको छ।
भारतीय सर्वाेच्च अदालतले नाबालिग पत्नीसँगको शारीरिक सम्बन्धलाई वैवाहिक बलात्कार ठहर हुने फैसला सुनाएको छ। वैवाहिक बलात्कारबारे बुधबार फैसला गर्दै भारतको सर्वाेच्च अदालतले यस्तो फैसला गरेको हो।
उत्तर कोरियाको अमेरिकी बमबर्षक विमान खसाल्ने चेतावनीका बाबजुत पनि अमेरिकी सैनिक विमान सैन्य अभ्यासका क्रममा उत्तर कोरियाली आकाशमा पुगेका छन्।
केन्यामा अक्टोबर महिनाका लागि तय गरिएको पुनः निर्वाचनबाट विपक्षी दलका नेता राइला ओडिङ्गाले हात झिकेका छन् । निर्वाचनबाट हात झिक्ने निर्णयले देशको निर्वाचन आयोगलाई विश्वसनीय निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने निर्वाचनसम्बन्धी सुधार गर्नका लागि समय मिल्ने ओडिङ्गाले बताएका छन् ।
म्यानमारका रोहिन्जा मुसलमान शरणार्थी रहेको बंगलादशेमा उनीहरुको सहयोगका लागि दीर्घकालीन योजना आवश्यक रहेकोमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार हाल बंगलादेशमा करिब पाँच लाख म्यान्माली रोहिन्जाले शरण लिएर बसेका छन् । उनीहरुको अवस्था दिन प्रति दिन कष्टकर हुँदैछ ।
उत्तर कोरियाको कम्प्युटर ह्याकरले दक्षिण कोरियाका कम्प्युटरहरु ह्याक गरी महत्वपूर्ण सामाग्रीहरु चोरेको आरोप लगाइएको छ । ती सामाग्रीहरुमा दुई कोरियाको युद्धका समयमा भएका सैनिक र सरकारी रणनीतिसम्बन्धी संवेदनशील दस्ताबेजहररू छन्।
अफगानस्तानको उत्तरी प्रान्त बाल्खमा मंगलबार अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १८ आतंककारी मारिएका छन् । यस कारबाहीका क्रममा अरु १२ जना सशस्त्र हतियारधारी तालिबान घाइते भएका सो क्षेत्रका प्रहरी प्रवक्ता सयेद सर्वार हुसानीले जानकारी दिए ।
चिल्लीमा मंगलबार बिहान ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । त्यहाँको स्थानीय समयअनुसार बिहान ३.३२ मिनेट जाँदा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएकाे छ । भूकम्पबाट भएको क्षतिको विवरण भने सार्वजनिक हुन बाँकी नै रहेको छ ।
अमेरिकाको क्यालिफोर्निया राज्यमा गत आइतबार रातिदेखि लागेको अागाेमा १० जनाको मृत्यु भएकाे छ । दुई दिनयता क्यालिफोर्नियाको हजारौँ हेक्टर क्षेत्रका करिब २० स्थानमा आगो लागेको थियो । अागाेकाे कारण करिब २० हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ । हजारौँ स्थानीय नागरिकले घर छोडेर भाग्न बाध्य भएका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले कागजातविहीन युवा आप्रवासीसँग कुनैपनि नयाँ सम्झौतामा बन्देज लगाएको छ ।
प्यालेस्टाईन र इजरायलका हजारौं महिलाले दुई देशबीच शान्ति सम्झौताको माग गर्दै जेरुसेलमको सडक प्रदर्शन गरेका छन् । जेरुसेलमको स्वतन्त्रपार्कमा भएको प्रदर्शनमा झण्डै ३० हजार महिला सहभागी भएको आयोजकले जनाएका छन् । ‘वमन वेज पिस’ले आयोजना गरेको यो प्रदर्शन कार्यक्रम गत दुई हप्ता देखि भइरहेको आन्दोलनको पछिल्लो कार्यक्रम हो । गत सेप्टेम्बर २४ देखि जेरुसेलममा शान्ति सम्झौताका लागि दवावमुलक विभिन्न कार्यक्रमहरू गर्दै आइरहेका छन् ।
सिरियाको रक्कामा अमेरिकी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ । गत चार दिनको अवधिमा उनीहरू मारिएको र अरु दर्जनौ घाइते भएको सिरियाको मानव अधिकारवादी संस्थाले सोमबार जानकारी दिएको छ । मारिने सवै सर्वसाधारण नागरिक रहेको पनि समाचारमा जनाइएको छ ।
अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई सन् २०१७ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । अर्थशास्त्र र मनोविज्ञानबीचको अन्तरलाई जोड्न गरेको योगदानका लागि अमेरिकी अर्थशास्त्री थालरलाई पुरस्कृत गर्ने निर्णय गरिएको स्टकहोमस्थित नाबेल पुरस्कार समितिले जनाएको छ ।