२२ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियालाई  चीनले इन्धन निर्यातमा कटौती गर्ने

बेइजिङ – उत्तर कोरियालाई इन्धन निर्यात गर्दै आइरहेको चीनले निर्यातमा कटौती गर्ने भएको छ । 

चीन सरकारले अक्टोबर महिनाको सुरूवात देखि नै उत्तर कोरिया निर्यात गर्दै आइरहेको पेट्रोलियम पदार्थको निर्यातमा कटौती गरिने बताउँदै आएको थियो। 

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकले उत्तर कोरियाले गर्दै आएको परमाणु हतियार परीक्षणलाई निरन्तरता दिएको भन्दै उत्तर कोरियामाथि व्यापारिक प्रतिबन्ध लगाएको छ। 

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि व्यापारिक नाकाबन्दी लगाएपछि चीन ले साथ दिने प्रतिबद्धता दिएको थियो । उक्त प्रतिबद्धता अनुसार चीनले उत्तर कोरियाबाट  आयात गरिदै आएको तयारी पोशाक रोक लगाइसकेको छ ।

उत्तर कोरियाले चीनबाट अत्याधिक मात्रामा पेट्रोलियम पदार्थको आयात गर्दै आइरहेकोमा चीनले यसमा कटौती गरेपछि उत्तर कोरियामा उर्जा  संकटको स्थिति आउन सक्ने अनुमान गर्न सकिन्छ। 

अमेरिकाले उत्तर कोरियालाई इन्धन निर्यातमा पूर्ण प्रतिबन्ध लगाउनका लागि चीन सरकारलाई आग्रह गरे पनि चीनले आंशिक रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। 

उत्तर कोरियाले पछिल्लो समय गरेको परमाणु हतियारको परीक्षणले विश्वमा हतियार परीक्षणको  प्रतिस्पर्धा हुने देखिन्छ।    

प्रकाशित: २० आश्विन २०७४ १०:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App