१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’

टाटा मोटर्सको सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२६ को अवसरमा फागुन १ गतेदेखि फागुन ३ गतेसम्म भ्यालेन्टाइन स्पेसल ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम गर्ने भएको छ।

यस कार्यक्रमअन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ इभी र आइस रेञ्जका गाडीहरू लैजान सकिने कम्पनीले जनाएको छ।

यो अवधिमा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटा ब्रान्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टाटा गाडीहरू साट्न सकिने छ।

यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका सोरुमहरूमा आयोजना हुन लागेको हो। ‘एक्सचेन्ज विथ लभ’ योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकले आकर्षक छुट, आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ सुविधा पाइनेछ।

यसैगरी एक वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ बक्स जडानसहित हरेक बुकिङमा आकर्षक उपहारसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २९ माघ २०८२ १०:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App