२० मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र जलवायु सम्मेलनमा जीवाश्म इन्धनबारे सहमति हुन सकेन

तिखो विवादपछि, ब्राजिलको बेलेममा सम्पन्न संयुक्त राष्ट्रको जलवायु शिखर सम्मेलन जीवाश्म इन्धनबारे कुनै ठोस सम्झौताविना नै समाप्त भयो। बेलायत र युरोपेली संघसहित ८० भन्दा बढी देशहरूलाई यो निराशाजनक लाग्यो, किनकि उनीहरू चाहन्थे कि बैठकमा तेल, कोयला र ग्यासको प्रयोग घटाउने विषयमा सहमति बनोस्।

तर तेल उत्पादक देशहरूले भने आफ्नो अर्थतन्त्र विस्तार गर्नका लागि जीवाश्म इन्धन स्रोतहरूको उपयोग गर्ने अधिकार आफूहरूलाई हुनुपर्नेमा जोड दिए। यो बैठक त्यतिबेला भएको हो जब संयुक्त राष्ट्रका अनुसार औद्योगिक युगअघिको स्तरभन्दा १.५ डिग्री सेल्सियसभित्र विश्व तापक्रम वृद्धि सीमित गर्ने प्रयास असफल हुँदै गएको देखिन्छ।

शनिबारको अन्तिम बैठकमा कोलम्बियाका प्रतिनिधिले कडा प्रतिक्रिया जनाउँदै भने कि देशहरूलाई ‘सम्झौतामा आपत्ति जनाउन रोकिनु’ स्वीकार्य छैन। अन्तिम समझौतामा देशहरूलाई ‘स्वेच्छिक रूपमा जीवाश्म इन्धनको प्रयोग घटाउन’ आग्रह गरिएको छ।

पहिलो पटक यस्तो भएको छ कि अमेरिकाले जलवायु सम्मेलनमा आफ्नो प्रतिनिधि नै पठाएन। राष्ट्रपति ट्रम्पले अमेरिकालाई पेरिस सम्झौताबाट अलग गरिसकेका छन्। उनले जलवायु परिवर्तनलाई ‘एक धोखा’ भएको दाबी गरेका छन्। एजेन्सी

प्रकाशित: ७ मंसिर २०८२ ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App