९ पुस २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मुम्बई र ठाणेमा दहीहंडी महोत्सवमा दुई जनाको मृत्यु, ११७ घाइते

भारतको मुम्बई र ठाणे शहरहरूमा दहीहंडी उत्सवका क्रममा दुई जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन्।

बीबीसीका अनुसार बाल गोविन्द पाठक र जगमोहन शिवकरण चौधरीको शनिबार दहीहांडी पर्वका क्रममा मृत्यु भएको हो।

शताब्दी अस्पतालबाट प्राप्त जानकारी अनुसार दहीहंडीको डोरी बाँध्ने क्रममा बाल गोविन्द पाठक लडे र घाइते भए र उनलाई अस्पताल लगियो। त्यहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे।

यसबाहेक दहीहंडी महोत्सवमा घाइते भएका जगमोहन शिवकरण चौधरीलाई पनि शताब्दी अस्पताल ल्याइएको थियो। अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको डाक्टरहरूले बताएका छन्।

अधिकारीहरूका अनुसार महोत्सवमा सेलिब्रेटीहरूसहित ठूलो संख्यामा मानिसहरू उपस्थित थिए।

प्रकाशित: १ भाद्र २०८२ ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App