२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको फेरि भनेः मैले भारत–पाकिस्तान युद्ध रोकेँ, १० वटा विमान खसालिसकिएको थियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा आफ्नो ट्यारिफ नीतिका कारण करोडौँ मानिसको ज्यान जोगिएको दाबी गरेका छन्।

ट्रम्पले भने, ‘मैले आठ वटा युद्ध रोकेको छु। तीमध्ये छ वटा युद्ध मैले ट्यारिफको बलमा रोकेको हुँ। अर्को शब्दमा भन्नुपर्दा, मैले उनीहरूलाई भनेँ–यदि तपाईंहरूले युद्ध रोक्नुभएन भने म तपाईंहरूमाथि ट्यारिफ लगाउँछु।’

उनले थपे, ‘म मानिसहरूलाई मरेको देख्न सक्दिनँ। भारत र पाकिस्तानको सन्दर्भमा मेरो विश्वास छ कि त्यहाँ आणविक युद्ध हुन सक्थ्यो। त्यतिबेला १० वटा विमान खसालिसकिएको थियो।’

ट्रम्पका अनुसार पाकिस्तानका प्रधानमन्त्रीले पनि आफूले युद्ध रोकेर करोडौँ मानिसको ज्यान बचाएको बताएका छन्। ‘ट्यारिफबिना यो सम्भव थिएन,’ उनले भने। एजेन्सी

प्रकाशित: २८ माघ २०८२ १०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App