२२ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यसरी भयो किम हत्या योजना असफल

प्योङयाङ – उत्तर कोरियाली नेता किम जोन उनको हत्याको अमेरिकी प्रयास असफल भएको उत्तर कोरियाले दाबी गरेको छ। 

दक्षिण कोरिया तथा अमेरिकाले उत्तर कोरियाली नेता किम जोन उनको हत्या योजना संयुक्त रूपमा  बनाएको उत्तर कोरियाली ह्याकरले पत्ता लगाएपछि उनको हत्याबारेको अमेरिकी तथा दक्षिण कोरियाली योजना विफल भएको उत्तर कोरियालीले दावी गरेको छ।  

दक्षिण कोरियाले यस अघि नै उत्तर कोरियाले  ह्याकिङ प्रविधिको प्रयोग गरी आफ्ना महत्वपूर्ण दस्तावेजहरूको चोरी गरेको बताइसकेको छ।

ती दस्तावेजहरूमा दुई कोरियाबीच युद्धका समयमा भएका विभिन्न महत्वपूर्ण दस्तावेजहरू तथा सैनिक क्षेत्रका संवेदनशिल सूचनाहरूमा केन्द्रित रहेको दक्षिण कोरियाको दाबी  थियो।

उत्तर कोरियाली ह्याकरले  दक्षिण कोरियाको सेनाको नेटवर्क ह्याक गरेको दक्षिणको आरोप थियो । ह्याकिङ मार्फत् अमेरिका तथा दक्षिण कोरियाको युद्ध सम्बन्धी साझा योजनाबारेको समेत जानकारी उत्तर कोरियाले लिएको उत्तर कोरियाको दाबी छ।

 

 

प्रकाशित: २५ आश्विन २०७४ ०९:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App