२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको आर्थिक वृद्धिमा आन्तरिक बजारको बलियो योगदान

फाइल तस्बिर : दक्षिणपूर्वी चीनको फुजियान प्रान्त भ्रमणका क्रममा स्थानीयसँग चिनियाँ राष्ट्रपति सी जिनपिङ।

चीनका वाणिज्य मन्त्री वाङ वेन्ताओका अनुसार सन् २०२१ देखि पछिल्ला चार वर्षमा चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिमा आन्तरिक खर्चले औसत वार्षिक रूपमा करिब ६० प्रतिशत योगदान पुर्याएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री वाङले भने अनुसार अहिले चीनको आर्थिक वृद्धिमा जनताको खर्च मुख्य आधार बनेको छ र यसको प्रभाव अझ बलियो बन्दै गएको छ।

उनका अनुसार चीनमा घरेलु माग विस्तार हुँदै गएको छ। जनताको जीवनस्तरमा सुधार, रोजगारीका अवसरमा वृद्धि, सेवा क्षेत्रमा विकास, ग्रामीण बजारको मजबुती र प्रविधिको बढ्दो प्रयोगका कारण खर्च गर्ने क्षमता बढेको छ। वाणिज्य मन्त्रालयले जानकारी दिए अनुसार, सरकारले जनताका लागि खर्च गर्न सहज वातावरण बनाउन नीति परिवर्तन, बजार पहुँच सरल बनाउने र उत्पादन तथा सेवा क्षेत्रमा लगानी बढाउने उपाय लागू गरेको छ।

चीन सरकारले पछिल्लो केही वर्षदेखि देशभित्रको बजारलाई मजबुत बनाउने रणनीति अपनाउँदै आएको छ। यसै अनुसार, आर्थिक रुपान्तरणको केन्द्रमा अब देशभित्रको खर्चलाई राखिएको छ। अघिल्ला वर्षमा लगानी र निर्यातमा भर पर्ने चिनियाँ अर्थतन्त्र अहिले देशभित्रको खपत र सेवा क्षेत्रमा आधारित बन्दै गएको छ।

मन्त्री वाङका अनुसार, दीर्घकालीन रूपमा आर्थिक विकास कायम राख्न जनताको खर्चले महत्त्वपूर्ण भूमिका खेल्नेछ। यसले उत्पादन, रोजगारी र कर प्रणालीमा समेत सकारात्मक असर पार्ने विश्वास व्यक्त गरिएको छ। सिन्ह्वा

प्रकाशित: ३ श्रावण २०८२ ०७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App