म्यानमारबाट भागेर बंगलादशेतर्फ जाने म्यान्माली मुस्लिम समुदाय रोहिङ्गाले देश छोडेर जाने क्रम जारी नै रहेको छ । यस क्रममा उनीहरुको ज्यान अत्यन्तै जोखिममा पर्ने गरेको छ । म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बंगलादेश पुग्ने गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्षौंदेखि प्योङयाङसँगको वार्ता नतिजामुखी हुन नसकेकोले उत्तर कोरियामाथि अब एउटै कुराले मात्र काम गर्ने चेतावनीको भाषामा बताएका छन् ।
उत्तरपश्चिमी सिरियाली एक सहरमा रुसको हवाई सेनाले गरेको हवाई कारबाहीमा परी शनिबार कम्तीमा पनि २४ जना विद्रोहीको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैजना विद्रोही रहेको मानवअधिकारकर्मीहरूले पुष्टी गरेका समाचारमा जनाइएको छ । सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।
यमनमा गएको करिब चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार १५१ जनाको मृत्यु भइसकेको पछिल्लो तथ्यांकमा खुल्न आएको छ । गएको अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या बढेर दुई हजार एक ५१ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शनिबार जनाएको समाचारमा उल्लेख छ ।
किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ।
एक राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ।
हङकङमा चुनढुङगाबाट बनेको एक कचौरा ३ करोड ८० लाखमा बिक्री भएको छ।
उक्त कचौरा किन्नका लागि एक व्यक्तिले ३ करोड ८० लाख अमेरिकी डलर तिर्नमा तत्परता देखाएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।
साउदी अरेबियाले अमेरिकासँग आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली किन्ने भएको छ । उक्त सम्झौतामा अमेरिकाले हस्ताक्षर गरेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त सम्झौताले अमेरिकाको राष्ट्रिय सुरक्षा प्रदान कार्यमा महत्वपूर्ण भूमिका खेल्ने छ । उक्त सम्झौता करिब १५ अर्ब अमेरिकी डलर बराबरको रहेको पनि मन्त्रालयले बताएको छ ।
सिरियामा रुसआवद्ध हवाई कारबाहीमा परी १२० जना इस्लामिक स्टेट्स (आइएस) लडाकू र ६० जना विदेशी सैनिक मारिएका छन्।
रुसी सेनाले शृङखलाबद्ध रुपमा गरेको हवाई कारबाहीमा गत २४ घण्टाको अवधिमा उनीहरु मारिएका मस्कोमा रक्षा मन्त्रालयले जनाएको छ।
उत्तर कोरियालाई इन्धन निर्यात गर्दै आइरहेको चीनले निर्यातमा कटौती गर्ने भएको छ ।
चीन सरकारले अक्टोबर महिनाको सुरूवात देखि नै उत्तर कोरिया निर्यात गर्दै आइरहेको पेट्रोलियम पदार्थको निर्यातमा कटौती गरिने बताउँदै आएको थियो।
रुसी राजधानी सहर मस्कोको भ्लादिमिर नगरनजिकै बस र रेल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ।
रुसको राजधानी मस्कोबाट करिब ११० किलोमिटर टाढा रहेको उक्त नगरमा गुडिरेहका बस र रेल एक आपसमा ठोक्किन पुगेका थिए।
स्पेनको स्वतन्त्र अदालतले क्याटालोनियालाई एक स्वतन्त्र तथा स्वायत्त राज्यका रूपमा घोषणा नगर्नका लागि आदेश दिएको छ।
उक्त राज्यलाई स्पेनबाट स्वतन्त्र रहेको राज्यका रूपमा घोषणा गरेमा संविधानको उल्लंघन हुने अदालतको निर्णय छ।
जापानी मुलका बेलायती साहित्यकार काजुओ इसिगुरोलाई सन् २०१७ को साहित्यतर्फको नोबेल पुरस्कार दिइने भएको नोबेल पुरस्कार छनौट गर्ने स्वीडिस एकेडेमीले बिहीबार जनाएको छ। पुरस्कार घोषणा गर्ने स्वीडीस एकेडेमीले ती उपन्यासकारको प्रशंसा गर्दै उनले ‘आफ्ना बेजोड भावनात्मक शक्ति भएका उपन्यासमा संसारसँगको सम्बन्धबारे हाम्रो भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको’ उल्लेख गरेको छ।
स्पेनका राजा फिलिपले क्याटालोनियाको स्वतन्त्रतामा स्वतन्त्र भूमिका खेल्न नसकेको क्याटालोनियाको नेताहरूको दाबी छ । राजा फिलिपले क्याटलन क्षेत्रका जनताहरूको बेवास्ता गरेको स्वतन्त्र क्याटालोनिया पक्षका नेताहरूले आरोप लगाएका छन् ।
अमेरिकाको मिसिगन राज्यकी एक महिलालाई छोरालाई खोप नदिएकोमा ७ दिन जेल सजायको घोषणा गरिएको छ ।
रिवेक्का ब्रिउडो नाम गरेकी उक्त महिलाले उनको छोराको व्यक्तिगत अधिकारको हनन् गरेको अभियोगमा उनीमाथि ७ दिनको जेल सजाय सुनाइएको हो ।
अफगानिास्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने प्रान्त बादख्शानमा अफगान प्रहरीले गरेको तालिबान विरुद्धको कारबाहीको क्रममा कम्तीमा १४ जना तालिलबान आतंककारी मारिएका छन्।
भारत र चीनको विवादित सीमा क्षेत्र दोक्लममा चीनले सैनिक संख्या बढाएको भारत बताएको छ। भुटानको भ्रमणको क्रममा रहेका बेला भारतीय विदेश सचिव एस जयशंकरले मंगलबार एक भटानी अधिकारी समक्ष कुराकानीको क्रममा चीनले सैनिक संख्या बढाएको आरोप लगाएका छन्।
प्राय तनाव नै भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा बुधबार फेरि अर्काे झडप भएको समाचार छ । उक्त झडपका क्रममा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ ।
क्याटालोनियाले स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने तयारी गरेको छ ।
यसै हप्ता स्पेनबाट भिन्न भएको घोषणा गर्ने तयारी गरेको स्वायत्त प्रदेशका नेताले बताएका छन्।
भारतका विवादित धर्मगुरु राम रहीम सिंहकी धर्मपुत्री हनीप्रित इन्सानलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
अगस्ट महिनामा धर्मगुरु राम रहीमलाई अदालतले २० वर्ष अगाडि आफ्ना दुई महिला अनुयायीलाई बलात्कार गरेको घटनामा दोषी ठहर गरेपछि भएको हिंसा भड्काउनमा संलग्न रहेका आरोपित मध्ये हनीप्रित इन्सान पनि एक थिइन् । उक्त हिंसामा ३८ जनाको मृत्यु भएको थियो । राम रहीम सिंह पक्राउ परेलगत्तै उनी बेपत्ता भएको प्रहरीले बताउँदै आएको थियो । पक्राउ पर्नु भन्दा केही घण्टा अगाडि एउटा टेलिभिजन कार्यक्रममा बोल्दै उनले हिंसा मच्चाउनमा आफ्नो संलग्नता रहेको भन्ने आरोपले आफू विक्षिप्त भएको बताएकी थिइन् । ‘म हिंसा मच्चाउनेहरुसँगै थिएँ र? कसरी म माथि यस्ता आरोप लगाइए,’ उनले उक्त टेलिभिजमा प्रतिप्रश्न गरेकी थिइन् ।
सिरियाली सेनालाई सहयोग गर्न गरेका रसियाली हवाई आक्रमणमा परी यूफ्रेट्स नदीको पूर्वी किनारामा बस्दै आएका तीन सय४ जना बिद्रोहीको विगत दुई दिनमा मृत्यु भएको रसियाली रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ । मृतकमध्ये सात जना तहका आइएसका विभिन्न तहका स्थल कमाण्डर रहेका मन्त्रालयका प्रवक्ता इगोर कोनासेनकोभले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता प्रयास समयको बर्बादीमात्रै भएको बताएका छन्। अमेरिकी विदेशमन्त्रीले उत्तर कोरियासँग थालेको वार्ता प्रयास अर्थहीन रहेको ट्रम्पको दाबी छ।
अमेरिकी राज्य नेभादाको लस भेगासमा गत राति एक कन्सर्टमा भएको गोलीकाण्डमा कम्तीमा पनि ५९ जनाको ज्यान गएको छ भने अरु पाँच सय २७ जना घाइते भएका छन् । लस भेगासको मन्डालय बे होटलमा कन्सर्ट भइरहेको बेला गोली चलेको थियो । अन्धाधुन्ध भएको गोली हानाहानमा ५० जनाको ज्यान गएको पुष्टी भएको छ ।