१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसले युद्ध अन्त्यको प्रयास ‘जटिल’ बनाइरहेको छः जेलिन्स्की

फाइल तस्बिर

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्कीले रुसले युद्धविराम स्वीकार गर्न अस्वीकार गरिरहेकाले युद्ध अन्त्य गर्ने प्रयास जटिल भएको बताएका छन्।‘हामी देख्छौं कि रुसले पटक–पटक युद्धविरामका लागि गरिएका आह्वान अस्वीकार गरेको छ र कहिले हत्या–हिंसा रोक्ने भन्ने अझै निर्धारण गरेको छैन। यसले अवस्थालाई जटिल बनाइरहेको छ,’ उनले ‘एक्स’ मा जारी गरेको वक्तव्यमा भनेका छन्। 

पछिल्लो सामाजिक सञ्जाल वक्तव्यमा जेलिन्स्कीले ‘वास्तवमै स्थायी र भरपर्दो शान्ति” का लागि मास्कोसँगका आवश्यकताहरू प्रस्ट्याउँदै विश्वसनीय सुरक्षा प्रत्याभूति र क्रेमलिनद्वारा कब्जा गरिएका भूभागबाट ‘अपहरण गरिएका बालबालिकाको फिर्ता’ गर्नुपर्ने माग गरेका छन्।

अलास्कामा भएको ट्रम्प–पुटिन शिखर बैठकपछि जेलिन्स्कीको यस्तो प्रतिक्रिया आएको हो। यसैबिच सोमबार, युक्रेनी नेता वाशिङ्टन डीसी जाँदै छन्। जहाँ  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलिन्स्कीलाई शान्ति सम्झौता गर्न आग्रह गर्ने बताइएको छ। 

ट्रम्पले भनेका छन्, उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि युद्धविरामलाई बेवास्ता गर्दै प्रत्यक्ष स्थायी शान्ति सम्झौतामा जान चाहन्छन्।

उनका अनुसार, यसले ‘रुस र युक्रेनबिचको भयानक युद्ध अन्त्य गर्ने सबैभन्दा उत्तम तरिका’ हुने बताएका छन्। शिखर बैठकपछि ट्रम्पसँगको फोन वार्तालापमा जेलिन्स्कीले वास्तविक, दीर्घकालीन शान्तिको माग गर्दै भने, ‘तर आगो निभिनुपर्छ’ र हत्या बन्द हुनुपर्छ। एजेन्सी

प्रकाशित: १ भाद्र २०८२ ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App