२२ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मस्कोमा बस र रेल ठोक्किदा १९ को मृत्यु

मस्को – रुसी राजधानी सहर मस्कोको भ्लादिमिर नगरनजिकै बस र रेल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ। 
 
रुसको राजधानी मस्कोबाट करिब ११० किलोमिटर टाढा रहेको उक्त नगरमा गुडिरेहका बस र रेल एक आपसमा ठोक्किन पुगेका थिए। 
 
यस दुर्घटनाको बारेमा क्षेत्रीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्। स्थानीय समायाअनुसार शुक्रबार बिहानीपख करिब साढे ३ बजे सो दुर्घटना भएको थियो। 
 
प्राप्त पछिल्लो समाचार अनुसार उक्त दुर्घटनामा १९ व्यक्तिको मृत्यु भएको क्षेत्रीय स्वास्थ्य सेवाका प्रमुख एलेस्एन्ड्रे किर्युखिनले  बताएका छन्। 
 
गृह मन्त्रालयले प्रकाशित गरेको एक विज्ञप्तिअनुसार यस दुर्घटनामा परी मारिएका व्यक्तिहरुमा बस र रेल दुबैका यात्रुहरु रहेका छन् । 

प्रकाशित: २० आश्विन २०७४ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App