पाकिस्तानले अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय राहत आपूर्तिलाई अस्थायी अनुमति दिने तयारी गरी रहेको अधिकारीहरूले बिहीबार बताएका छन्। गत अक्टोबरमा दुई छिमेकीहरू बिच भएको घातक झडपपछि पहिलो पटक आंशिक रूपमा सीमा खोल्न लागिएको उनीहरूले बताएका छन्।
सन् २०२१ मा तालिबान अधिकारीहरूले काबुलमा पुनः नियन्त्रण लिए देखि यी देशहरू बढ्दो विवादमा फसेका छन्। अफगानिस्तान सरकारले इस्लामावादले सीमापार आक्रमण गर्ने आतङ्कवादीहरूलाई शरण दिएको आरोप लगाएको छ भने इस्लामावादले आरोपको अस्वीकार गरेको छ।
संयुक्त राष्ट्रका एजेन्सीहरूको औपचारिक अनुरोधको जवाफमा पाकिस्तान सरकारले अफगानिस्तानमा सहयोगको आवागमनलाई अनुमति दिने ययारी भएको एक जना सरकारी अधिकारीले नाम नछाप्ने सर्तमा बताएको एएफपीले जनाएको छ।
आपूर्तिमा खाना, औषधि र चिकित्सा उपकरण, र “स्वास्थ्य र शिक्षासँग सम्बन्धित अन्य आवश्यक सामानहरू“ समावेश रहेको अधिकारीले बताएका छन्। अधीकारीका अनुसार सहायता हस्तान्तरण “तीन चरण“ मा हुनेछ।
यसै बिच संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले पनि सहायता चाँडै अफगानिस्तानमा प्रवेश गर्न अनुमति दिइने पुष्टि गेका छन्।
अक्टोबरमा भएको द्वन्द्वपछि सीमा बन्द गरिएको छ, भने पाकिस्तानबाट निष्कासन गरिएका अफगानहरूलाई मात्र सीमा पार गर्न अनुमति दिइएको छ।
पाकिस्तानी अधिकारीले सीमामा सबै व्यापार बन्द रहने र सहायताका लागि आंशिक रूपमा “सशर्त“ खोल्ने बताएका छन्।
पाकिस्तानले अफगानिस्तानसँग सामान्य व्यापार वा आप्रवासनका लागि नभई अत्यावश्यक सामाग्री ल्याउनका लागि मात्र अस्थाई रुपमा सीमा खोलेको अधिकारीले प्रस्ट पारेका छन्।
विश्व बैंका अनुसार पाकिस्तान अफगानिस्तानको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो, जसले चामल, औषधि र कच्चा माल आपूर्ति गर्दछ। एएफपी
प्रकाशित: १८ मंसिर २०८२ १८:३३ बिहीबार





