२९ मंसिर २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दैनिक दुई घण्टा फोन चलाउन दिने प्रस्ताव

जापानको टोयोके सहरभित्र दैनिक २ घण्टा मात्र फोन प्रयोग गर्न दिने प्रस्ताव गरिएको छ। यसले अत्याधिक स्क्रिन समयले स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव कम गर्ने लक्ष्य राखेको छ।

प्रस्तावअनुसार ६ देखि १२ वर्षका बालबालिकाले राति ९ बजेपछि फोन प्रयोग गर्न पाउने छैनन्। वयस्कले राति १० बजेपछि फोन बन्द गर्नुपर्नेछ।

यो नियम जबरजस्ती नभई नागरिकलाई फोन प्रयोगबारे सचेत बनाउने उद्देश्यले ल्याइएको हो। हाल समितिले यो प्रस्तावको समीक्षा गरिरहेको छ। यसबारे नगर सभामा मतदान भएर अन्तिम निर्णय हुनेछ। एजेन्सी

प्रकाशित: २० भाद्र २०८२ १४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App