२९ असार २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको चेतावनी : बढी शुल्क लिनु गैरकानुनी हो, तुरुन्तै पेट्रोल र डिजेलको मूल्य घटाउनू

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोल पम्प सञ्चालकहरू र इन्धन खुद्रा विक्रेताहरूलाई पेट्रोल र डिजेलको मूल्य तुरुन्तै घटाउन आग्रह गरेका छन्।

कच्चा तेलको मूल्य प्रतिब्यारेल ६८ डलरमा झरेको भए पनि खुद्रा इन्धनको मूल्य अत्यधिक नै रहेको बताउँदै उनले यस्तो आग्रह गरेका हुन्। ट्रम्पले ट्रुथसोसियलमा लेखेका छन्, 'इन्धन खुद्रा विक्रेताहरूले तुरुन्तै मूल्य घटाउनुपर्छ।'

उनले हालको तेलको मूल्यको आधारमा ग्राहकहरूबाट बढी शुल्क लिइँदै गरेको जिकिर गरे।

ट्रम्पले चेतावनी दिँदै भनेका छन्, 'बढी शुल्क लिनु गैरकानुनी हो र यदि खुद्रा विक्रेताहरूले चाँडै मूल्य घटाएनन् भने गम्भीर समस्याको सामना गर्नुपर्नेछ।'

प्रकाशित: १६ असार २०८३ ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App