२२ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रिचार्ड थालरलाई अर्थशास्त्रतर्फकाे नोबेल पुरस्कार

स्टकहोम, स्वीडेन - अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई सन् २०१७ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । अर्थशास्त्र र मनोविज्ञानबीचको अन्तरलाई जोड्न गरेको योगदानका लागि अमेरिकी अर्थशास्त्री थालरलाई पुरस्कृत गर्ने निर्णय गरिएको स्टकहोमस्थित नाबेल पुरस्कार समितिले जनाएको छ ।

सीमित चेतना, सामाजिक प्राथमिकता तथा आत्मसंयमतामा कमी जस्ता मानव व्यवहारले कसरी व्यीक्तगत निर्णयहरू तथा बजारका गतिविधिलाई प्रभावित तुल्याउँछन् भन्ने बिषयमा गरेको खोजमूलक अध्ययनका लागि थालरलाई पुरस्कृत गरिएको छ, समितिले पुरस्कार घोषणाबारे जानकारी दिन सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

प्रकाशित: २३ आश्विन २०७४ ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App