१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त भएका छन्। शुक्रबार साँझ प्रदेश प्रमुख सुरेन्द्र लाल कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।  

यादव मधेश प्रदेशको छैटौं मुख्यमन्त्रीमा नियुक्त भएका हुन। यादव नेतृत्वको सरकारलाई जसपा नेपाल, जनमत, लोसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिसहित ६ दलका ७७ जना सांसदले समर्थन गरेका छन्। हाल मधेश प्रदेशमा १०४ जना प्रदेशसभा सदस्य कायम छन्।  

गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख कर्णले नयाँ सरकार गठनका लागि आहृवान गरेका थिए। सात दलीय गठबन्धनले लामो रसाकस्सीपछि आजै कांग्रेसका यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए।

नवनियुक्त मुख्यमन्त्री यादवले सबै दलबाट एक–एकजना मन्त्री पनि आफूसँगै शपथ ग्रहण गर्ने बताए। बाँकी मन्त्रीको टुंगो विश्वासको मत लिएपछि हुने उनले बताए।

मधेशमा यसअघि लालबाबु राउत पूर्ण कार्यकाल(पाँच वर्ष), दोस्रो कार्यकालमा सरोजकुमार यादव (बारा), सतीशकुमार सिंह, जितेन्द्रप्रसाद सोनल, सरोजकुमार यादव (महोत्तरी)ले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

प्रकाशित: १९ मंसिर २०८२ १७:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App