८ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

४८ घण्टाभित्र स्ट्रेट अफ हर्मुज पूर्णरुपमा खोल्न इरानलाई ट्रम्पको चेतावनी

४८ घण्टाभित्र स्ट्रेट अफ हर्मुज पूर्णरुपमा खोल्न इरानलाई अमेरिकाले चेतावनी दिएको छ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज जलमार्गलाई लिएर इरानलाई यस्तो चेतावनी दिएका हुन् ।  

अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमार्फत इरानलाई ४८ घण्टाभित्र स्ट्रेट अफ हर्मुज पूर्णरूपमा सुरक्षित बनाई खोल्न चेतावनी दिएका हुन् ।  

इरानले आफूले दिएको समयभित्र समुद्री मार्ग नखोले इरानका ऊर्जा केन्द्रमा आक्रमण गर्ने चेतावनी पनि दिएका छन् । उनले अमेरिकाले इरानको सबैभन्दा ठूलो पावर प्लान्टबाट आक्रमण शुरू गर्दै अन्य ऊर्जा संरचना पनि नष्ट गर्ने बताएका छन् ।  

 

प्रकाशित: ८ चैत्र २०८२ १४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App