बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कूल, सोभरिन स्कूल, मोडर्न इन्टरनेशनल स्कूल र हेरिटेज स्कूलमा अग्नि नियन्त्रक र प्रहरी कर्मचारी तैनाथ गरिएको छ।
रिचमन्ड ग्लोबल स्कूलकी प्रिन्सिपल मौपाली मित्राले शुक्रबार बम राखिएको चेतावनी प्राप्त भएको इमेल आएको केही समयमै प्रहरीलाई सूचना दिएको बताएकी छिन्। बम डिस्पोजल टोली र अन्य टोलीको सहयोगमा विद्यालय परिसरमा विस्फोटक पदार्थको जाँच गर्दा सुरक्षित फेला परेको उनले बताइन्।
दिल्लीका २० भन्दा बढी विद्यालयलाई इमेलमार्फत बमको चेतावनी आएको अधिकारीले शुक्रबार बताएका छन्।
पछिल्लो तीन दिनमा दिल्लीका करिब १० वटा विद्यालय र एक कलेजलाई इमेलमार्फत बम राखिएको चेतावनी प्राप्त भएको केही दिन पछि प्रहरी तैनाथ गरिएको वा सुरक्षाका लागि अस्थायी रूपमा विद्यालय बन्द गरिएको छ।
प्रहरीका अनुसार चेतावनीमा भनिएको छ, ‘हेलो, मैले विद्यालयको कक्षाकोठामा धेरै विस्फोटक उपकरण राखेको छु। विस्फोटक कालो प्लास्टिकको झोलामा छन्। म तिमी प्रत्येकलाई यो संसारबाट विदा गर्नेछु।’
चेतावनीमा थप भनिएको छ, ‘त्यहाँ केवल आमा बाबुले आफ्ना बच्चाको मृत शरीरमाथि विलाप गरिरहेका हुनेछन्। जब म यो समाचार देख्नेछु, खुसीले हाँस्नेछु। त्यहाँ केवल आमा बाबुले आफ्ना बच्चाको मृत शरीरमाथि विलाप गरिरहेका हुनेछन्। यो समाचार पछि म आत्महत्या गर्नेछु।’
दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशीले सामाजिक सञ्जाल एक्समार्फत शुक्रबार दिल्लीका विद्यालयलाई बमको धम्कीपछि चिन्ता व्यक्त गर्दै विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न नसकेकोमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) सरकारको आलोचना गरेकी छिन्।
अधिकारीका अनुसार थोमस स्कूल, वसन्त भ्याली स्कूल, द मदर इन्टरनेशनल स्कूल, रिचमन्ड ग्लोबल स्कूल र सरदार पटेल विद्यालयमा विस्फोटक पदार्थ राखिएको चेतावनी दिइएको छ।
यसअघि दिल्ली विश्वविद्यालयको सेन्ट स्टिफन कलेजलाई पनि बमको चेतावनी दिइएको थियो। इमेलले पुस्तकालयमा बम राखिएको दाबी गरेको अधिकारीले बताएका छन्।
धम्की आएका स्थान खाली गरी प्रहरीले बम निष्क्रिय पार्ने टोली, तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली, दिल्ली अग्नि नियन्त्रण ब्रिगेडको टोलीलगायत घटनास्थलमा तैनाथ गरेको र अहिलेसम्म कुनै सङ्कास्पद वस्तु फेला नपरेको प्रहरीले जनाएको छ।
दिल्ली प्रहरीले हालसम्म अन्य कलेजले आजसम्म त्यस्तो कुनै जानकारी नदिएको बताएका छन्।
सोमबार दिल्लीको चाणक्यपुरी र द्वारका क्षेत्रका दुई विद्यालयलाई पनि दिल्ली प्रहरीको मेलमार्फत बमको धम्की प्राप्त भएको जनाइएको छ। एएनआई
प्रकाशित: २ श्रावण २०८२ १४:५९ शुक्रबार





