२३ आश्विन २०८२ बिहीबार
image/svg+xml ४:५९ पूर्वाह्न
अन्तर्राष्ट्रिय

उत्तरकाशीमा बेपत्ता भारतीय सेनाका नौ जवान अझै भेटिएनन्

तस्बिर : एएनआई

भारत, उत्तराखण्डको उत्तरकाशी जिल्लामा मंगलबार भएको मूसलधारे वर्षाले नौ जना भारतीय सेनाका सैनिक बेपत्ता भएका छन्।

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल मनीष श्रीवास्तवले भने, ‘धारालीको खीर गंगामा विनाशकारी भग्नावशेषपछि भारतीय सेना राहत र उद्धार कार्यमा संलग्न छ।’  

उनले थप भने, ‘यस विपत्तिको बिचमा १४ राजपुताना राइफल्सका कमान्डिङ अफिसर कर्नल हर्षवर्धनले १५० सिपाहीहरूसँग राहत र उद्धार कार्यको नेतृत्व गरिरहेका छन्।’  

‘यद्यपि, कर्नल हर्षवर्धनको युनिट पनि भारी वर्षाबाट प्रभावित भएको छ र उनका नौ जना सैनिक अझै पनि बेपत्ता छन्। हर्षिलको सेनाको शिविरमा पानी पसेपछि यी भारतीय सेनाका सैनिकहरू बेपत्ता भएका थिए।’  

उनले शिविरमा पानी पसेपछि कुल ११ सैनिकहरू बेपत्ता भएपनि दुई सैनिकहरू सकुशल फेला परेको जानकारी गराए। बाँकी नौ सैनिकहरू अझै बेपत्ता छन्। उनीहरूको खोजी जारी छ।  

मनीष श्रीवास्तवले भने, ‘भारतीय सेनाको यो टोली नागरिकहरूको उद्धार कार्यमा लगनशीलताका साथ संलग्न छ। यो टोलीले अहिलेसम्म २० जनालाई सुरक्षित रूपमा उद्धार गरेको छ। राहत कार्यलाई तीव्र बनाउन थप सेना पनि पठाइँदैछ।’ बीबीसी

प्रकाशित: २१ श्रावण २०८२ ०९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App