२२ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली खरिद गर्दै साउदी अरेविया

वासिङटन –  साउदी अरेबियाले अमेरिकासँग आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली किन्ने भएको छ । उक्त सम्झौतामा अमेरिकाले हस्ताक्षर गरेको छ । 

अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त सम्झौताले अमेरिकाको राष्ट्रिय सुरक्षा प्रदान कार्यमा महत्वपूर्ण भूमिका खेल्ने छ । उक्त सम्झौता करिब १५ अर्ब अमेरिकी डलर बराबरको रहेको पनि मन्त्रालयले बताएको छ । 

उक्त सम्झौताले साउदी अरबलाई इरानबाट हुन सक्ने सम्भावित खतरालाई  बचाउ गर्नमा सहयोग पु¥याउने देखिन्छ । साउदी अरबले रूस हवाई प्रतिरक्षा प्रणाली खरिद गर्र्नै सम्झौता गरे लगतै अमेरिकासँग उक्त सम्झौता गरेको हो ।
उक्त सम्झौताले क्षेत्रीय सन्तुलनलाई प्रभाव पार्न सक्ने भन्दै चीनले यसको विरोध गरेको छ । उक्त प्रणाली करिब २०० किलोमिटरको दूरी सम्मको क्षेप्यास्त्रलाई रोक्न सक्ने विश्लेषकहरूको दाबी छ। 

उत्तर कोरियाबाट हुन सक्ने क्षेप्यास्त्र हमलालाई मध्येनजर गर्दै अमेरिकी सैनिक अखडा माथि रहेको टापुमा अमेरिकाले उक्त प्रणालीको जडान गरेको छ । 

उक्त सम्झौताले युद्धलाई प्रोत्साहन दिएको भन्दै चीनले उक्त प्रणाली खरिद सम्झौताको विरोध गरेको हो । 

प्रकाशित: २१ आश्विन २०७४ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App