२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्राजिललाई ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

<br>

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा बनेका वस्तुहरूमा ५० प्रतिशत कर लगाउने योजना रहेको बताएका छन्, जसले अमेरिका र दक्षिण अमेरिकी देशबिचको द्वन्द्वलाई झनै चर्काएको छ। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पछिल्लो महसुल पत्रमा सो योजना घोषणा गरेका हुन्।

उक्त पत्रमा ट्रम्पले अमेरिका विरुद्धको ‘आक्रमण’ गरेको भन्दै ब्राजिलमाथि आरोप लगाएका छन्, र पूर्व दक्षिणपन्थी राष्ट्रपति जाइर बोल्सोनारोमाथि भएको अभियोजनलाई राजनीतिक बदला भनेका छन्। बोल्सोनारो सन् २०२२ को चुनाव उल्ट्याउने योजनामा संलग्न भएको आरोपमा मुद्दाको सामना गरिरहेका छन्।

ब्राजिलका राष्ट्रपति लुइज इनेसियो लुला दा सिल्भाले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै भने, ब्राजिलमाथि महसुल वृद्धि भएमा सो बराबरको जवाफ दिइनेछ।’ राष्ट्रको न्यायिक प्रणालीमा कुनै हस्तक्षेप स्वीकार्य नहुने उनले चेतावनी दिएका छन्। यसै हप्ता ट्रम्प र लुलाबीच बोल्सोनारोको मुद्दालाई लिएर वादविवाद भएको थियो। त्यसबेला लुलाले भनेका थिए, ‘ब्राजिलले कसैको पनि हस्तक्षेप स्वीकार गर्दैन,’ र थपे, ‘कसैलाई पनि कानुनभन्दा माथि राख्दैन।’

बुधवारकै दिन, ट्रम्पले तामाको आयातमा घोषणा गरिएको ५० प्रतिशत महसुल साउन १६ (अगस्ट १) देखि लागु हुने बताएका छन्।उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रिय सुरक्षाका कारण यस्तो निर्णय लिइएको जनाएका हुन्।यसै हप्ता ट्रम्पले जापान, दक्षिण कोरिया, श्रीलङ्काजस्ता व्यापारिक साझेदार देशहरूलाई पत्र पठाउँदै अगस्ट १ बाट लागु हुने नयाँ महसुल योजनाको जानकारी दिएका छन्।

यी कदमहरू अप्रिलमा घोषणा गरिए पनि, वित्तीय बजारको नकारात्मक प्रतिक्रियापछि रोकिएको योजनालाई पुनः सक्रिय गरिएको देखिन्छ।तर ब्राजिलप्रति ट्रम्पको सन्देश निकै लक्षित र तीव्र स्वरमा आएको छ। यसअघि घोषणा गरिएको १०% महसुलभन्दा यो निकै बढी हो।ट्रम्पले भनेः ‘ब्राजिलको वर्तमान शासकीय अन्याय सच्याउन यो ५०% महसुल आवश्यक छ।’

प्रकाशित: २६ असार २०८२ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App