रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबिचको कुराकानी हट माइकमा रेकर्ड भएको छ। यो कुराकानी बुधबार चीनमा आयोजित विजय दिवस परेड हेर्न जाँदा भएको थियो।
पुटिनका अनुवादकले चिनियाँ भाषामा भने, ‘जैविक प्रविधि तीव्र गतिमा बढिरहेको छ। मानव अंग बारम्बार फेर्न सकिन्छ। जति लामो बाँच्छौ, त्यति नै जवान रहन्छौ, सायद अमर पनि।’
जवाफमा सीले भने, ‘केही मानिस भन्छन्, यो शताब्दीमा मानिस १५० वर्षसम्म बाँच्न सक्छन्।’ त्यसपछि क्यामेरा परेडतिर फर्कियो।
चीनको सरकारी सञ्चारमाध्यम सिसिटिभीले परेडलाई अनलाइनमा झण्डै दुई अर्ब र टिभीमा ४० करोडभन्दा बढी पटक हेरिएको थियो। परेडमा सहभागी ५० हजार मानिसलाई सम्बोधन गर्दै सीले विश्वले शान्ति वा युद्ध रोज्नुपर्ने बताएका थिए।
प्रकाशित: २० भाद्र २०८२ १२:५२ शुक्रबार





