१३ श्रावण २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाण्डाको रुख चढ्ने अद्भूत कला

चीनको दक्षिण–पश्चिमी सिचुआन प्रान्तस्थित संरक्षण केन्द्रमा रहेका विशाल पाण्डा (जाइन्ट पाण्डा) को रुख चढ्ने अद्भुत क्षमता क्यामेरामा कैद भएको छ । हालै सार्वजनिक गरिएको भिडियोमा पाण्डाहरूले उचाइसँग कुनै डर नमानी रुखका हाँगामा सहज रूपमा हिँडडुल गरेको देखाइएको छ ।

चीन संरक्षण तथा अनुसन्धान केन्द्र फर द जाइन्ट पाण्डा (सीसीआरसीजीपी) ले जुन महिनामा खिचिएको भिडियो सार्वजनिक गरेको हो ।

भिडियोमा दुई विशाल पाण्डा ‘छिन सियाओ’ र ‘फेङ ये’ ले आफ्ना लचिला शरीर र चुस्त गतिविधिमार्फत रुखका हाँगामा सन्तुलन कायम गर्दै अघि बढिरहेको देखिन्छ ।

दुई वर्ष उमेरको छिन सियाओ हाल सीसीआरसीजीपीको दुजियाङयान खण्डमा रहेको छ भने तीन वर्षको फेङ ये याआन सहरस्थित केन्द्रको बिफेङ्सिया आधार क्षेत्रमा राखिएको छ ।

भिडियोमा पाण्डाहरूले बाक्लो रौँ भएका पछाडिका खुट्टा हावामा हल्का रूपमा हल्लाउँदै हाँगामा सावधानीपूर्वक चढिरहेको देखिन्छ । सामान्यतया भद्दा र ढिलो गतिका जनावरका रूपमा चिनिने विशाल पाण्डाहरूको यस्तो चपलता र सन्तुलनले संरक्षणकर्मीहरूलाई समेत आकर्षित गरेको छ ।

सीसीआरसीजीपी चीनको राष्ट्रिय सम्पदाका रूपमा लिइने विशाल पाण्डाको प्रजनन, संरक्षण र अनुसन्धानमा विश्वकै अग्रणी संस्थामध्ये एक हो । संस्थाले पाण्डा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै आएको छ । हाल यसले १६ देश तथा क्षेत्रका १८ वटा चिडियाखाना, ३९ वटा घरेलु पशु प्रजनन संस्था तथा १० भन्दा बढी वैज्ञानिक अनुसन्धान संस्थासँग सहकार्य गरिरहेको छ । सीसीटीभी

प्रकाशित: ९ श्रावण २०८३ १५:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App