१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिनल्याण्डले पाकिस्तानसहित तीन देशका दूतावास किन बन्द गर्‍यो?

फिनल्याण्डले पाकिस्तान, अफगानिस्तान र म्यानमारमा रहेका आफ्ना दूतावासहरू सन् २०२६ मा बन्द गर्ने निर्णय गरेको छ। यो निर्णय यी देशहरूको राजनीतिक परिस्थितिमा आएको परिवर्तन र फिनल्याण्डसँगको सीमित व्यावसायिक तथा आर्थिक सम्बन्धका कारण गरिएको हो।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘परराष्ट्र मन्त्रालयले २०२६ मा इस्लामाबाद, काबुल र याङ्गुनमा फिनल्याण्डका दूतावासहरू बन्द गर्ने निर्णय गरेको छ।’ 

विज्ञप्तिमा थप भनिएको छ, ‘दूतावासहरू सञ्चालन र रणनीतिक कारणहरूले गर्दा बन्द हुनेछन्, जुन देशहरूको राजनीतिक परिस्थितिमा आएको परिवर्तन र फिनल्याण्डसँग उनीहरूको सीमित व्यावसायिक र आर्थिक सम्बन्धसँग जोडिएको छ।’

यो कदम फिनल्याण्डको विदेश मिसन सञ्जालको रणनीतिक समीक्षाको हिस्साको रूपमा आएको हो। यसले फिनल्याण्डको विदेश नीति र निर्यात प्रवर्द्धनका लागि महत्त्वपूर्ण देशहरूमा स्रोत केन्द्रित गर्ने उद्देश्य राखेको छ। 

‘भविष्यका चुनौतीहरूको सामना गर्न हामी फिनल्याण्डको विदेशमा रहेका मिसनहरूको सञ्जाललाई व्यवस्थित रूपमा विकास गर्नेछौं।’ विदेशमन्त्री एलिना भाल्टोनेनले भनेकी छन्, ‘हामीलाई बलियो र प्रतिस्पर्धी फिनल्याण्ड निर्माण गर्न र हाम्रो प्राथमिकता अनुसार बाह्य सम्बन्ध व्यवस्थापन गर्न मद्दत गर्नेछ।’

यसअघि पनि फिनल्याण्डले बजेट अभावका कारण २०१२ मा पाकिस्तानमा आफ्नो दूतावास बन्द गरेको थियो, जुन २०२२ मा पुन: सञ्चालनमा ल्याइएको थियो। यस्तै, २०२३ मा स्वीडेनले पनि सुरक्षा अवस्थालाई कारण देखाउँदै काबुलस्थित आफ्नो दूतावास अनिश्चितकालका लागि बन्द गरेको थियो।

यसैबिच, फिनल्याण्डले अमेरिकामा आफ्नो उपस्थिति बढाउन ह्युस्टनमा महावाणिज्य दूतावास सञ्चालन गर्ने योजना बनाएको छ। एजेन्सीको सहयोगमा

प्रकाशित: १४ मंसिर २०८२ ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App