१ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सुडानः ड्रोन आक्रमणमा बंगलादेशका ६ यूएन शान्ति सैनिकको मृत्यु

मोहम्मद युनुस

संयुक्त राष्ट्र मिसनले जनाएको अनुसार शनिबार सुडानको दक्षिणी कोर्डोफान क्षेत्रमा भएको ड्रोन आक्रमणमा बंगलादेशका छ जना संयुक्त राष्ट्र शान्ति सैनिकको मृत्यु भएको छ। बंगलादेशले उक्त आक्रमणको कडा निन्दा गरेको छ।

संयुक्त राष्ट्र अन्तरिम सुरक्षा बल अबेईका अनुसार दक्षिणी कोर्डोफान राज्यको राजधानी काडुग्लीस्थित उनीहरूको शिविरमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणमा छ सैनिकको मृत्यु भएको छ भने छ जना अन्य घाइते भएका छन्। तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले यस आक्रमणलाई ‘भयानक’ भनेका छन्। उनले यो अन्तर्राष्ट्रिय कानुनअनुसार युद्ध अपराधको श्रेणीमा पर्न सक्ने बताएका छन्।

गुटेरेसले दक्षिणी कोर्डोफानमा शान्ति सैनिकमाथि यस प्रकारको आक्रमण कुनै पनि हालतमा जायज नहुने भन्दै यसमा जिम्मेवारी तोकिनुपर्ने बताएका छन्।

समाचार संस्था एएफपीका अनुसार बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले एक विज्ञप्ति जारी गर्दै यस आक्रमणबाट आफू अत्यन्तै दुःखी भएको बताएका छन्। उनले आक्रमणमा छ जनाको मृत्यु भएको र आठ जना घाइते भएको जानकारी दिएका छन्।

मोहम्मद युनुसले संयुक्त राष्ट्रसँग बंगलादेशका कर्मचारीहरूलाई आवश्यक सबै आपतकालीन सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।उनले यस कठिन समयमा बंगलादेश सरकार पीडित परिवारहरूको साथमा रहने पनि बताएका छन्। 

उता, बंगलादेशको विदेश मन्त्रालयले पनि यस आक्रमणको कडा निन्दा गरेको छ। संयुक्त राष्ट्रका शान्ति सैनिकहरू अबेई क्षेत्रमा तैनाथ छन्, जुन सुडान र दक्षिण सुडानबीचको विवादित क्षेत्र हो। एजेन्सी

प्रकाशित: २८ मंसिर २०८२ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App