अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१ पुग्नुका साथै ११६ घाइते भएको जनाइएको छ ।
वर्षाजन्य घटनाका कारण चार बेपत्ता भएको अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार घोषणा गरेका हुन् ।
घटनाका काराण मृत्यु हुने अधिकांश मानिसहरु अफगानीस्तानको दक्षिणी र पश्चिमी प्रान्तका रहेको प्रवक्ता मुजाहिदले सामाजिक सञ्जाल एक्स मार्फत जनाए ।
हालै भएको भारी वर्षा पछि आएका प्राकृतिक प्रकोपले दुई हजार ४४८ घरहरु पूर्ण वा आंशिक रूपमा क्षति गरेको उल्लेख गर्दै अफगानिस्तानका विभिन्न प्रान्तमा कृषिवाली लगायत खेतीयोग्य जग्गा बगाएको उनले बताए ।
अफगानिस्तानको मौसम विभागले आगामी दिनमा थप वर्षाको पूर्वानुमान गरेको छ भने विशेष गरी दुर्गम र कमजोर क्षेत्रहरूमा बाढीको उच्च जोखिमको चेतावनी दिएको छ ।
प्रकाशित: २१ चैत्र २०८२ १५:०७ शनिबार





