मध्यपूर्वमा जारी द्वन्द्व रोक्ने उद्देश्यसहित पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका–इरान उच्चस्तरीय वार्ता हुँदैछ।
वार्ताको लागि भनेर अमेरिकी उपराष्ट्रपति जेडी भान्स शनिबार इस्लामाबाद पुगिसकोका छन्। उनलाई पाकिस्तानका सेना प्रमुख असीम मुनीरले नुर खान एयरबेसमा स्वागत गरेका थिए।
उता, इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल पनि शुक्रबार राती नै पाकिस्तान पुगेको थियो।
इस्लामाबादमा औपचारिक वार्ता सुरु हुनुअघि इरान र अमेरिकाका प्रतिनिधिमण्डलले पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँग छुट्टाछुट्टै भेट गर्ने तालिका रहेको छ।
यी बैठकहरू पछि दुबै पक्षले प्रत्यक्ष रूपमा वार्ता नगरी मध्यस्थकर्ता मार्फत वार्ता गर्ने बताइएको छ। पाकिस्तानी टोलीमार्फत अमेरिका र इरानबिच वार्ता हुने बताइएको छ। पाकिस्तानले वार्तालाई सहज बनाउन विभिन्न विषयका विज्ञहरूको टोली पनि परिचालन गरेको छ।
इस्लामाबादमा वार्तालाई लक्षित गर्दै कडा सुरक्षा व्यवस्था गरिएको छ। ‘रेड जोन’ क्षेत्रमा प्रहरी र अर्धसैनिक बलको ठूलो उपस्थिति देखिएको छ भने मुख्य सडकहरू नियन्त्रणमा लिइएका छन्। प्रतिनिधिमण्डल बस्ने होटलहरू पनि विशेष सुरक्षामा राखिएका छन्। एजेन्सी
प्रकाशित: २८ चैत्र २०८२ १३:४१ शनिबार



-600x400.jpg)

