२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाको रेस्टुरेन्टमा गोलीकाण्ड : तीनको मृत्यु, आठ घाइते

अमेरिकाको उत्तरी क्यारोलिनाको एक रेस्टुरेन्टमा शनिबार राति भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ। सो घटनामा आठ जना घाइते भएका छन्। आक्रमणको कारण अझै अज्ञात छ।

यो घटना अमेरिकी फिश कम्पनी रेस्टुरेन्टमा राति ९:३० बजे (स्थानीय समय) तिर भएको थियो। घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा लगिएको छ।

सहर प्रबन्धक नोआ साल्डोले भने, ‘रेस्टुरेन्टमा गोलीबारी गरेपछि आक्रमणकारी डुङ्गामा भागे।’

प्रशासनले मानिसहरूलाई उक्त क्षेत्रबाट टाढा रहन, घरमै सुरक्षित रहन र कुनै पनि शङ्कास्पद गतिविधिको जानकारी दिन अनुरोध गरेको छ।

प्रकाशित: १२ आश्विन २०८२ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App