६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

यमनको मानवीय अवस्था विकराल : राष्ट्रसंघ प्रतिनिधि

यमन—संयुक्त राष्ट्रसंघ मानवीय सहायता प्रमुखले यमनमा द्वन्द्वका कारण मानवीय सङ्कट भयावह बनेको बताएका छन्। राष्ट्रसंघ मानवीय सहायता प्रमुख मार्क लोककले शनिबार आफ्नो पाँच दिन लामो भ्रमणपछि यमनी द्वन्द्वले उक्त मुलुकमा पारेको प्रभावबारे बोल्दै भने, 'अरब मुलक यमनमा जतिसक्दो छिट्टै राजनैतिक प्रक्रियामार्फत द्वन्द्वको अन्त्य गर्नुपर्छ।'

'म यमनमा रहँदा यहाँको विग्रँदो हैजाको माहामारी लगायतका मानवीय सङ्कटलाई नजिकबाट बुझ्नसके जस्तो लागेको छ', उनले भने। यमनको जस्तो हैजाको माहामारी विश्वले कहिल्यै पनि देखेको वा भोगेको नभएको उनको भनाइ थियो।

सानाबाट छुट्ने क्रममा भएको सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका थिए। 'यमनमा मानव सिर्जित द्वन्द्वले यहाँको जनजीवनमा विकराल प्रभाव पारेको र यो देख्दा मलाई अत्यास लाग्यो', उनले भने। यमनको द्वन्द्व समाधानका लागि सम्बन्धित सवै पक्षसँग उनले आग्रह गरे।

'कैँदीबन्दी हुन् वा सञ्चारकर्मी सवैको यथासम्भव कानूनी मर्यादा अनुसार सम्मान गर्दै अन्तर्राष्ट्रिय मानवीय सहायता कानूनको प्रत्याभूत गर्न र मानव अधिकारको सम्मान गर्न आआफ्नो ठाउँबाट पहल जरुरी छ', उनले भने। 

प्रकाशित: १२ कार्तिक २०७४ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App